मतदाता नामावलीमा दोहोरियो नाम
बाँकेको फोटोसहितको मतदाता नामावलीमा ९९३ जनाको दोहोरो नाम फेला परेको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको पाइएको हो ।
बालीघरे प्रथामै चित्त बुझाउँदै ठाकुर
भोक्राहानरसिंह गाउँपालिका–७ का ६६ वर्षीय शिवचरण ठाकुरले आफ्नो बाबुबाजेको कपाल काट्ने पुख्र्याैली पेसा धान्दै विगतको जस्तै बालीघरे प्रथाको संस्कृति जोगाउँदै आउनुभएको छ । उहाँले न
सभा हल छैन, बनाउन बढेन ठेक्का प्रक्रिया
संसद् अधिवेशन सञ्चालन गर्नका लागि सभा हल नहुँदा बैठक कहाँ कसरी सञ्चालन गर्ने भन्ने विषयमा कोशी प्रदेश सभाको सचिवालय चिन्तामा परेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री
थारू बस्तीमा माघीको चहलपहल
थारू समुदायको महान् पर्व माघ (माघी) नजिकिँदै जाँदा थारू बस्तीमा चहलपहल बढ्न थालेको छ । गाउँदेखि सहरसम्म माघीलाई विशेष र भव्य रूपमा मनाउन थारू सङ्घ संस्थाले तयारी तथा छलफललाई तीव्रता दिएका छन् ।
मुसायरामा गुञ्जिए कविता
बज्म–ए–उर्दु नेपालको आयोजनामा नेपालगन्जमा ‘सहर–ए–सुखन’ को नामबाट भव्य मुसायरा (कवि सम्मेलन) सम्पन्न भएको छ । उर्दु फाउन्डेसन नेपालका अध्यक्ष कपिलवस्तु निवासी चर्चित उर्दुका वरिष्ठ सायर सहर महमुदको सम्मानमा कार्यक्रम आयोजना गरिएको बज्म–ए–उर्दु नेपालका अध्यक्ष सर्वर नेपालीले बताउनुभयो ।
प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने
सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । व्यक्तिको जग्गा प्रसारण लाइनको मार्गाधिकार (राइटअफ वे) मा परेकोभन्दा बढी जग्गासमेत कित्ताकाट रोकिँदा जग्गाधनीको जग्गा बन्धक जस्तै बनेको समस्या यो सुधारले हटाउने भएको छ ।
रासायनिक मल आयातका लागि बिस अर्बको स्रोत सहमति
अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि २० अर्ब रुपियाँको स्रोत सहमति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानबालीका लागि मल खरिद गर्न थप बजेट माग गरेकोमा २० अर्ब ४७ करोड रुपियाँको स्रोत सहमति दिएको हो ।
बढेन कर्णालीको बजेट खर्च
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा पनि बजेट कार्यान्वयनको गति बढाउन सकेको छैन । यस वर्ष पनि विकास बजेट खर्च निराशाजनक नै छ ।
खाजाका होटेल तथा रेस्टुरेन्ट, फास्टफुड मापदण्डविपरीत
उपत्यकामा सञ्चालित अधिकांश साना तथा मझौला खाना, खाजाका होटेल तथा रेस्टुरेन्ट, फास्टफुड, बेकरीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो साता गरेको अनुगमनमा अधिकांशले न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएको हो । विभागले शुक्रबार गरेको अनुगमनमा ललितपुरको जली केक एन्ड पेस्ट्री र जिरी खिम्ती होटेल रेस्टुरेन्ट दर्ता नै नभएको पाइएपछि हरेकलाई १० हजार रुपियाँ जरिबाना गरेको जनाएको छ ।
निर्जीवन बिमा कम्पनीको व्यापार पाँच महिनामा उन्नाइस अर्बभन्दा बढी
अर्थतन्त्रमा देखिएको शिथिलताका बिच निर्जीवन बिमा कम्पनीको व्यापारमा उल्लेख्य विस्तार भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामै कम्पनीको प्रिमियम सङ्कलन १९ अर्ब ५८ करोड रुपियाँ पुगेको छ ।
उच्चस्तरीय राजनीतिक संवादमा सरकार
सरकारले फागनु २१ गतेका लागि तोकेको निर्वाचनका वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संवाद अघि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुक्रबार तीन वटै दलका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ भने आज निर्वाचनको अन्तिम तयारी तथा दलहरूबिचको थप समन्वयका लागि प्रधानमन्त्री कार्कीले बालुवाटारमा शीर्ष नेताहरूसँग छलफल गर्नुहुने छ ।
गृह अन्तर्गतको दरबन्दी स्वीकृत
