पर्यटकीय गन्तव्य बन्दै डमरु दह
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा अवस्थित डमरु दह अहिले पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ । अग्लो तथा समथर भूभागका बिचमा चारैतिर बस्तीले घेरिएको यस दहलाई पछिल्लो समय व्यवस्थित र आकर्षक बनाउने काम पनि भइरहेको छ । दहवरिपरि पैदलमार्ग तथा पार्क निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर
सुर्खेतको सबैभन्दा दुर्गम भूगोल मानिने चिङ्गाड गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ । ६ वटा वडा रहेको सो पालिकामा यही वैशाख ३१ गतेसम्म विभिन्न वडामा सो शिविर सञ्चालन हुने छ ।
मुगुका लेकमा यार्चा जेठ १३ गतेदेखि
मुगुको माथिल्लो क्षेत्र मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न वन तथा पाटन क्षेत्रहरूमा पाइने बहुमूल्य जडीबुटी यार्चागुम्बा सङ्कलन गर्न आगामी जेठ १३ गतेदेखि प्रवेश खुला गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार पालिकाको कार्यविधि अनुसार आगामी जेठ १३ गतेदेखि पाटन क्षेत्रमा यार्चा सङ्कलन सुरु गर्ने निर्णय भएको छ ।
राजनीतिक द्वन्द्वले विद्यालय जीर्ण
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्मुकाधममा रहेको जयदेव माध्यमिक विद्यालय लामो समयदेखि राजनीतिक विवाद र प्रशासनिक अन्योलको सिकारमा परेको छ । राजनीतिक विवादका कारण उक्त विद्यालयको अवस्था जीर्ण हुँदै जाँदा विद्यार्थीको सुरक्षामा पनि जोखिम बढेको छ ।
सीमान्त कुसुन्डा एसइई उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँको व्यास नगरपालिका–१०, डिहीगाउँकी सीमान्त कुसुन्डाले सफलता हासिल गरेकी छिन् । लोपोन्मुख कुसुन्डा समुदायकी एक मात्र प्रतिनिधि सीमान्तले दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयबाट २.९६ जिपिए (बी प्लस ग्रेड) प्राप्त गरी उत्तीर्ण भएकी हुन् ।
दोभान र हुल्चुक जोड्न बेलिब्रिज
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको दोभान र हुल्चुक जोड्ने गरी बुढीगण्डकी नदीमाथि बेलिबिज्र निर्माणको काम भइरहेको छ । दोभानखोला जलविद्युत् आयोजनाले बुढीगण्डकी नदीमाथि बेलिबिज्र निर्माण गर्न थालेको हो । आयोजनाले आफ्नो काम सहज बनाउनुका साथै स्थानीयवासीलाई आवतजावतमा सुविधा पुग्ने उद्देश्यले पुल निर्माण थालेको धार्चे–१, हुल्चुकका वडाध्यक्ष रामसिंह गुरुङले बताउनुभयो ।
भाषा संरक्षणका लागि तालिम
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले मगर खाम भाषा विद्यालयस्तरमा पठनपाठन सुरु गराउन प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित एक सातासम्म सञ्चालन हुने तालिममा गाउँपालिकाका १५ विद्यालयका शिक्षकको सहभागिता रहेको छ । पुनमगर समाज रघुगङ्गाका अध्यक्ष टीका पुर्जा पुनमगरले मगर भाषाविज्ञ कर्णबहादुर बुढामगरले खाम भाषासम्बन्धी प्रशिक्षण दिनुहुने जानकारी दिनुभयो ।
न्यूनतम समर्थन मूल्यमा दिइँदैन गहुँ
सरकारले तोकेको गहुँको न्यूनतम समर्थन मूल्यमा कृषकले गहुँ बिक्री गर्न नमान्दा खाद्यले कृषकबाट गहुँ खरिद गर्न सकेको छैन । महेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कृषकले सरकारले तोकेको समर्थन मूल्यमा गहुँ बिक्री गर्न नमान्दा पाँच वर्षयता गहुँ खरिद गर्न नसकिएको जनाएको हो ।
भित्रिए अठार अर्बका गाडी
चीनको खासा हुँदै तातोपानी नाकाबाट १८ अर्ब ९३ करोड ९३ लाख ५० हजार ८६३ रुपियाँका विद्युतीय सवारीसाधन भित्रिएका छन् । दुई आर्थिक वर्षमा गरेर उक्त मूल्यका सात हजार ४९२ थान इभी गाडी काठमाडौँ भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । त्यसबापत नेपाल सरकारलाई १० अर्ब ४५ करोड ६७ लाख ८६ हजार १५२ रुपियाँ राजस्व प्राप्त भएको भन्सार अधिकृत रमेशबहादुर शाहले जानकारी दिनुभयो ।
बाँझो जमिन उपयोग गरेर आलु खेती
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले युवालाई कृषि उत्पादनमार्फत गाउँमै भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन बाँझो जमिनमा आलु र धान खेती सुरु गरेको छ । गाउँपालिका–४, सेरीखोलास्थित परशुरामेश्वर गुठीको २० रोपनी बाँझो जमिन उपयोग गर्दै यस वर्ष आलु खेती गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले यस पटक करिब ३० क्विन्टल आलु उत्पादन गरिएको बताउनुभयो
सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न अर्थको सहमति
सरकारले सरकारी सेवामा आबद्ध अस्थायी, करार र ज्यालादारी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय कार्यान्वयन गर्ने सहमति दिएको छ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नं. ३५२, सर्वोच्च अदालतको फैसला र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा यो सहमति दिइएको हो । आगामी आव २०८३/८४ को बजेटमार्फत राज्य र योगदानकर्ता दुवैको योगदान रहने गरी छुट्टै प्याकेज बनाएर करार र अस्थायी सेवामा रहेका सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी भएको जनाइएको छ ।
