चौथो खुला व्यायाम प्रतियोगिता हुँदैं
नेपालगन्जमा शनिबार चौथो खुला ब्यायाम प्रतियोगिता हुने भएको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्स नेपालगन्जको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका एकसय बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
मधेश प्रदेशको समृद्धि चाहिएको छ : सभामुख यादव
मधेश प्रदेशका सभामुख रामअशिष यादवले मधेश प्रदेश सरकारले प्रदेशमा सुशासनका साथै मधेश प्रदेशको समृद्धि र लोकतन्त्रको मजवुतिका लागि काम गरोस् भने मधेश प्रदेशसभा चाहेको बताउनुभएको छ ।
महाधिवेशनको सन्देश गाउँ पुर्याउँदै एमाले
नेकपा (एमाले) बाँकेले हालै राजधानीमा सम्पन्न महाधिवेशनको सन्देश गाउँ तहसम्म पुर्याउन जिल्लास्तरीय भेला गरिरहेको छ ।
राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताउनुभएको छ ।
दाइजोमुक्त समाज निर्माणका लागि अभियान
समाजमा जकडिएर रहेको दाइजो प्रथा र यसबाट सिर्जित हिंसा अन्त्यका लागि पश्चिम् नवलपरासीका मुस्लिम धर्मगुरु तथा मदरसाका शिक्षकहरूले संगठित अभियान सुरु गरेका छन्। दाइजोविरुद्ध सामूहिक प्रतिबद्धता समेत जनाएका छन्।
साहित्यकार गुरुङको निधन
साहित्यकार भाषाविज्ञ तथा संस्कृतिविद् पैंडी इन्द्रबहादुर गुरुङको ९२ वर्षको उमेरमा निधन भएको छ । लमजुङको क्व्होलासोथार गाउँपालिका–९, गिलुङ निवासी गुरुङको पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार राति निधन भएको हो ।
क्यान्सर पीडित बालकलाई ६५ हजार सहयोग
धनकुटा नगरपालिका –९ घर रहेका मुखको क्यान्सर पीडित आठ वर्षीय अभिषेक श्रेष्ठलाई निर्माण व्यवसायी संघ धनकुटाले आर्थिक सहयोग गरेको छ ।
हिमाली क्षेत्रमा डढेलोको जोखिम
हिमाली क्षेत्रमा हिउँदयाम सुरु भएपछि डढेलोको जोखिम थपिँदै जाने क्रममा मनाङका विभिन्न बस्तीमा वनडढेलोसम्बन्धी एकदिने समुदायस्तरका सचेतना गोष्ठी सम्पन्न गरिएको छ । हालै मनाङका नासोँ र चामे गाउँपालिका क्षेत्रमा आयोजित गोष्ठीमा स्थानीय बासिन्दालाई डढेलोका कारण, प्रकार, सम्भावित जोखिम र नियन्त्रणका उपायबारे विस्तृत जानकारी गराइएको हो ।
कांग्रेसबाट पुरानै अनुहार सिफारिस
प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि रुपन्देहीमा कांग्रेसका पुरानै उम्मेदवार सिफारिसमा परेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि रुपन्देहीबाट गरेको सिफारिसमा अधिकांश पुरानै उम्मेदवारको नाम सिफारिसमा परेको हो ।
साक्षर प्रदेश घोषणा गरिँदै
लुम्बिनी प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणा गरिने भएको छ । साक्षर प्रदेश घोषणाका लागि मापदण्ड पूरा गरेपछि यही पुस १३ गते प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणा गरिने भएको हो ।
स्वास्थ्य सेवा निःशुल्क बनाइने
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले नागरिकको स्वास्थ्य सेवा निःशुल्क बनाउनुपर्ने बताउनुभएको छ ।
जन्मसँगै सिकलसेल परीक्षण
भेरी अस्पताल नेपालगन्जमा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । यसले समयमै समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने छ । अस्पतालका चिकित्सकसमेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले रोग नै पत्ता नलागेर बर्सौंसम्म मानिसले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या छ/छैन यकिन गर्न सकिने जानकारी दिनुभयो ।
युवाको सक्रियतामा राष्ट्रिय झन्डा
स्थानीय युवाले धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारआसपासका क्षेत्रमा नेपाली राष्ट्रिय झन्डा स्थापना गरी निकै सुन्दर बनाएका छन् । परिवर्तनका लागि युवा नामक