सरकारले गृह मन्त्रालय अन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ । पुस ११ गते बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
उपचारमा नआउँदा जीवनभर औषधी
बाथरोग लागेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा जीवनभर औषधी सेवन गर्न बाध्य भएका छन् । समयमै उपचार नगर्दा वा लक्षण सहेर बेवास्ता गर्दा उनीहरूले जीवनभर बाथरोगको औषधी सेवन गर्नु परेको हो ।
करारका कर्मचारी हटाउँदा सेवा ठप्प
कतिपय स्थानीय तहले करारमा कार्यरत कर्मचारी हटाउँदा स्थानीय तहको सेवै ठप्प हुन थालेका छन् । स्थानीय तहका भेटरिनरी, कृषि प्राविधिक, इन्जिनियर, एम्बुलेन्स चालक, पालिकास्तरीय अस्पतालका नर्स, ल्याब टेक्निसियनलगायतका कर्मचारी हटाउँदा उक्त निकायबाट प्रदान गरिने सेवै ठप्प भएको हो । सरकारले स्वीकृत दरबन्दीभन्दा बाहिरका करारका कर्मचारी हटाउन तिनै तहका सरकारलाई आग्रह गरेपछि अहिले कतिपय स्थानीय तहमा करारका कर्मचारी हटाउँदा दैनिक अत्यावश्यक सेवा ठप्प भएका हुन् ।
आयोग पदाधिकारीविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
सर्वोच्च अदालतले ‘भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ का पदाधिकारीविरुद्धको रिट खारेज गरेको छ । सर्वोच्चको पूर्ण इजलासले शुक्रबार रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । पूर्ण इजलासले निर्देशनात्मक आदेश लिखित रूपमा भने सार्वजनिक गरेको छैन ।
राज्यको ओतमा ज्येष्ठ नागरिक
‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस शुक्रबार मनाइयो । ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य निधि भएकाले राज्यले हरेक क्षेत्रमा उनीहरूप्रति सम्मानसहित सेवा सुविधा थप्ने प्रयत्न गर्दै आएको छ ।
स्थानीय अर्थतन्त्र सुदृढ बनाउन युवा सहभागिता
स्थानीय अर्थतन्त्रको सशक्तीकरणका लागि युवा सहभागिता अपरिहार्य रहेको बक्ताहरुले बताएका छन् । नेपालगञ्जमा आज आयोजित नीति संवाद तथा कार्यशाला गोष्ठीमा सहभागीले यस्तो बताएका हुन् ।
सूचनामा नागरिकको सहज पहुँच बनाउन आग्रह
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले सार्वजनिक निकायमा रहेको सूचनामा नागरिकको सरल र सहज पहुँच अभिवृद्धि गर्ने कार्यमा तदारुकतासाथ लाग्न सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।
ताप्लेजुङमा करदाता सेवा सुरु
ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने सेवा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट उक्त सेवा सुरु भएको हो ।
सुन्तलाले अड्यायो किसानको मन
‘यत्तिका राम्रो सुन्तला उत्पादन हुँदैनथ्यो भने बसाइ सरिसकेको हुन्थेँ, यसले दिने आम्दानी सम्झेर अडिएको छुँ’ पाँचथरको फाल्गुनन्द –७ का लिलाबल्लभ नेपाल (दुर्गा) ले भन्नुभयो ।
शितलहर र दुर्व्यसनसम्बन्धी कक्षा सञ्चालन
ताप्लेजुङमा सशस्त्र प्रहरीले एक विद्यालयमा शितलहर, हुस्सु र लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन गरेको छ ।
विपद्मा काम गर्ने संस्था सम्मानित
गएको असोज १८ गतेको बाढीपहिरो र विपदपछि उत्पन्न असहज परिस्थितिमा उद्धार र राहतको कार्यमा सहयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाका दश संस्थालाई सम्मान गरेको छ ।
तोरी फुलेर खेत पहेँलपुर
ढकमक्क तोरी फुलेपछि कैलालीको खेतबारी फहेँलपुर बनेको छ । किसानले खेतबारीमा छरेको तोरी यतिबेला प्रायः सबैतिर फुल्दा पहेँलपुर भएको हो ।
सुपर खुदी जलविद्युतको मुख्य सुरुङ छेडियो
लमजुङमा निर्माणाधीन सुपरखुदी जलविद्युत् आयोजनाको मुख्य सुरुङ (ब्रेक थ्रु) छेडिएको छ । मस्र्याङ्दी गाउँपालिका –२ घनपोखरामा निर्माणाधीन २६ मेगावाट क्षमताको यस आयोजनाले ४.३७१ किलोमिटरको मुख्य सुरुङको ब्रेकथ्रु गरेको हो ।