कपिलवस्तुको सात पालिकामा स्वास्थ्य बीमा अनिवार्य
जिल्लामा रहेको दश स्थानीय तहहरुमध्ये सात वटा स्थानीय तहले बीमा अनिवार्य गरेका छन् ।
जेनजी आन्दोलनका घाइतेलाई उपचार खर्च लिन आह्वान
गत भदौ २३ र २४ गते देशव्यापी रूपमा आयोजित जेनजी आन्दोलनमा लमजुङका सातजना घाइते भएको खुलेको छ । उनीहरुलाई उपचार खर्च लिन आउन जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको छ ।
नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायकः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुने बताउनुभएको छ ।
कडा रोगको फलोअप उपचारका लागि पुन: रिफर लिनु नपर्ने
स्वास्थ्य बिमा बोर्डले कडा रोगको फलोअप उपचारका लागि पुन: रिफर लिनु नपर्ने व्यवस्था गरेको छ ।
निजीका स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक उपलब्ध गराउन सम्भव छैन : मेडिकल कलेज
निजी तथा मेडिकल तथा डेन्टल कलेजले सरकारी सरह पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन सम्भव नहरेको बताएका छन् ।
डेङ्गुबाट छ हजार १०६ जना सङ्क्रमित, पाँचको मृत्यु
देशका ७५ जिल्लाबाट छ हजार १०६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो ।
बागलुङमा २५७ जनामा डेंगु सङ्क्रमण
बागलुङ जिल्लामा डेंगु सङ्क्रमणको सङ्ख्या बढेको छ । अघिल्लो साता मात्रै जिल्लाभर ११० जनामा भएको डेंगु सङ्क्रमण बढेर २५७ पुगेको छ । डेंगु बढेपछि बागलुङ बजारमा खोज र नष्ट गर अभियान सोमबारदेखि थालिएको छ ।
जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गरिने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाको वर्गीकरण गर्ने भएको छ ।
बागलुङमा डेङ्गु बढेपछि ‘खोज तथा नष्ट’ अभियान सञ्चालन
बागलुङमा डेङ्गुको सङ्क्रमण बढसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु भएको छ ।
नर्सिङको तलब सरकारी सरह दिन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागु गर्न आग्रह गरेको छ ।
स्क्रब टाइफस र उच्च ज्वरोले दुईको मृत्यु
स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१, कालाखेतका गजेन्द्र केसीको स्क्रब टाइफसका कारण र दार्मा गाउँपालिका –३ दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
दशरथचन्दमा स्वास्थ्यचौकी भवन छ वर्षदेखि अलपत्र
दशरथचन्द नगरपालिका–५ साजिबाटामा निर्माणाधीन स्वास्थ्यचौकी भवन छ वर्षदेखि अधुरो अवस्थामा छोडिँदा स्थानीयवासी मारमा परेका छन् । निर्माणकार्य रोकिएपछि भवन परिसर झाडी र बोटबिरुवाले ढाक्न थालेको स्थानीयले बताएका छन् ।
दीर्घरोगी उपल्लो मुस्ताङ आउँदा चिकित्सकको परामर्श लिन अनुरोध
दसैँतिहारको बिदामा उपल्लो मुस्ताङमा घुम्न जाने पर्यटकलाई चिसो र उचाइका कारण लेक लाग्ने समस्या देखिएपछि लोमान्थाङ गाउँपालिकाले पर्यटकलाई सचेतनामुलक अभियानसँगै निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।
स्वास्थ्य शिविरबाट जैमिनीवासी लाभान्वित
दक्षिण बागलुङको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् ।
जेनजी आन्दोलनका २४ घाइते अझै उपचारत, कुन अस्पतालमा कति ?
जेनजी आन्दोलनका क्रममा घाइते भएका २४ जना घाइते विभिन्न आठ अस्पतालमा उपचाररत छन् ।
बागलुङमा डेङ्गीको बिरामी बढे, सरोकारवाला चिन्तित
पछिल्लो समय बागलुङमा डेङ्गी सङ्क्रमण बढेको छ । धौलागिरि अस्पतालसहित गलकोट र बुर्तिवाङमा उपचारमा गएका अधिकांशमा डेंगी संक्रमण देखिएको छ ।
पर्सामा हैजाविरुद्धको खोप अभियान
सरकारले आइतबार (असोज २६ गते ) देखि पर्सा जिल्लामा हैजा रोगविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आइतबारदेखि जिल्लाको सबै पालिकामा हैजा रोगविरुद्धको खोप अभियान सुरु गरेको जानकारी दिनुभयो ।
राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
डेङ्गुबाट पाँच हजार ८७४ जना सङ्क्रमित, चारको मृत्यु
डेङ्गु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार डेङ्गु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ ।
शरीर असन्तुलित पार्ने पार्किन्सन
कुनै व्यक्तिमा (विशेषतः बुढ्यौलीमा) यदि असामान्य प्रकारको चालढाल हुन गयो भने पार्किन्सन पो भयो कि भनेर आशङ्का गर्न सकिन्छ ।
गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव
पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् ।
ताप्लेजुङमा बढ्दै सापु सङ्क्रमण
ताप्लेजुङमा सापु रोगको सङ्क्रमण बढ्न थालेको छ । जिल्लामा अत्याधिक मात्रामा सेतो पुतली देखिन थालेसँगै सापु रोगको सङ्क्रमण बढ्न थालेको हो ।
बढ्दै मानसिक स्वास्थ्य समस्या
लगनखेलस्थित मानसिक अस्पतालमा दैनिक १३० देखि १५० जना बिरामी बहिरङ्ग विभाग (ओपिडी) मा आउने गर्छन् । तीमध्ये १० जना भर्ना गरेर उपचार गराउनुपर्ने अवस्थाका बिरामी आउँछन् । यो मानसिक अस्पताल देशकै केन्द्रीय अस्पताल भएको हुनाले देशभरबाट प्रेषण भएर लगनखेलस्थित मानसिक अस्पतालमा बिरामी आउने गरेका छन् ।
कोभिड-१९ सङ्क्रमणले मुसाको शुक्राणु परिवर्तन, सन्तानमा चिन्ता बढ्ने सम्भावना : अध्ययन
हालै प्रकाशित एक नयाँ अध्ययनले कोभिड-१९ भाइरसले मुसाको शुक्राणुमा परिवर्तन ल्याउन सक्ने र यसले उनीहरूको सन्तानमा चिन्ताजनक व्यवहार बढाउन सक्ने देखाएको छ ।
 
                                     
                                             
                                             
                                             
                                             
                                            -original-thumb.jpg) 
                                             
                                             
                                             
                                            -original-thumb.jpg) 
                                             
                                             
                                            -original-thumb.jpg) 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            -original-thumb.jpg) 
                                             
                                             
                                             
                                            