• १४ कात्तिक २०८२, शुक्रबार

गलकोट नगर अस्पताललाई स्थानीयको सहयोग

blog

नगर अस्पताललाई सहयोग गरिएका सामग्रीहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, कात्तिक १४ गते ।
पश्चिम बागलुङमा पर्ने गलकोट नगर अस्पताललाई स्थानीयवासीले सहयोग गरेका छन् । गलकोट नगरापलिका वडा नं. ९ बाँसखोलाका स्वर्गिय रामबहादुर मल्लको स्मृतिमा परिवारका सदस्यले अस्पतालमा आवश्यक पर्ने सामग्री र उपकरण सहयोग गरेका हुन् ।

रामबहादुरका छोरा आसबहादुर मल्लले अस्पतालमा एक लाख १० हजार रुपियाँ बराबरको सामान र २५ हजार नगद सहयोग गर्नुभएको हो । मल्लले १ थान सेमी फोल्डिङ बेड, १ थान सिपिएपी मेसिन, १ नाथ न्युमेटिक बेड म्याट्रेस गर्नुभएको हो ।

विभिन्न दाताको सहयोगबाट अस्पताल सञ्चालनमा छ । जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेको गलकोट नगरपालिकाले अस्पतालको आवश्यक कर्मचारी तथा स्वास्थ्यकर्मी व्यवस्थापनमा लगानी गरेको छ ।

अस्पतालमा सबैखाले उपचार सेवा प्रभावकारी बनाउन अस्पतालका प्रमुख डा. राजेश पौडेल नेतृत्वमा सहयोग सङ्कलन अभियान पनि चलेको छ । उक्त अभियानलाई सफल पार्न विभिन्न देशमा बस्नेहरुले सहयोग पठाएका छन् ।

नगर उपप्रमुख फमलाल निउरेले विदेशमा बस्नेहरुको सहयोगबाटै अस्पतालको सेवा प्रभावकारी बनाउन सकिएको बताउनुभयो । उहाँले धेरै सेवा सुविधा थप गर्न गलकोटवासीले साथ दिएको बताउनुभयो ।

सहयोग गर्न पाएर रामबहादुरका छोरा आसबहादुरले पनि खुसी व्यक्त गर्नुभयो । अस्पताल व्यवस्थित बनाउन सबैले साथ दिनुपर्ने उहाँको भनाइ छ । अस्पताललाई गलकोट नगरपालिका वडा नं. ७ का छुमबहादुर थापा, घनश्याम थापा, मिनबहादुर थापाले पनि जनही २५ हजार पाँच सय ५१ रुपियाँको दरले नगद सहयोग समेत गर्नुभएको नगर उपप्रमुख निउरेले जानकारी दिनुभयो ।