तनहुँमा आज दोस्रो पटक ‘स्वर्णविन्दु प्राशन’ सुरु, अर्को चरण पुस २१ गते
तनहुँमा बालबालिकालाई लक्षित स्वर्णविन्दु प्राशन कार्यक्रम सोमबार दोस्रो पटक सञ्चालन गरिएको छ ।
बिरुवामा बन्यो आधारभूत अस्पताल
बिरुवा गाउँपालिकाले वडा नं.– ६ चिन्नेवासमा बिरुवा आधारभूत अस्पताल बनेको छ । सविक चिन्नेवास गाविसमा रहेर हाल विभिन्न ठाउँमा छरिएर बसेका व्यक्तिहरु संगठित भएर बनेको सामाजिक विकासका लागि सहयोगी हातहरु नामक संस्थाले अस्पताल सञ्चालन गर्न सुविधा सम्पन्न भवन निर्माण गरेर चिन्नेवास स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको थियो ।
फिदिममा १५ दिने हाड जोर्नी शिविर : ७९ जनाको अप्रेसन
पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेको हाड जोर्नीका बिरामी लक्षित १५ दिने निःशुल्क शिविरको छैठौं दिन आइतबारसम्म ७९ जनाको शल्यक्रिया गरिएको छ ।
सहज बन्दै आँखा उपचार : आठ स्थानीय तहमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया
सत्यवति गाउँपालिका–२ की ८६ वर्षीया वृद्धा कृष्णा कुवँरको आँखा बन्द भएपछि बुढेशकालको जीवन निकै कष्टपूर्ण रह्यो । एक जीवनमा सहज उपचारको मेसो नमिलेका कारण लामो समय पीडा खेप्नु भएको कुँवर गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर आँखा देख्ने हुनुभयो ।
सभापोखरीमा पाँच शैयाको आधारभूत अस्पताल
सभापोखरी गाउँपालिकामा पाँच शैयाको अत्याधुनिक आधारभूत अस्पताल शनिबारदेखि सञ्चालनमा आएको छ ।
सरावलमा १५ शय्याको आधारभूत अस्पताल
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, मङ्सिर २१ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको छ ।प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमका अनुसार सरावल–५, धनगढवास्थित करिब दुई बिघा क्षेत्रफल रहेको उक्त जग्गामा सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरिरहेको हो ।सरावल गाउँपालिकाले दीर्घकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल निर्माण कार्यलाई तत्कालै अघि बढाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीका कामलाई अन्तिम चरणमा पुर्याएको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो ।अस्पताल निर्माणका लागि छुट्याएको सार्वजनिक जग्गाको अतिक्रमण पूर्णरूपमा हटाएको छ । अतिक्रमण हटाइएसँगै गाउँपालिका अस्पताल निर्माणको पूर्वतयारीमा जुटेको छ ।अस्पताल निर्माण स्थलमा अटेरी गर्दै अवैध रूपमा बस्दै आएका घरहरूलाई हटाइएको हो । अस्पताल निर्माणका लागि अवरोध भएपछि पटकपटक सूचना जारी गरी अतिक्रमण हटाउन आग्रह गरिए पनि अटेरी गर्दै आएकोले जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयहरूको सक्रियतामा अतिक्रमण गरी बनाइएका रामवृक्ष कँहार र बैजनाथ कँहारको कच्ची घर डोजर लगाएर भत्काइएको छ ।अब वर्ष भित्रै अस्पताल निर्माणको काम सुरु गरिने र गाउँपालिका भित्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी गाउँपालिका अघि बढेको अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो । सरावलमा आधारभूत स्तरको अस्पताल नहुँदा सदरमुकाम परासीसहित बर्दघाट तथा बुटवल, भैरहवा लगायतका क्षेत्रमा स्वास्थ्य उपचारका लागि जानुपर्ने बाध्यता रहेको छ ।
नेपालगन्जका १० महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई गरिएको छ।
किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्धन गर्ने उद्देश्यले बागमती प्रदेश स्वस्थ्य मन्त्रालयले यसवर्षदेखि नमूनाका रुपमा ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ ।
हरिमाया थापाले मिर्गौला दिएर बचाउनुभयो श्रीमान्
