• ७ वैशाख २०८३, सोमबार

अवैध हातहतियारसहित युवक पक्राउ

blog

जानु पाण्डे

कपिलवस्तु, वैशाख ७ गते । कपिलवस्तु प्रहरीले अवैध हातहतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–९, इमिलिया बस्ने २४ वर्षीय सुरज कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो । 

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो । कुँवरको घरमा खानतलासी गर्दा कोठाभित्र रहेको स्टिल दराजको सेफमा लुकाइराखिएको पेस्तोल जस्तो देखिने वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको वस्तु फलामको ७ इन्च लम्बाइ भएको र “मेड इन चाइना” लेखिएको रहेको जनाइएको छ । प्रहरीले पक्राउ परेका कुँवरविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिन म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।