नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा विलम्ब
बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्धारित समयमा सञ्चालन नहुने भएको छ । पुसदेखि सञ्चालन गरिने भनिएको सो सुरुङमार्गको पश्चिमी ‘पोर्टल’ को काम अझै सुरु हुन सकेको छैन । पहिरो गइरहने पश्चिमी ‘पोर्टल’ निर्माणका लागि अझसम्म डिजाइन स्वीकृत हुन सकेको छैन । त्यसै गरी सुरुङमार्ग सञ्चालनका लागि अझै सेवाप्रदायक कम्पनी छनोट हुन सकेको छैन ।
स्वास्थ्य बिमामा दीर्घरोगी आकर्षित
स्वास्थ्य बिमामा दीर्घरोगीको मात्र आकर्षण बढेको छ । स्वस्थ व्यक्तिले सकभर स्वास्थ्य बिमा नगर्ने, बिमा गरिहालेको अवस्थामा नवीकरण गर्न रुचि नदेखाउने गरेका छन् । मानिसलाई जब दीर्घरोगले समात्छ, अनि स्वास्थ्य बिमा गर्न उत्साही हुने गरेका छन् । यो गलत प्रवृत्तिका कारण स्वास्थ्य बिमा बोर्ड कमजोर बन्दै गएको छ ।
समानुपातिकतर्फको बन्दसूची भोलिसम्म
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पुस १३ (आज) र १४ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि उम्मेदवारको बन्दसूची पेस गर्दै छन् । आयोगको निर्वाचन कार्यक्रमबमोजिम दलले उम्मेदवारको बन्दसूची पेस गर्न लागेका हुन् ।
ऐन कागजमा, अस्वस्थ मासु भागमा
नयाँ चोक, नयाँ सडक र नयाँ बस्ती देखिनेबित्तिकै किराना र मासु पसल खुलिहाल्छन् । मासु पसल खोल्न केही थान औजार, एउटा बोर्ड र मासु काट्ने अचानो भए पुग्छ । नेपालमा मापदण्ड नै नपुगेका हजारौँ मासु पसल सञ्चालनमा छन् । उनीहरूले न्यूनतम मापदण्डसमेत पूरा गरेका हुँदैनन् । त्यस्ता पसलबाट अस्वस्थ्य मासु उपभोक्ताले भोजन गरिरहेका हुन्छन् ।
मितेरी पुल पुनर्निर्माणपछि रसुवागढी नाका खुल्दै
गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका –२ रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्र भएसँगै नेपाल–चीन सीमावर्ती रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ ।
नेताहरुमाथिको स्थान हद हटाउनु स्वागतयोग्य : नेता बस्नेत
नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाउने सरकारको संकेतलाई सकारात्मक र स्वागतयोग्य भन्नुभएको छ ।
‘महासंघको संस्थापक अध्यक्षको इतिहास स्थापित गराउन लाग्छु’
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चरम राजनीतिक प्रभावका कारण नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताउनुभएको छ । सत्य र तथ्य सूचना सम्प्रेशन गर्नुपर्ने पत्रकारहरुकै इतिहास मेटिनु गलत भएको बताउँदै उहाँले संस्थापक अध्यक्षको इतिहास स्थापित गराउनमा आफूले पनि भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभएको छ ।
कलाकार टोली बने सत्यनारायण बहादुर स्मृति फुटसल च्याम्पियन
ललितपुर महानगरपालका वडा १६ कलाकार समितिले शनिबार राष्ट्रिय फोटो पत्रकार समूहलाई पेनाल्टी सुटआउटमा ३–२ ले तेस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ ।
स्वास्थ्य शिविरमा ६ सयभन्दा बढीले लिए सेवा
नेपाली सेनाले सल्यानको कुमाख गाउँपालिका –५, तिमिलकाँडा–नेटामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ६ सयले स्वास्थ्य सेवा लिएका छन् ।
गोरखापत्र सहकारीको १९ औं साधारणसभा सम्पन्न
गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा शनिबार यहाँ सम्पन्न भएको छ । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले कार्यक्रमको उदघाटन गर्नुभयो ।
सिराहा र धनुषा जोड्ने कमला पुल यसै वर्ष तयार हुने
ठेक्का सम्झौता भएको १४ वर्ष वित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ ।
वर्षभन्दा दिन लामो रहस्यमयी उल्टो ग्रह शुक्र
सौर्यमण्डलमा अवस्थित आठ वटा ग्रहको आफ्नै विशेष प्रकारको आकृति संरचना एवं विशिष्टता रहेको छ । यी आठ वटा ग्रहमध्ये पनि सूर्यबाट दुरीका आधारमा दोस्रो ग्रह शुक्र अत्यधिक रहस्यमय एवं अन्य ग्रहको प्रकृतिभन्दा निकै पृथक् रहेको पाइन्छ ।
सेतो लुगा (कथा)
ऊ घरतिर छिर्दै थियो । आँखा जुधे । झस्किएको हो कि जस्तो लाग्यो । ऊ अडिएन, भित्र पस्यो । म हिँड्दै थिएँ बाटैबाटो । उसको घरअघि ऊ भित्र छिर्दै गर्दा जम्काभेट भएको थियो । आँखाको जम्काभेट भनौँ । टक्क अडिएर, रोकिएर होइन ।
जीवनबोध छर्दै छु दुप्चेश्वरको पहरोमा !!
