निर्वाचन अवधिभर स्वास्थ्य सेवा निरन्तर : बिदा बस्न रोक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका समयमा स्वास्थ्य सेवालाई निरन्तर राख्न उच्च सतर्कता अपनाएको छ ।
बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो
बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ ।
आरोग्य भवन वक्र्सलाई जिएमपी प्रमाणपत्र
सन् १९२५ देखि सञ्चालनमा आएको नेपालको निजी क्षेत्रको पहिलो औषधी उद्योग आरोग्य भवन वक्र्स प्रालिले विश्व स्वास्थ्य संगठनद्वारा निर्दिष्ट डब्लुएचओ जीएमपी तथा नेशनल जीएमपी प्रमाणीकरण प्राप्त गरेको छ ।
स्पार्क हेल्थ होमको वार्षिकोत्सवमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम
कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले ३४ औं वार्षिकोत्सव मनाएको छ । प्राकृतिक चिकित्सा तथा फिजियोथेरापीसम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले निःशुल्क हाडजोर्नी, नशासम्बन्धी स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेर ३४ औँ वार्षिकोत्सव मनाएको हो ।
इमरान खानको आँखाको उपचार
पाकिस्तानको जेलमा रहनुभएका पूर्वप्रधानमन्त्री इमरान खानको मङ्गलबार इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा आँखाको उपचार गरिएको अस्पतालले जनाएको छ ।
युपिआरको चौथो चक्रमा नेपाललाई विभिन्न देशबाट महत्वपूर्ण सुझाव
संयुक्त राष्ट्र सङ्घ मानवअधिकार परिषदको विश्वव्यापी आवधिक समीक्षा (युपिआर) चौथो चक्रमा नेपालले बुझाएको प्रतिवेदनमा विभिन्न देशले महत्वपूर्ण सुझाव दिएका छन् ।
रगत अभाव भएपछि स्थापना दिवसमा रक्तदान
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ३८ औँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि आन्दोलन स्थगित
गजेन्द्र नारायण सिंह अस्पताल मा उपचारका क्रममा छिन्नमस्ता गाउँपालिका–५ की २३ वर्षीया सुजान देवी सदाको सुत्केरी गराउने क्रममा चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै परिवार र आफन्तले आइतबारदेखि थालेको आन्दोलन अस्पताल प्रशासन र मृतक परिवारबीच सहमति भएपछि स्थगित भएको छ ।
जेनजी आन्दोलनका घाइतेको विवरण बुझाउन निर्देशन
अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको विवरण अझै बुझाउन सकेका छैनन् ।
बिमा बोर्डमा रकमान्तर : सेवाप्रदायकलाई एक अर्ब वितरण गरिने
स्वास्थ्य बिमा बोर्डले सेवाप्रदायक अस्पताल (संस्था) लाई एक अर्ब रुपियाँ वितरण गर्ने भएको छ । १० अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी रहेको बिमा बोर्डले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न कार्यक्रमबाट बजेट रकमान्तर गरेको ७५ करोड नौ लाख १२ हजार रुपियाँसहित एक अर्ब रुपियाँ बाँड्न लागेको हो । बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण पौडेलले मन्त्रालयले चालु आर्थिक वर्षका कार्यक्रमलाई कटौती गरेर रकम उपलब्ध गराएको जानकारी दिँदै त्यही रकम बाँड्न लागिएको जानकारी दिनुभयो । “अलि अलि भए पनि टालटुल गरेर रकम बाँड्ने तयारीमा छौँ,” पौडेलले भन्नुभयो, “कुन अस्पताललाई कति वितरण गर्ने भन्ने निश्चित छैन ।”
आवासीय चिकित्सक आन्दोलनमा
विभिन्न माग राख्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका आवासीय (रेजिडेन्ट) चिकित्सक आन्दोलित भएका छन् । एक घण्टा धर्ना दिएर उनीहरूले आन्दोलन सुरु गरेका हुन् । न्याम्स र रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (¥यान) बिच पाँच महिनाअघि भएको सहमति कार्यान्वयन नभएपछि चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।
‘समयमा उद्धार भएको भए धेरैको ज्यान बच्थ्यो’
समयमा नै उद्धार भएको भए धेरैले अकालमा नै ज्यान गुमाउन नपर्ने धादिङ बस दुर्घटनाका घाइतेहरुले धारणा राख्नुभएको छ । राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा उपचाररत रहनुभएका काठमाडौँ बौद्धकी ४७ वर्षीया याङ्जी शेर्पाले सरकारले समयमा नै उद्धार गरिदिएको भए धेरैको जीवन बचाउन सकिने अवस्था हुन्थ्यो भन्नुभयो ।
बागलुङका तीन पालिकामा एचपिभी खोप लगाउने सुरु
जिल्लाका तीन नगरपालिकाका किशोरीलाई पाठेघरको मुखको क्यासर विरुद्वको (एचपिभी) खोप लगाउन सुरु गरिएको छ । बागलुङ, जैमिनी र ढोरपाटन नगरपालिकाका किशोरीलाई एचपिभि खोप लगाउन सुरु गरिएको हो ।
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६७.३१ प्रतिशत उत्तीर्ण भएका छन् ।
आयुर्वेदिक उपचारमा बढ्दो आकर्षण
गण्डकी प्रदेशको गौरवको रूपमा रहेको दमौलीस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा पछिल्लो समय बिरामीहरूको आकर्षण ह्वात्तै बढेको छ ।
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ ।
धवलागिरी प्रादेशिक अस्पतालमा मनोरोग उपचार सेवा सुरु
बागलुङको धवलागिरी प्रादेशिक अस्पतालले मनोरोगसम्बन्धी परामर्श र उपचार सेवा सुरु गरेको छ।
राजनीतिक दलका चुनावी घोषणापत्रः निःशुल्क स्वास्थ्यमा जोड
आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य एजेण्डा बनाएका छन् ।
राधा क्यान्सर तथा हिंसाविरुद्धको पत्रकारिता पुरस्कार ढुङ्गेललाई
राधा क्यान्सर सचेतना फाउन्डेसनले स्थापना गरेको ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ गोरखापत्रकर्मी सरोज ढुङ्गेललाई प्रदान गरिएको छ ।