चिया निकासीमा समस्या
नेपाली चिया निकासीमा भारतले कडाइ गरेपछि चिया क्षेत्र नै सङ्कटमा परेको छ । गत मे १ देखि भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) मा कडाइ गरेपछि नेपाली चिया निकासी बन्द जस्तै भएको छ ।
कर्मचारीलाई दुध र घिउ कटौती
कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुुग्ध विकास संस्थान (डिडिसी) का कर्मचारीले सित्तैमा उपभोग गर्दै आएको दुुध र घिउको सुविधा रोक्न निर्देशन दिनुभएको छ । संस्थान लामो समयदेखि घाटामा गएर धराशायी अवस्थामा पुगेपछि कर्मचारीले पाउँदै आएको सुविधा मन्त्री चौधरीले कटौती गर्न निर्देशन दिनुभएको हो ।
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न सुझाव संकलन
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चार माध्यमका समाचार कक्षका नेतृत्वकर्तासँग सुझाव सङ्कलन गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वको कार्यदलले ५५ जना सम्पादक तथा सञ्चारविज्ञसँग छलफल गरी सुझाव सङ्कलन गरेको हो ।
सात सय एक सवारीसाधन फिर्ता
प्रचलित कानुनविपरीत विभिन्न खाले पहुँचका भरमा सरकारी सवारीसाधन प्रयोग गरिरहेका पदाधिकारी तथा कर्मचारीबाट ७०१ वटा चारपाङ्ग्रे सवारीसाधन फिर्ता ल्याइएको छ ।
पारस्परिक कानुनी सहायता सम्झौता संसदमा
नेपाल र भारतबिच गत फागुनमा हस्ताक्षर भएको पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेस भएको छ । पहिलो पटक फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता दुई देशबिच भएको थियो । संविधानको धारा २७९ को व्यवस्थाबमोजिम सम्झौता प्रतिनिधि सभामा पेस भएको हो । फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीका क्रममा प्रमाण सङ्कलन तथा अन्य सूचना आदानप्रदान गर्न दुई देशबिच सम्झौता भएको हो । सभाबाट अनुमोदन भई कूटनीतिक पत्राचारपछि सम्झौता कार्यान्वयनमा आउने छ ।
सीमावासीको दैनिकी सहज बनाइँदै
सीमानाका हुँदै एक सय रुपियाँभन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने भएको छ । सरकारले हाल कायम एक सय रुपियाँको सीमा बढाउने तयारी गरेको हो ।
पर्यटनमा जोडियो मह सिकार
कहालीलाग्दो भिर । माथि हेर्दा टोपी खस्ने छङ्गाछुर ठाडो भिर अनि भिरका कापामा लहरै रहेका भिरमौरीका गोला । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४, मिप्रागाउँको छिप्ली भिरको पहरालगायत जिल्लाका विभिन्न स्थानमा भिरमौरीका गोलाबाट मह काढ्न स्थानीय मह सिकारीको होडबाजी नै चल्छ । कहालीलाग्दो भिरमा डोरीको सहारामा झुन्डिएर गरिने यस्तो मह सिकारको दृश्य देख्ने जोकोहीले साँच्चिकै चाखका साथ हेर्ने गरेको पाइन्छ । पछिल्लो समय यस्तो डरलादो दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् ।
विद्यालयमा १५ दिन बिदा कटौती
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदाको समय १५ दिन कटौती गरेको छ । हालसम्म एक शैक्षिक सत्रमा ४५ दिन दिइँदै आएको यस्तो बिदा यस शैक्षिक सत्रका लागि भने ३० दिनको मात्रै हुने छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) दिने निर्णय गर्दा पठनपाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।
एसईई ग्रेड वृद्धि परीक्षा असार १ गतेदेखि हुने
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्नेभएको छ ।
सुकुम्बासी वस्तीमा कवाड संकलन गर्ने सक्रिय (फोटो फिचर)
सरकारले सुकुम्बासी वस्ती भत्काएपछि भत्केको वस्तीबाट कवाड सामग्री संकलन गर्नेको भिड लाग्ने गरेको छ । काठमाडौँको तीनकुनेस्थित गैरिगाउँ क्षेत्रमा भत्काइएको सुकुम्बासी बस्ती क्षेत्रमा सङ्ला इट्टा, कवाड तथा फलाम बटुल्दै कवाड व्यवसायीहरु सक्रिय देखिएका हुन् ।
मातृभाषा राष्ट्रिय सेवा पुरस्कारबाट प्राध्यापक तुलाधर सम्मानित
मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८२ बाट नेपाल भाषा साहित्यका इतिहासकार तथा समालोचक प्राध्यापक प्रेमशान्ति तुलाधर सम्मानित हुनुभएको छ ।
नेफिनले बुझायो दलका नेताहरुलाई अडानपत्र
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले आदिबासी जनजातीहरुको अधिकार र राज्यका निकायमा समान सहभागिता सुनिश्चित गर्न सहयोगका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई १८ बुँदे अडानपत्र बुझाएको छ।
बेवारिसे शवको दुई दिनपछि सनाखत
सर्लाहीको गोडैता नगरपालिका –६, बगदहस्थित चिनी मिलनजिकै जलकुम्भी घारीमा फेला परेको शव बेवारिसे शवको दुई दिनपछि मङ्गलबार पहिचान खुलेको छ ।