लोप हुने अवस्थामा हात्तीपोलो
नेपालको मौलिक पहिचान बनेको हात्तीपोलो खेल लोप हुने अवस्थामा पुगेको छ । पर्यटकीय नगरी सौराहामा शुक्रबारबाट सुरु हुन लागेको हात्ती महोत्सवको तयारी अन्तिम चरणमा पुगेका बेला विश्वमै निकै महìवपूर्ण मानिएको हात्तीपोलो खेल लोप हुने चिन्ता व्यक्त गरिएको हो ।
गाउँबस्तीमा चुनावी चहलपहल
सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेपछि यहाँका गाउँबस्तीमा चुनावी चहलपहल बढेको छ । उम्मेदवारको सिफारिसदेखि लिएर नेताहरूले जनतासँग भेटघाट पनि सुरु गरिसकेका छन् ।
अधुरै रह्यो सभागृह
कोशी प्रदेशकै उत्कृष्ट र नमुना बनाउने उद्देश्यले आठ वर्षअघि निर्माण सुरु भएको उदयपुरको सदरमुकाम गाईघाटस्थित ‘मदन भण्डारी सभागृह’ अझै सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासु
मापदण्डविपरीत बालगृह
कर्णालीमा दर्जनभन्दा बढी बालगृह सञ्चालनमा छन् । ती बालगृहले कानुनी मापदण्ड पूरा गरेका छैनन् । प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका बालगृहमा हजारौँ बालबालिका आश्रित छन् ।
उपचारका लागि अपिल
जुम्लाको गुठीचौर गाउँपालिका–१ की दुर्गा बस्नेत गम्भीर स्वास्थ्य समस्याबाट पीडित हुनुभएको छ । उपचारका लागि आवश्यक आर्थिक स्रोत अभाव हुँदा उहाँको उपचारमा समस्या उत्पन्न भएको छ । केही समयदेखि दुर्गाको शरीरका विभिन्न भागमा गम्भीर सङ्क्रमण देखिएको छ ।
चार महिनाका बालकको पाँच किलोको टाउको, आर्थिक अभावले भएन उपचार
जन्मँदै पाँच किलोको टाउको भएका यहाँका एक बालकको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन । शल्यक्रिया गरेर जन्मेका बालकलाई थप उपचारका लागि चिकित्सकले रेफर गरे पनि गरिबीका कारण बालकका आ
नेपाल–भारत जोड्ने पुल सञ्चालनको अन्तिम तयारी
दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने मोटरेबल पुल सञ्चालनको अन्तिम तयारी थालिएको छ । नेपालको महाकाली नगरपालिका–८, असिगडा र भारतको धारचुला तहसिल अन्तर्गत पर्ने छारछुम क्षेत्रमा निर्माण गरिएको ११० मिटर लम्बाइ भएको दुई लेनको सो मोटरेबल पुल सञ्चालनको अन्तिम तयारी भइरहेको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिनुभयो ।
थारू समुदायबाट पहिलो महिला पाइलट
कैलालीको धनगढी उपमहागरपालिका–१३, कैलाली गाउँका मानबहादुर चौधरीको खेत धनगढी विमानस्थल नजिकै छ । उहाँको खेतमाथिबाट दैनिक हवाईजहाज ओहोरदोहोर गरिरहन्छ । खेतमा काम गर्न जाँदा सधैँ जहाज उडेको हेरिरहने उहाँकी साइँली छोरी टीकाले एक दिन प्रस्ताव राख्नुभयो, “बाबा, म पनि जहाज उडाउने पाइलट बन्छु ।”
प्राथमिकतामा युवा उम्मेदवार
नेपाली कांग्रेस रौतहटले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ युवा उम्मेदवारका रूपमा नितेशकुमार गुप्ताको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस मधेश प्र
जङ्गली हात्तीको आतङ्क
उदयपुरमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । राति राति गाउँमा आउने र दिउँसो जङ्गलमा लुक्ने गरेको हात्तीको समूहले स्थानीयका दर्जनभन्दा बढी घर भत्काउने, अन्न खाइदिने र फलपूmल नष्ट पारिदिने गरेको हात्तीपीडितको भनाइ छ । छ वटा समूहमा रहेका र फरक फरक ठाउँबाट गाउँ पसेका हात्तीले त्रियुगा नगरपालिका–५, बेलचौरी; वडा नं. ६ को मोहनपुर तथा ७ को चकलघाट क्षेत्रमा ठुलो नो
‘लेखिनु पर्छ भोगाइका कथा’
प्रधानमन्त्री सुशीला कार्कीले सरकारले जति काम गरे पनि बाहिरबाट आलोचना मात्रै हुने गरेको बताउनुभएको छ ।