• २७ असोज २०८२, सोमबार

जेनजी आन्दोलनका २४ घाइते अझै उपचारत, कुन अस्पतालमा कति ?

blog

काठमाडौँ, असोज २६  गते । जेनजी आन्दोलनका क्रममा घाइते भएका २४ जना घाइते विभिन्न आठ अस्पतालमा उपचाररत छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो तथ्यांक अनुसार जेनजी आन्दोलनमा घाइते  भएका २४ जना विभिन अस्पतालमा उपचाररत छन् । 

घाइतेमध्ये सबैभन्दा बढी राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र त्रिवि शिक्षण अस्पतालमा तीन तीनजना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र  नेपाल प्रहरी अस्पतालमा एकएक जना, बी एन्ड बी अस्पतालमा दुईजना र नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एकजना गरी कुल २४ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । 

उक्त आन्दोलनमा दुई हजार ३१६ जना घाइते उपचारका लागि अस्पतालमा भर्ना भएका थिए जसमध्ये दुई हजार २४३ उपचारपश्चात्  ‘डिस्चार्ज’ भइसकेका छन् । उपचारको क्रममा ४९ को मृत्यु भएको थियो । 

सरकारले १६ वटा संघीय अस्पतालमा २०८२ असोज १२ गतेदेखि जेनजी क्लिनिकमार्फत सेवा दिइरहेको छ । उक्त क्लिनिकमार्फत हालसम्म १५ जनाले सेवा लिएका छन्।