निमोनियाबाट बालबालिकालाई कसरी जोगाउने
निमोनिया सबै उमेर समूहका मानिसलाई देखिए पनि विशेषगरी पाँच वर्षमुनिका बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकामा बढी देखिन्छ ।
जलवायु परिवर्तनले महिलाको सशक्तीकरणमा प्रतिकुल असर पार्दै
जलवायु परिवर्तनले महिला, किशोरीको शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरणमा प्रतिकुल असर परेको सम्वन्धमा सरोकालावाबिच छलफल गरिएको छ ।
बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार
‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ ।
भोजपुरमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु
जिल्लाभरका किसानको पशुमा खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान सुरु गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ ।
मौसमी फ्लु : झोलिलो खाना खान चिकित्सकको सुझाव
जाडोयाम सुरु भएसँगै मौसमी फ्लुका बिरामी बढ्दै गएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
स्वास्थ्यचौकी बनाउन भारतसँग चार करोडको सम्झौता
बडिगाड गाउँपालिका–७ भिमगिठे भन्ने स्थानमा रहेको भिमगिठे स्वास्थ्यचौकीको भवन निर्माणका लागि चार करोड सात लाख बजेट उपलब्ध गराउने भारतीय राजदूतावास र बागलुङको बडिगाड गाउँपालिकाबिच सम्झौता भएको छ ।
बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’
बालबालिकामा व्याधि प्रतिरोधक क्षमताको वृद्धि गरी सर्ने तथा नसर्ने विभिन्न रोगहरूबाट जोगाउन हेटौँडामा ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम सञ्चालन गरिएको छ ।
तनहुँमा बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ सुरु
तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम सुरु गरिएको छ । एक वर्षदेखि पाँच वर्षसम्मका बालबालकलाई लक्षित गर्दै प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले मङ्गलबारबाट सुरु गरेको हो ।
बर्थिङ केन्द्रको माग लहानका महिला
लहान नगरपालिकाको पश्चिम उत्तर ग्रामीण भेगका स्थानीय महिलाहरुले बर्थिङ केन्द्रको माग गरेका छन् । नियमित पोषण प्याकेज वितरण गर्न जानु भएको लहान नगरप्रमुख महेशप्रसाद चौधरीसँग लहान वडा नम्बर २४ का सुत्केरी र गर्भवती महिलाहरुले यस्तो माग गरेका हुन् ।
स्वास्थ्य सेवा प्रवाहमा लालबन्दी पहिलो
स्वास्थ्यको क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा सर्लाहीको लालबन्दी नगरपालिका जिल्लामै प्रथम भएको छ ।
दुईदिन देखि ठप्प गजेन्द्रनारायण अस्पतालको सेवा सुचारु
आइतबार रातिदेखि ठप्प गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको सेवा मङ्गलबारबाट सुचारु भएको छ । अस्पतालको समस्या समाधान गर्न स्थानीय प्रशासनले बोलाएको सर्वपक्षिय बैठकमा चिकित्सकमाथि हातपात गर्ने उपर कारबाही र क्षतिपूर्तिको व्यवस्था मिलाउने प्रतिवद्धता जनाइएपछि अस्पतालको सेवा सुचारु भएको हो ।
गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गर्ने चार जना पक्राउ
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरी आपराधिक उपद्रव गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ । प्रदूषणको स्तर तीव्ररूपमा बढ्दै गएपछि हावामा तीखो गन्ध भरिएको छ, जसले जनस्वास्थ्य सङ्कटलाई थप गम्भीर बनाएको छ ।
सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको विश्वास बढ्दो
सरकारी स्वास्थ्य संस्थामार्फत सेवा लिने सेवाग्राहीहरूको सङ्ख्या बढ्दै गएको छ ।
आकस्मिक बाहेक सबै सेवा बन्द
राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंंह अस्पतालमा तोडफोड, आगजनी र अस्पतालका चिकित्सक माथि हातपात भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द भएको छ ।
अनुमति नलिई सञ्चालित मनकामना अस्पताल बन्द गर्न निर्देशन
झापाको मेचीनगर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालित एक निजी अस्पताल बन्द गर्न निर्देशन दिएको छ । चारआलीस्थित मनकामना अस्पताल बन्द गर्न निर्देशन दिएको हो ।
कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाले सोमबारबाट कोल्टी आधारभूत अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेको छ ।
हाम्रो पात्रोद्वारा ‘घरमै फ्लु खोप सेवा’ शुभारम्भ
नेपालको अग्रणी डिजिटल सेवा प्रदायक हाम्रो पात्रोले सोमबारदेखि घरमै फ्लु (इन्फ्लुएन्जा) खोप सेवा औपचारिक रूपमा सुरु गरेको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकमाथि हातपात र तोडफोड
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा एक चिकित्सकमाथि हातपात र आकस्मिक कक्षमा तोडफोड गरिएको छ ।
हैजा पूर्ण नियन्त्रणमा आउन सकेन
सप्तरीको छिन्नमस्ता गाउँपालिका-५, लोखरम मुसहर बस्तीमा हैजा पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन् ।
तनहुँमा बालबालिकालाई 'स्वर्णविन्दु प्राशन' गराइने
तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ गराइने भएको छ । जिल्लाका एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउन लागिएको हो ।
थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण
भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ ।
बाइपोलार डिस्अर्डरको पीडा
जीवन सरल रूपमा बिताउन मानिसमा मानसिक स्वास्थ्यको अहम् भूमिका रहन्छ तर केही मानिस विभिन्न किसिमका कडा मानसिक रोगबाट प्रताडित बन्छन् । त्यसमध्येको एक हो बाइपोलार एफेक्टिभ डिस्अर्डर ।
बुढ्यौलीमा दाँतको समस्या
नेपालका ज्येष्ठ नागरिकमा मुटु एवं रक्तसञ्चार प्रणाली, श्वासप्रश्वास प्रणाली, मेटाबोलिक, हाड तथा मांसपेशी एवं मूत्र प्रणालीसम्बन्धी समस्या अधिक भए पनि दाँतको समस्या भएका पनि उत्तिकै छन् तर पनि दाँतको समस्यालाई त्यति प्राथमिकतामा राखिएको देखिँदैन ।