‘स्वर्णविन्दु प्राशन’ले बालबालिकाको बौद्धिक तथा शारीरिक क्षमता बढाउँदै
बालबालिकाका लागि ‘स्वर्णविन्दु प्राशन’ प्रभावकारी बन्दै गएको छ ।
गुल्मीदरबार आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु हुँदै
गुल्मीको गुल्मीदरबार आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु हुने भएको छ । स्वास्थ्य बिमा बोर्ड र गुल्मीदरवार गाउँपालिकाबिच सेवा सञ्चालनका विषयमा सम्झौता भएको छ ।
चिसो र शीतलहरबाट बच्ने उपाय अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो र शीतलहरबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।
'सुत्केरी र गर्भवतीका लागि आइरन चक्कीसमेत किन्न सकिएको छैन'
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन चक्कीसमेत किन्न नसकिएको बताउनुभएको छ ।
स्वास्थ्य मन्त्री डा.गौतमले सार्वजनिक गर्नु भयो दुई महिने कार्य विवरण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले आफ्नो कार्यभार सम्हालेको दुई महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ।
स्वास्थ्य बिमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा. गौतम
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाका प्रावधानहरू सुधार एवं परिमार्जनका लागि गृहकार्य भइरहेको बताउनुभएको छ ।
श्रवणदृष्टि विहीन बालबालिका शिक्षाको पहुँच बाहिर
संविधान र राष्ट्रिय शिक्षा नीतिले शिक्षालाई मौलिक हकको रूपमा उठाए पनि नेपालका श्रवणदृष्टि विहीन (बहिरा-दृष्टिविहीन)बालबालिका अझै पनि समावेशी र गुणस्तरीय शिक्षाको पहुँच बाहिर बस्नु परेको सरोकारवालाले बताएका छन् ।
अनशनरत भुसालको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न सङ्घको माग
नेपाल चिकित्सक सङ्घले माइतीघरमा अनशनरत डा.कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।
ट्रमा सेन्टरको प्रमुखमा डा.मरासिनी नियुक्त
राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा.रुद्र मरासिनी नियुक्त हुनुभएको छ ।
स्वास्थ्य शिविरबाट गाउँमै विशेषज्ञ सेवा
गुल्मीको धुर्कोट गाउँपालिका वडा–४, जैसिथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जनाले सेवा पाएका छन् । जैसिथोक सामुदायिक सिकाइ केन्द्रको आयोजना, बुटबल हस्पिटल प्रालिको सहयोग एवं धुर्कोट गाउँपालिका र ४ नम्बर वडा कार्यालयको समन्वयमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
सुत्केरीमा प्रसव फिस्टुलाको पीडा : कसरी हुन्छ उपचार ?
यकिन तथ्याङ्क नभए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब दुईदेखि चार सय महिला यो समस्याबाट पीडित छन् ।
शिविरमा ७४२ जनाको आँखा परीक्षण
रौतहटको इशनाथ नगरपालिका–१, बन्जरहामा आयोजित निःशुल्क आँखा शिविरमा ७४२ जनाको परीक्षण भएको छ । नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल पुरेनवा रौतहटको आयोजना तथा नेपाल भारत मैत्री संघ रौतहटको समन्वयमा शनिबार सञ्चालन भएको उक्त शिविरमा ७४२ जनाको आँखाको परीक्षण गरिएको हो ।
स्वास्थ्य बिमामा दीर्घरोगी आकर्षित
स्वास्थ्य बिमामा दीर्घरोगीको मात्र आकर्षण बढेको छ । स्वस्थ व्यक्तिले सकभर स्वास्थ्य बिमा नगर्ने, बिमा गरिहालेको अवस्थामा नवीकरण गर्न रुचि नदेखाउने गरेका छन् । मानिसलाई जब दीर्घरोगले समात्छ, अनि स्वास्थ्य बिमा गर्न उत्साही हुने गरेका छन् । यो गलत प्रवृत्तिका कारण स्वास्थ्य बिमा बोर्ड कमजोर बन्दै गएको छ ।
जिल्ला अस्पताल सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालन
स्वास्थ्य सेवा कार्यालय सल्यान र स्थानीय युवाहरूको सक्रियतामा जिल्ला अस्पताल सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ।
नागरिकमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै ‘सम्बोधन’ परियोजना
फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहकार्यमा सञ्चालित सम्बोधन परियोजनाको आयोजनामा पत्रकारहरुसँग पैरवी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उपचारमा नआउँदा जीवनभर औषधी
बाथरोग लागेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा जीवनभर औषधी सेवन गर्न बाध्य भएका छन् । समयमै उपचार नगर्दा वा लक्षण सहेर बेवास्ता गर्दा उनीहरूले जीवनभर बाथरोगको औषधी सेवन गर्नु परेको हो ।
‘बेलुका भएपछि छोरो घर आउँछ जस्तो लाग्छ’
बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा रहेन भन्ने खबर सुन्दा एउटी आमालाई कति दुःख लाग्यो होला ?
आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आगो, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
बजेट अभावले रोकियो नरैनापुर अस्पताल निर्माण कार्य
बाँके जिल्लाको अन्य क्षेत्रको तुलनामा स्वास्थ्य सेवाको सबैभन्दा कम पहुँच भएको नरैनापुर गाउँपालिकामा स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले निर्माण भइरहेको १५ शय्याको पालिकास्तरीय अस्पताल भवन निर्माण कार्य बजेट अभावले रोकिएको छ ।
चिसोका कारण अस्पतालमा बिरामीको चाप
मधेशमा बढ्दै गएको शीतलहरको प्रभाव स्वास्थ्य क्षेत्रमा देखिन थालेको छ । चिसो हावा, बाक्लो हुस्सु र सिरेटो जाडोका कारण बिरामीको सङ्ख्या बढ्दै गएको बर्दिवास तथा जलेश्वरस्थित अस्पतालले जनाएका छन् ।
भेरी अस्पतालमा दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलोपटक अत्याधुनिक दूरविन प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
गजेन्द्रनारायण अस्पतालमा १९५ एचआईभी पोजेटिभले नियमित उपचार गराउँदै
जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा १९५ एचआईभी पोजेटिभले नियमित उपचार गराउदै आएका छन् ।
जेनजी घाइते तीन जनाको डा. रुइतसँग उपचार
जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेतले डा. सन्दुक रुइतसँग आँखाको उपचार गराउनुभएको छ । ‘‘डा. रुइतलाई आँखा देखाउन पाए तेरो आँखाको दृष्टि (भिजन) बचाउन सकिन्छ भन्ने सबैको सल्लाह थियो,” दीपेन्द्रले भन्नुभयो, गोरखापत्रमा समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयबाट र तिलगङ्गा आँखा अस्पतालबाट फोन आयो ।” घाइते बस्नेतको समाचार पुस ३ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो ।