हनुमाननगर कङ्कालिनीमा निःशुल्क आँखा शिविर, ७५७ जनाले लिए सेवा
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
जनताको स्वास्थ्य—गाउँपालिकाको प्राथमिकता : निःशुल्क मोतियाबिन्दु अपरेशन कार्यक्रम सञ्चालन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक बजेटअनुसार गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यका साथ निःशुल्क मोतियाबिन्दु अपरेशन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
म्याग्दे गाउँपालिकामा नियमित आँखा उपचार सेवा सुरु हुने
म्याग्दे गाउँपालिकाका बासिन्दाले अब स्थानीय तहमै नियमित आँखा उपचार सेवा पाउने भएका छन् । गाउँपालिका र पोखरास्थित हिमालय आँखा अस्पतालबीच सम्झौतापछि थर्पु आधारभूत अस्पतालमार्फत दैनिक आँखा परीक्षण सेवा प्रदान गर्ने तयारी गरिएको छ ।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ ।
आँखा शिविरबाट साढे सात सय बढीले लिए सेवा
कपिलबस्तुको कुदनामा भएको निःशुल्क आँखा शिविरबाट ७ सय ७६ जनाले सेवा लिएका छन् ।
ठेकेदारको लापरबाहीले अस्पताल भवन पाँच वर्षदेखि अलपत्र
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-७, कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ ।
अमेरिकामा नवजात हेपाटाइटिस-बी खोप विवादमा
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन अन्तर्गत खोपप्रति शङ्का राख्ने स्वास्थ्यमन्त्री रोबर्ट एफ.केनेडी जुनियरले गठन गर्नु भएको नयाँ सल्लाहकार समूहले नवजात शिशुका लागि हेपाटाइटिस-बी खोपको पुनरावलोकन गर्न लागेपछि अमेरिकामा चिकित्सक तथा वैज्ञानिक समुदायबिच तीव्र बहस चर्किएको छ ।
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुर लगायतका जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएको छ ।
इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।
संखुवासभा अस्पताललाई अत्याधुनिक इन्क्युबेटर हस्तान्तरण
संखुवासभा जिल्ला अस्पताललाई नर्सिङ ट्रस्ट यूकेले दुईवटा अत्याधुनिक इन्क्युबेटर उपलब्ध गराएको छ । समयअवधि पूरा नहुँदै जन्मिने नवजात शिशुको उपचारमा अत्यावश्यक मानिने इन्क्युबेटर प्राप्त भएपछि अस्पतालको नवजात सेवा क्षमता अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
नोभेम्बरमा २५५ जनालाई एक्यापको स्वास्थ्य सेवा
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत इलाका संरक्षण कार्यालय मनाङद्वारा सञ्चालित स्वास्थ्य सेवा शाखाले नोभेम्बर २०२५ महिनाभरमा विभिन्न स्वास्थ्य सेवामार्फत २५५ जनालाई सेवा प्रदान गरेको छ ।
स्वास्थ्य शिविरबाट २९५ जना बिरामी लाभान्वित
दोलखाको शैलुङ गाउँपाकिा–८ को समन्वय तथा सुस्वास्थ्य हस्पिटल काठमाडौँको आयोजनामा भएको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २९५ जना बिरामी लाभान्वित भएका छन् ।
‘अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ’
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
चिसो बढेसँगै मौसमी फ्लुका बिरामी बढे
बाँकेमा चिसो बढ्दै जाँदा मौसमी फ्लु हुने बढ्दै गएका छन् ।
ग्रामीण बस्तीका नागरिकलाई घुम्ती शिविर सेवा
सार्वजनिक सेवामा जनताको पहुँच वृद्धिका लागि रामपुर नगरपालिकाले पालिकाको सेवा वडामा पुगेर प्रवाह गरेको छ । ग्रामीण क्षेत्रका जनताको सहजताका लागि घुम्ती शिविर मार्फत सेवा प्रदान गरेको हो ।
पाकिस्तानद्वारा भरतपुर आँखा अस्पताललाई दस लाख सहयोग
नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले चितवनस्थित भरतपुर आँखा अस्पताललाई कागजविहीन बनाई डिजिटलाइजेसन गर्न सहयोग स्वरुप दस लाख रुपियाँ प्र्रदान गर्नुभएको छ ।
सुस्तमनस्थिति हुनुभएका रविलालको न घर, न जमिन
बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । बुधबार अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउँदै गर्दा धेरै अपाङ्गता भएका व्यक्तिको अधिकार र जीवनयापन, स्वास्थ्य अवस्था, शिक्षाको अवस्थाको विषय अहिले पनि नाजुक अवस्थामा रहेको पाइन्छ ।
सरकारको प्राथमिकता भ्रष्टचार मुक्त देश बनाउनु हो : स्वास्थ्य मन्त्री डा.गौतम
स्वास्थ्य तथा जनसङ्या मन्त्री डा.सुधा गौतमले जेनजी आन्दोलनबाट बनेको सरकारको प्राथमिकता नै भ्रष्टचार मुक्त देश बनाउने रहेको बताउनुभयो ।
स्वास्थ्यका १५ निकायको ओएनएम गर्न पूर्वस्वीकृति दिने सरकारको निर्णय
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका १५ वटा निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ ।
आठ हजार बढीमा डेङ्गु पुष्टि
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङ्क अनुसार आठ १०९ जनामा डेङ्गु पुष्टि भएको छ ।
१३ हजार बढी हिंसा पीडितले लिए ओसिएमसीबाट सेवा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा.कृष्णप्रसाद पौडेलले आर्थिक वर्ष २०८१÷८२ मा १३ हजार ५०२ जना हिंसा पीडितले अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिएको जानकारी दिनुभयो ।
एम्बुलेन्स र शववाहनको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ।
पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो : डब्ल्युएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा ह्युनन इम्युनोडेफिसियन्सी भाइरस (एचआइभी)को महामारी बढेको उल्लेख गर्दै पछिल्लो १५ वर्षमा नयाँ सङ्क्रमण २०० प्रतिशतले बढेको जनाइएको छ ।
मौसमी रुघाखोकीका बिरामी बढे
भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन् । रुघाखोकीका बिरामी अहिलले जाडो बढेसँगै बढेका हुन् ।