तनहुँको ऋषिङ गाउँपालिका–३ बस्ने वर्ष ४२ को हरिमाया थापा मगर र ५३ वर्षका विजय थापाको प्रेमकथा साँच्चिकै प्रेरणादायी बनेको छ ।
आँखाको उपचारमा मुलुकले राम्रो प्रगति गरेको छ : पूर्व राष्ट्रपति यादव
पूर्व राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताउनुभएको छ।
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकार (स्लिप डिसअडर्स) को चुनौतीसँग लड्न थप सचेतनासँगै अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
बाँसगढीमा स्वास्थ्य बिमा सुविधा सुरु
बर्दियाको बाँसगढी नगरअस्पतालमा स्वास्थ्य बिमा गरेका नागरिकहरूका लागि प्रथम सेवा विन्दु सेवा सुचारु भएको छ । बाँसगढी नगरपालिका र स्वास्थ्य बिमा बोर्डबिच सहमति भएपछि सेवा सुरु भएको हो ।
गोरखामा २८ जना कुपोषित बालबालिका भेटिए
गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा स्थानीय तहमा नियमित स्वास्थ्य परीक्षण गर्दा २८ जना बालबालिकामा कुपोषणको समस्या भेटिएको हो ।
स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट मोबाइल
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरको स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन र सूचना प्रवाहलाई सहज तुल्याउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई एन्ड्रोइड स्मार्ट फोन हस्तान्तरण गरेको छ ।
नगदसहित स्वयंसेविकाको बिदाई
गुल्मीदरवार गाउँपालिका–७ की ६० वर्षीया सीता श्रेष्ठलाई गाउँपालिकाले नगद ५० हजारसहित बिदाई गर्यो । गाउँपालिकाले निधारमा टीका, गलामा माला र दोसल्ला ओढाएर चेक प्रदान गरेपछि २७ वर्ष महिला स्वास्थ्य स्वयसेविकका बन्नुभएकी श्रेष्ठको मन पीडाले अमिलो बन्यो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँच हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक पाँच हजार जनाको सिकलसेल एनिमियाको परीक्षण गर्ने भएको छ । दाङका १० वटै पालिकाका जनप्रतिनिधिसँग शुक्रबार भएको छलफलमा प्रतिष्ठानले पाँच हजार जनामा परीक्षण सुरु गर्न लागेको जानकारी दिएको हो ।
मस्तिष्कघातको अध्ययन, अनुसन्धानमा जोड
सरोकार भएकाहरूले नेपालमा मस्तिष्कघातको अध्ययन अनुसन्धानका विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।
गौतमपुरमा निःशुल्क स्वास्थ्य शिविर
सुनसरीको हरिनगर गाउँपालिका-३, गौतमपुर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
‘मानसिक स्वास्थ्य सुधार्न आध्यात्मिक जीवनशैली’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताउनुभएको छ ।
हनुमाननगर कङ्कालिनीमा निःशुल्क आँखा शिविर, ७५७ जनाले लिए सेवा
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
जनताको स्वास्थ्य—गाउँपालिकाको प्राथमिकता : निःशुल्क मोतियाबिन्दु अपरेशन कार्यक्रम सञ्चालन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक बजेटअनुसार गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यका साथ निःशुल्क मोतियाबिन्दु अपरेशन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
म्याग्दे गाउँपालिकामा नियमित आँखा उपचार सेवा सुरु हुने
म्याग्दे गाउँपालिकाका बासिन्दाले अब स्थानीय तहमै नियमित आँखा उपचार सेवा पाउने भएका छन् । गाउँपालिका र पोखरास्थित हिमालय आँखा अस्पतालबीच सम्झौतापछि थर्पु आधारभूत अस्पतालमार्फत दैनिक आँखा परीक्षण सेवा प्रदान गर्ने तयारी गरिएको छ ।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ ।
आँखा शिविरबाट साढे सात सय बढीले लिए सेवा
कपिलबस्तुको कुदनामा भएको निःशुल्क आँखा शिविरबाट ७ सय ७६ जनाले सेवा लिएका छन् ।