• ३० वैशाख २०८३, बुधबार

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु

blog

नयाँदिल्ली, वैशाख ३० गते । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना अचानक ढलेपछि तीन बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ ।

मङ्गलबार साँझ महाराष्ट्रको साङ्गली जिल्लामा यो घटना भएको प्रहरीले बताएको छ । स्थानीय धार्मिक पर्वको अवसरमा मन्दिर भ्रमण तथा तिर्थ यात्रामा रहेका करिब ३५० जना भक्त प्रकोपका काराण पीडित भएको जनाइएको छ । तेज हावासहित भएको भारी वर्षा सुरु भएपछि उनीहरू ज्यान बचाउन निर्माणाधीन संरचना भित्र शरण लिएको जनाइएको छ । 

तीव्र हावाको काराण उक्त संरचनाको टिनको छाना र पर्खाल तिनीहरूमाथि खस्दा दुर्घटा हुनु पुगेको जनाइएको छ । उद्धार टोलीले छ जनाको शवको बरामद गरेको र घाइतेलाई उद्धार गरी स्थानीय अस्पतालमा लगिएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उद्धार कार्य सम्पन्न भइसकेको छ । रासस/सिन्ह्वा