पहराको साँघुरो मार्गमा तीर्थालु भेषमा उभिएकी छु । २०८२ को पुस जन्मिएको जम्मा पाँच दिन भएको छ । पुसले आफ्नो असली रूप र रङ देखाउन आरम्भ गरेको छ । स्रष्टा पदयात्राको १०१ औँ यात्रामा सहभागी हुन आएकी छु, नुवाकोटको पशुपतिनाथ अर्थात् दुप्चेश्वर महादेव तीर्थ ।
शीतलहरबाट जोगिन सचेतना जरुरी
देशव्यापी चिसो बढेसँगै तराई भूभागमा केही दिनयता लगातार शीतलहर चलिरहेकाले आमनागरिकको जीवन सहज बनाउने भूमिका निर्वाह गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै निकायमा अपिल गरेको छ ।
साँगा–धुलिखेल सडकको म्याद थप
अरनिको राजमार्गको विस्ताराधीन सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत साँगा–धुलिखेल खण्डको काम निर्धारित समयभित्र नसकिएपछि एक वर्ष म्याद थपिएको छ ।
छाक टार्न राप्ती बगरमै सङ्घर्ष
हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको राईगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुमवासी बस्तीमा बस्न बाध्य हुनुभयो । विस्थापित भएर हेटौँडा आएको ३० वर्ष बितिसक्दा पनि उहाँको जीवन सङ्घर्ष उस्तै छ ।
पत्रकार भोजराज थापा ‘राप्ती पत्रकारिता पुरस्कार- २०८२’ बाट सम्मानित
राप्ती समाज काठमाडौँको आयोजनामा सम्पन्न ९ औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड समारोहमा पत्रकार भोजराज थापालाई राप्ती पत्रकारिता पुरस्कार - २०८२ प्रदान गरी सम्मान गरिएको छ। उक्त अवार्ड समारोह २०८२ साल पौष ११ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डपको सभाहलमा भव्य रूपमा सम्पन्न भएको हो।
हरेक निर्वाचन क्षेत्रमा बहुवर्षीय आयोजना
कर्णाली प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एउटा बहुवर्षीय आयोजना कार्यान्वयन गर्न लागेको छ । आवश्यकताका आधारमा आयोजना छनोट गरेर कार्यान्वयन गर्न लागेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।
घोडाघोडी तालमा राजस्व उठाउने विवाद
जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल क्षेत्रको आम्दानी उठाउने विषयमा विवाद बढ्दै गएको छ । विगतदेखि तालको संरक्षणमा काम गर्दै आएका सामुदायिक वन र सङ्घ संस्थासँग समन्वय नगरेका कारण नगरपालिकाले ठेक्का आह्वान गरेदेखि विवाद बढ्दै गएको हो । घोडाघोडी तालको आम्दानीलाई एकद्वार प्रणालीमा ल्याउन नगरपालिकाले ठेक्का दिएको थियो ।
विपत् उद्धारका लागि विमानस्थलमा पोखरी
कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा सुर्खेत विमानस्थलभित्र मानवीय सहायता तथा विपत् उद्वारका लागि पोखरी निर्माण गर्न लागेको छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेसको हाताभित्र निर्माण हुने पोखरीको शिलान्यास गर्नुभयो । सो पोखरीबाट आगलागीका घटनामा हेलिकोप्टरमार्फत पानी भरेर जङ्गलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने जनाइएको छ ।
चिसोले पहाडमै जमे झरना
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित लुम्बुक झरना चिसोले पहाडमै जमेको छ । समुद्री सतहदेखि ४,५०० मिटर अग्लो विशाल चट्टानको पहाडबाट निरन्तर खस्ने झरना मुस्ताङमा चिसो बढेसँगै अहिले जमेको हो ।
मतदाता नामावलीमा दोहोरियो नाम
बाँकेको फोटोसहितको मतदाता नामावलीमा ९९३ जनाको दोहोरो नाम फेला परेको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको पाइएको हो ।
बालीघरे प्रथामै चित्त बुझाउँदै ठाकुर
भोक्राहानरसिंह गाउँपालिका–७ का ६६ वर्षीय शिवचरण ठाकुरले आफ्नो बाबुबाजेको कपाल काट्ने पुख्र्याैली पेसा धान्दै विगतको जस्तै बालीघरे प्रथाको संस्कृति जोगाउँदै आउनुभएको छ । उहाँले न