शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
इमान सिं राना
रामपुर (पाल्पा), वैशाख २९ गते । गत आइतबार कालीगण्डकी नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । पौडी खेल्ने क्रममा रामपुर नगरपालिका–१, टापुधामबाट कालीगण्डकीमा बेपत्ता भएका बेलकोटगढी नगरपालिका –१३, नुवाकोटका २१ वर्षीय मिलन थिङको शव मंगलबार फेला परेको हो ।
आइतबार दिउँसो पौडी खेल्नेक्रममा उहाँ नदीमा बेपत्ता हुनुभएको थियो । त्यसपश्चात प्रहरी र स्थानीयले उहाँको खोजी गर्दैआएको थियो । कालीगण्डकी नदीको किनार रामपुर नगरपालिका –१, साखर्दी खोला दोभानमा मंगलबार अपरान्ह ४ बजे उहाँको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो । घटनाबारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।