शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुधा देव
भारदह (सप्तरी), वैशाख २१ गते । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५, छपकीका नुर महम्मद मियाँ श्रीमतीमाथि कुटपिट गरी अंगभंग गरेको आरोपमा पक्राउ पर्नुभएको छ ।
२०८२ चैत २० गते श्रीमती मैमुल खातुनलाई खानबस्नसमेत नदिई कुटपिट गरी दुवै खुट्टाको हड्डी भाँचिदिएको पीडितले दिएको जाहेरीका आधारमा मियाँलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
पक्राउ परेका मियाँविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।