बेपत्ता युवकको शव दुई दिनपछि फेला
गत आइतबार कालीगण्डकी नदीमा बेपत्ता भएका युवकको शव फेला परेको छ । पौडी खेल्ने क्रममा रामपुर नगरपालिका–१, टापुधामबाट कालीगण्डकीमा बेपत्ता भएका बेलकोटगढी नगरपालिका –१३, नुवाकोटका २१ वर्षीय मिलन थिङको शव मंगलबार फेला परेको हो ।
सुकुमवासी परिवारलाई झुल वितरण
कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ ।
करेन्ट लागेर बस चालकको मृत्यु
दाङमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७, मलई निवासी बस चालक ४१ वर्षीय पूर्णबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
४२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा ४२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । हिमालयन आँखा अस्पताल पोखरा र धौलागिरी आँखा अस्पताल उपल्लाचौरको प्रावधिकि सहयोगमा शल्यक्रिया गरिएको हो ।
सन्तोषजनक नतिजा नआएपछि आत्महत्या
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले देहत्याग (आत्महत्या) गरेका छन् ।
जलेर घाइते बाबुछोरीको उपचारको क्रममा मृत्यु
जलेर गम्भीर घाइते भएका बाबुछोरीको उपचारको क्रममा ज्यान गएको छ । प्युठान नगरपालिका–९, पाहारपाखाका सानु नेपाली र अन्जली नेपालीको उपचारका क्रममा ज्यान गएको हो ।
चैतन्यले ४५ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने
कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले कक्षा ११ मा ४५ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएपछि मङ्गलबार पत्रकार सम्मेलन गर्दै उक्त विद्यालयले केहीलाई निःशुल्क आवाससहित ४५ जनालाई पूर्ण छात्रवृत्तिमा पठनपाठन गराउने जनाएको हो ।
‘सरकारलाई विज्ञान शब्दसँग किन रिस ?’
स्वतन्त्र सांसद महावीर पुनले नवप्रवर्तन प्राधिकरण गठन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा मंगलबार धारणा राख्दै उहाँले सो माग राख्नुभएको हो ।
हारलाई सङ्कल्पमा बदल्नुपर्छः महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा होइन, सङ्कल्पमा बदल्नुपर्ने बताउनुभएको छ । जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले संगठनले हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
अरुको सुझाव सरकारले सुन्नुपर्छ : सांसद राई
श्रम संस्कृत पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ ले सरकारले दलहरुले दिएको सल्लाहअनुसार नीति तथा कार्यक्रममा सच्याउन सुझाव दिनुभएको छ ।
‘देश खरानी हुँदा पनि नीति तथा कार्यक्रमले बोलेन’
नेकपा (एमाले)का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले देश खरानी हुँदा सरकारको नीति तथा कार्यक्रम मौन रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ।
स्याङ्जाको ६ पालिका पूर्णखोप सुनिश्चित
स्याङ्जाको ६ वटा स्थानीय तहले आफ्नो पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गरेका छन् ।
मर्स्याङ्दी र दोर्दीमा विशेषज्ञ सेवाका लागि सहकार्य
लमजुङका दोर्दी र मर्स्याङ्दी गाउँपालिकाले प्रदेश अस्पताल लमजुङसँगको सहकार्यमा ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराउने भएका छन् ।
धनगढीले गोदावरी नगर प्रमुखलाई क्षतिपूर्ति तिराउने
धनगढी उपमहानगरपालिकाले कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टलाई ३५ हजार रुपियाँ क्षतिपूर्ति तिराउने भएको छ ।
