• ३० वैशाख २०८३, बुधबार

मन्त्रीपरिषद बैठक

लगानी व्यवस्थापन समितिमा खड्का र थकाली मनोनयन

blog

सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठक ।

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख ३० गते । मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ)लाई मनोनयन गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो । 

सोही अनुसार बैठकले नेपाल सरकार (कार्य विभाजन) नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश २०७९ को संशोधन स्वीकृत गरेको उहाँले बताउनुभयो । बैठकले भूमि सम्बन्धी (एक्काइसौं संशोधन) नियमहरू २०८३ पनि स्वीकृत गरेको छ ।