कालिज पालनबाट वार्षिक ३० लाखको कारोबार
राप्तीसोनारी गाउँपालिका –२, मदुईका उदयाराम पुनले कालिज पालनबाट वार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर विदेशभन्दा धेरै बढी पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण
तराई मधेससहित सप्तरीमा दिन प्रतिदिन अत्यधिक चिसो बढ्दै गएपछि राजविराज नगरपालिकाले आइतबार निःशुल्क दाउरा वितरण गरेको छ ।
बाघको आक्रमणबाट वृद्धाको मृत्यु
बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन जानू भएकी वृद्धाको बाघले ज्यान लिएको हो ।
आफैँले बोकेको बन्दुक पड्किँदा...
गोरखामा आफैँले बोकेको भरुवा बन्दुक पडकिएर धार्चे गाउँपालिका–४ लाप्राकका टेकबहादुर गुरुङ घाइते भएका छन् ।
कञ्चनजङ्घा आधार शिविर सुनसान
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।
सडक विस्तार प्रभावितलाई सहुलियत ऋण माग
हेटौँडा बजार क्षेत्रमा सडक डिभिजन हेटौँडाले डोजर लगाएपछि प्रभावित भएका घरधनी र व्यवसायीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गरिएको छ । मकवानपुर उद्योग वाणिज्य
पुष्पाञ्जलीलाई भाले साथी छिट्टै
कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका पोथी गैँडा पुष्पा र अञ्जलीका लागि भाले गैँडा छिट्टै पठाइने भएको छ । दुई वर्षअघि चितवनबाट कोशीटप्पु वन्यजन्तु आरक्षको पथरी सेक्टरमा ल्याइएका पुष्पा र
लुम्बिनी, बर्दिया र पाल्पा प्राथमिकतामा
लुम्बिनी प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज र पाल्पालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ ।
उद्योगपति केसीको सालिक स्थापना
पोखरा महानगरपालिकाको काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष उद्योगपति, शिक्षासेवी स्व. सूर्यबहादुर केसीको सालिक शनिबार अनावरण गरिएको छ । स्व. केसी परिवारद्वारा निर्माण गरिएको अर्धकदको सालिक क्याम्पसको हाताभित्र रहेको छ ।
सडक सञ्जालसँग जोडिने भयो महाबै
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको कालीकोटको महाबै गाउँपालिकाको केन्द्रलाई सेराबाडा–पादमघाट सडकसँग जोड्न ठेक्का प्रक्रिया सुरु भएको छ । गत महिना कर्णाली प्रदेशको भौतिक योजना तथा सहरी विकास मन्त्रालय र विश्व बैङ्कको संयुक्त लगानीमा ५१ करोड रुपियाँ बजेट स्रोत सुनिश्चित भएपछि ट्यागसहित कालोपत्रेका लागि एक महिना अवधि राखेर गत पुस ७ गते ठेक्का आह्वान भएको हो ।
महिला समावेशिता न्यून
महिला सहभागिता बढाउन कानुन बाध्यकारी अवस्था नहुँदा महिला समावेशी न्यून हुने गरेको पाइएको छ । जुन कानुनमा महिला अनिवार्य भनिएको छ, त्यसमा मात्रै सहभागिता हुने गरेको तर जहाँ बाध्यकारी छैन, त्यहाँ महिलाको सहभागिता न्यून हुने गरेको पाइएको हो ।
मायाजालमा फसाएर कोठीमा बिक्री
गत भदौ १३ गते दिउँसो १५ वर्षीय एक किशोरीले विवाहित दिदीलाई फोन गर्नका लागि मोबाइलमा नम्बर डायल गर्नुभयो । नम्बरको अन्तिम अङ्क गलत डायल भयो, त्यस कारणले नम्बर एक जना पुरुषको नम्बरमा पुग्यो । पुरुषले फोन उठाए पनि किशोरीले फोन काट्नुभयो ।
अधिकारीलाई प्रेस स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार
गोरखापत्र दैनिकका उपसम्पादक प्रकृति अधिकारी शनिबार सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार ११४६ बाट सम्मानित हुनुभएको छ ।
बिमा क्षेत्र : जोखिम वहन क्षमतामा सुधार
विभिन्न समयमा आएको भीषण बाढी र जेनजी आन्दोलनले नेपालको बिमा क्षेत्रलाई प्राकृतिक र मानवनिर्मित जोखिमको दोहोरो दबाबमा राख्दै जोखिम वहनको क्षमता पनि बढाइरहेको देखिएको छ । एकातिर बाढीपहिरोले निर्जीवन बिमामा दाबीको चाप अस्वाभाविक रूपमा बढायो भने अर्कोतिर आन्दोलनपछिको तोडफोड, आगजनी र अवरोधले दङ्गा–आन्दोलनसम्बन्धी कभरेज, पोलिसी अपवाद र दाबी व्यवस्थापन प्रणालीको सक्षमताको परीक्षण भएको छ । यी घटनाक्रमले बिमा क्षेत्रको जोखिम वहन क्षमता, उपभोक्ता विश्वास र दीर्घकालीन स्थायित्वमाथि गहिरो बहस जन्माएको छ ।
गोरखापत्र सहकारीको नाफा बढ्यो
गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाफा बढेको छ । संस्थाको शनिबार आयोजित १९ औँ वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा एक लाख ८४ हजार ३७९ रुपियाँ नाफा भएको उल्लेख छ । संस्थाले त्यसअघि आव २०८०/८१ मा एक लाख ७५ हजार ३४३ रुपियाँ नाफा आर्जन गरेको थियो ।
होटेल तथा रेस्टुरेन्ट मापदण्डविपरीत
उपत्यकामा सञ्चालित अधिकांश साना तथा मझौला खाना, खाजाका होटेल तथा रेस्टुरेन्ट, फास्टफुड, बेकरीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो साता गरेको अनुगमनमा अधिकांशले न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको हो । विभागले शुक्रबार गरेको अनुगमनमा ललितपुरको जली केक एन्ड पेस्ट्री र जिरी खिम्ती होटेल रेस्टुरेन्ट दर्ता नै नभएको पाइएपछि हरेकलाई १० हजार रुपियाँ जरिबाना गरेको जनाएको छ ।
पेट्रोलियम पदार्थको आयात बढ्यो
खपत बढेसँगै पेट्रोलियम पदार्थको आयात बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा एक खर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्म एक खर्ब तीन अर्ब रुपियाँको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास) आयात भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब एक अर्ब रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । जुन समीक्षा अवधिमा दुई अर्ब रुपियाँबराबरको आयात बढी हो । पाँच महिनामा डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यासको आयात बढेको तथ्याङ्कले देखाएको छ ।
दुई होटेलको आइपिओ आउने
दुई होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएका छन् । चितवनको सौराहास्थित होटेल पार्क ल्यान्ड र भक्तपुरस्थित नगरकोट रिसोर्ट लिमिटेड प्राथमिक सेयर निष्कासनका लागि प्रक्रियामा गएका हुन् ।
बुढानीलकण्ठ मन्दिर विश्वसम्पदा सूचीमा पार्न पहल
बुढानीलकण्ठ नगरपालिका–३ स्थित ऐतिहासिक तथा पुरातात्त्विक बुढानीलकण्ठ मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिएको हो ।
समानुपातिकको सूची बनाउन कांग्रेसको मापदण्ड
नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तय भएको समानुपातिकतर्फका उम्मेदवारको नामावली चयन प्रक्रिया प्रारम्भ गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन गर्ने निर्णय गरेको हो ।
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा विलम्ब
बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्धारित समयमा सञ्चालन नहुने भएको छ । पुसदेखि सञ्चालन गरिने भनिएको सो सुरुङमार्गको पश्चिमी ‘पोर्टल’ को काम अझै सुरु हुन सकेको छैन । पहिरो गइरहने पश्चिमी ‘पोर्टल’ निर्माणका लागि अझसम्म डिजाइन स्वीकृत हुन सकेको छैन । त्यसै गरी सुरुङमार्ग सञ्चालनका लागि अझै सेवाप्रदायक कम्पनी छनोट हुन सकेको छैन ।
स्वास्थ्य बिमामा दीर्घरोगी आकर्षित
स्वास्थ्य बिमामा दीर्घरोगीको मात्र आकर्षण बढेको छ । स्वस्थ व्यक्तिले सकभर स्वास्थ्य बिमा नगर्ने, बिमा गरिहालेको अवस्थामा नवीकरण गर्न रुचि नदेखाउने गरेका छन् । मानिसलाई जब दीर्घरोगले समात्छ, अनि स्वास्थ्य बिमा गर्न उत्साही हुने गरेका छन् । यो गलत प्रवृत्तिका कारण स्वास्थ्य बिमा बोर्ड कमजोर बन्दै गएको छ ।
समानुपातिकतर्फको बन्दसूची भोलिसम्म
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पुस १३ (आज) र १४ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि उम्मेदवारको बन्दसूची पेस गर्दै छन् । आयोगको निर्वाचन कार्यक्रमबमोजिम दलले उम्मेदवारको बन्दसूची पेस गर्न लागेका हुन् ।
ऐन कागजमा, अस्वस्थ मासु भागमा
नयाँ चोक, नयाँ सडक र नयाँ बस्ती देखिनेबित्तिकै किराना र मासु पसल खुलिहाल्छन् । मासु पसल खोल्न केही थान औजार, एउटा बोर्ड र मासु काट्ने अचानो भए पुग्छ । नेपालमा मापदण्ड नै नपुगेका हजारौँ मासु पसल सञ्चालनमा छन् । उनीहरूले न्यूनतम मापदण्डसमेत पूरा गरेका हुँदैनन् । त्यस्ता पसलबाट अस्वस्थ्य मासु उपभोक्ताले भोजन गरिरहेका हुन्छन् ।