‘राम्चेमा उत्पादित चिज पाउन पालो पर्खनुपर्छ’
अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवाल र राम्चेका यामबहादुर पुर्जाबिच सोमबार एक प्रकारको मोलमोलाइ हुँदै थियो ।
नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैँकबिच अवकाश कोष व्यवस्थापन सम्झौता
नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैँक लिमिटेडबिच बैँकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ ।
बागलुङमा ‘बाहिनीपति ट्रफी’ खेलकुद सुरु
नेपाली सेनाको श्री २३ नम्बर बाहिनी अड्डा बागलुङको आयोजनामा ‘बाहिनीपति ट्रफी’ खेलकुद प्रतियोगिता सुरू भएको छ ।
‘सुशासन समृद्धिको आधारशिला’
प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसद्का माननीय सदस्यहरू, संवत् २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपश्चात् जनताबाट प्राप्त स्पष्ट जनादेशसहित गठन भएको सरकारका तर्फबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु ।
तलब माग्दै चिकित्सक आन्दोलित
महोत्तरीको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा कार्यरत अस्थायी र करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले तलब भत्ता माग गर्दै आन्दोलन गरेका छन् । प्रादेशिक अस्पताल जलेश्वरका अस्थायी र करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरूले तीन महिनादेखि तलब तथा लुगा भत्ता उपलब्ध नगराएपछि आन्दोलन गर्न बाध्य हुनु परेको बताएका छन् ।
ज्याला निर्धारण गर्न हरवाचरवाको माग
हरवाचरवा परिचयपत्र नहुँदा उचित ज्याला, मर्यादित श्रम र सुरक्षासमेत पाउन नसकेको सरोकारवालाले गुनासो गरेका छन् । मुक्त हरवाचरवा अधिकार मञ्चले सोमबार राजविराजमा आयोजना गरेको ‘हरवाचरवा श्रमिकको अवस्था, ज्याला, मर्यादित श्रम र सुरक्षा’ विषयक जिल्लास्तरीय कार्यशाला गोष्ठीमा यस्तो गुनासो गरिएको हो ।
नीलगाईबाट किसान हैरान
सर्लाहीका किसानलाई घोडगधा अर्थात् नीलगाईले असाध्य दुःख दिन थालेका छन् । पछिल्लो समय यहाँको दक्षिणवर्ती क्षेत्रमा अत्यधिक मात्रामा घोडगधा देखा परेको किसानले बताएका छन् । समूहमा देखापर्ने नीलगाईले हरेक अन्नबाली खाएर हैरान पारिरहेको कौडेना गाउँपालिका–३, पर्सा टोलका दीपलाल राय यादवले गुनासो गर्नुभयो ।
बढ्दै मकैको उत्पादन, पानीले बाली भित्र्याउन समस्या
मध्य वैशाखदेखि लगातार परेको वर्षाले गर्दा मोरङका किसानलाई मकै बाली भित्र्याउन समस्या भएको छ । दक्षिणी मोरङका रतुवामाई, सुनबर्सी र रङ्गेली नगरपालिकासँगै कानेपोखरी, धनपालथान, जहदा र कटहरी गाउँपालिकामा मकैको सघन खेती हुने गरेको छ । बिउ, मल र सिँचाइको सन्तुलन मिलाउँदा प्रतिबिघा २५० मनसम्म मकै उत्पादन हुन थालेपछि किसानले गहुँ खेती हटाएर मकै खेती गर्न थालेका छन् । रङ्गेली–४ चोप्राहाका शिवु मण्डलले भन्नुभयो, “बिघामा अढाई सय मनसम्म उत्पादन हुन्छ तर हरेक वर्ष पानीले दुःख दिन्छ । थ्रेसिङ गरेपछि सुकाउने ठाउँ छैन ।
प्रविधिमैत्री शिक्षामा जोड
उदयपुरको रौतामाई गाउँपालिकाले सामुदायिक शिक्षाको गुणस्तर विकासमा जोड दिएको छ । पालिकाले १० बर्खे शैक्षिक योजना तर्जुमा गरी सोही अनुरूप लगानी बढाएर प्रविधिमा आधारित गुणस्तरीय र जीवनपयोगी शिक्षामा जोड दिएको हो ।