• २९ वैशाख २०८३, मङ्गलबार

पुतलीबजार–४ का वडाध्यक्ष थापा फक्राउ

blog

अर्जुन काफ्ले 

स्याङ्जा, बैशाख २८ गते । मानव बेचविखन मुद्दामा पुतलीबजार नगरपालिका वडा –४ का अध्यक्ष शिवबहादुर थापालटाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरी पश्चात मानव बेचविखन तथा अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो । 

ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै अब अनुसन्धनन अघि बढ्ने बताउनुभयो । २०७९ को स्थानीय तह निर्वाचनमा थापाले नेपाली काँग्रेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । 

निर्वाचित भएपश्चात १५ महिना जिम्मेवारीमा काम गरे पनि २०८० भदौ १५ गते स्वास्थ्य उपचारका लागि भन्दै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएर हराउनु भएको थियो । 

थापा दुई महिना पहिला मात्र नेपाल फर्कनु भएको थियो । अमेरिका रहेको बेलामा नगरपालिकाले २०८० भदौ देखि २०८१ असार महिनासम्मको सेवा सुविधा दुई लाख ७६ हजार १९० रुपियाँ भुक्तानी गरेको थियो ।