• २७ असोज २०८२, सोमबार

जाजरकोटमा अनलाइन प्रणालीमार्फत नागरिकता

blog

देनिशा सिंहलाई पहिलो पटक अनलाइन प्रणालीबाट नागरिकता प्रदान गरिदै । तस्बिरः वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, असोज २७ गते । जिल्ला प्रशासन कार्यालय जाजरकोटले पहिलो पटक अनलाइन प्रणालीबाट नागरिककता वितरण गरेको छ । भेरी नगरपालिका ६, की देनिशा सिंहलाई अनलाइन प्रणालीबाट नागरिकता प्रमाणपत्र वितरण गरिएको हो । 

जाजरकोटको सातवटा स्थानीय तहबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिसको काम लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले एक कार्यक्रमको आयोजना गरी अनलाइन प्रणालीबाट सिफारिस गरेको पहिलो नागरिकता प्रदान गर्नुभयो ।  

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार नागरिकको अनुसूची लगायतको कागजात अनलाइन प्रणालीमा सुरक्षित रहने जनतालाई छिटोछरितो नागरिकता वितरण सहयोग पुग्ने विश्वास लिएको छ । 

उहाँका अनुसार अनलाइन प्रणालीले सेवा लिन आएका सर्वसाधारणलाई आवश्यक कागजातका लागि कार्यालयमा धाउनु नपर्ने, सेवाग्राहीलाई सहजरुपमा सेवा दिन नागरिकता लगायतका काम अनलाइन प्रणालीबाट हुने बताउनुभयो । 

केही दिनअघि स्थानीय तहका आइटीहरुसँग अनलाइन प्रणालीबाट नागरिकताको अनुसूची तथा अन्य कामका लागि छलफल गरिएको छ । सोहीअनुसार भेरी नगरपालिका ६ ले पहिलो पटक काम सुरु गरेको छ । 

अनलाइन प्रणाली सुरु भएपछि नागरिकता लिन लामो समय बस्नुपर्ने अवस्थाको अन्त्य, अनलाइन प्रणालीले प्रशासनिक काममा टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।