• २९ वैशाख २०८३, मङ्गलबार

सन्तोषजनक नतिजा नआएपछि आत्महत्या

blog

अविनाश चौधरी

धनगढी, वैशाख २९ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले देहत्याग (आत्महत्या) गरेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिकाका छात्राले आत्महत्या गरेका हुन् । उनीहरु आज आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको जनाइएको छ । 

उनीहरूले देहत्याग गर्नुको कारण एसईई नतिजा राम्रो नआएका कारण रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । दुवै छात्रा नाबालिग रहेकाले उनीहरूको नाम र विद्यालय गोप्य राखिएको छ ।