अन्नपूर्णको फेदीमा नयाँ हिमताल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा नयाँ हिमताल देखिन थालेका छन् ।
खाद्य पसलमा म्याद नाघेका वस्तु
बैतडीका खाद्य पसलमा म्याद नाघेका वस्तु भेटिएका छन् भने नास्ता तथा मिठाई पसलमा प्रयोग हुने खाद्य तेल पटक पटक तताएर परिकार पकाउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने तत्व भेटिएको छ । त्यस्ता खाद्य वस्तुको नमुना सङ्कलन गरेर प्रयोशालामा परीक्षण गर्दा चार वटा वस्तुमा गम्भीर समस्या फेला परेको हो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमन गर्दा चालु आर्थिक वर्षमा मात्रै दुई लाख ५० हजार रुपियाँभन्दा बढी मूल्यको म्याद नाघेका खाद्य वस्तु फेला पारेर नस्ट गरेको छ ।
‘सरकारले जनताको पक्षमा काम गर्नु पर्छ’
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गर्ने कामका आधारमा कांग्रेसले संसद्मा समर्थन वा विरोध गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशको आयोजनामा सोमबारदेखि सुर्खेतमा सुरु भएको जरा अभियानको उद्घाटन गर्दै सभापति थापाले यस्तो बताउनुभएको छ । उहाँले भन्नुभयो, “वर्तमान सरकारले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गराउन राष्ट्रिय हित र जनताका पक्षमा काम गर्नु पर्छ तर वर्तमान सरकारको ध्यान राष्ट्रिय हित, जनताका पक्षमा र सुशासन कायम गराउनभन्दा डोजर लगाएर जनतालाई विचल्ली पार्नमा केन्द्रित भएको छ ।”
खुलालु–हिल्सा सडक आयोजना : स्रोत सहमति गर्न सिफारिस
राष्ट्रिय योजना आयोगले कर्णाली कोरिडोर अन्तर्गत दुई वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ । आयोगले खुलालु–सल्लिसल्ला–हिल्सा सडक र उत्तरी खण्डको हिल्सा–सिमकोट सडकका लागि स्रोत सहमति गर्न सिफारिस गरेको हो ।
डेढ महिनामा झन्डै सतासी हजार कारबाहीमा
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले डेढ महिनामा ८६ हजार ७०२ सवारीचालकलाई कारबाही गरेको छ । १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेका चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छ महिना निलम्बन गर्न यातायात कार्यालयमा पठाएको छ । लापर्बाहीपूर्ण सवारी चलाउनेमध्ये ३१ जनाको लाइसेन्स निलम्बनका लागि पठाइएको कार्यालयले जनाएको छ ।
मूल्यवृद्धि देखाउँदै आयोजनामा ढिलासुस्ती
अरनिको राजमार्ग अन्तर्गत विस्तार भइरहेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाको काममा सुस्तता आएको छ । छ लेनमा विस्तार भइरहेको सो सडकखण्ड मूल्यवृद्धिको कारण देखाउँदै निर्माण व्यवसायीले ढिलाइ गरेका हुन् । निर्माण व्यवसायीले मध्यपूर्वको द्वन्द्वका कारण बिटुमिन (अलकत्रा) तथा निर्माण सामग्री, पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको देखाउँदै सडकका काममा ढिलासुस्ती गरेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाले जनाएको छ ।
सभामुखको निर्वाचन शीघ्र गर्न माग
बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले कृषि क्षेत्रमा देखिएको मल तथा बिउबिजन अभावप्रति चासो व्यक्त गर्दै प्रदेश सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ । समितिको वैशाख २५ गते बसेको बैठकले किसानले भोगिरहेको समस्या समाधानमा सरकारको सक्रियता अपरिहार्य रहेको निष्कर्ष निकालेको हो । समितिका निर्णय सार्वजनिक गर्दै प्रदेश सभा सचिवालयका प्रवक्ता तथा उपसचिव प्रकाश चापागाईंले सरकार र राजनीतिक दल दुवैले संवेदनशील विषयमा शीघ्र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
शीतभण्डार सञ्चालनमा नआउँदा किसान निराश
सिन्धुलीका विभिन्न स्थानमा निर्माण गरिएका शीतभण्डार प्रयोगमा नआई बेवारिसे बन्न पुगेका छन् । बागमती प्रदेश सरकार तथा अन्य दातृ निकायबाट सहयोगमा निर्माण गरिएका शीतभण्डार उपकरण, प्राविधिक ज्ञान, व्यवस्थापनको अभाव र ठेकेदारले हस्तान्तरण नगर्दा प्रयोगमा नआई बेवारिसे बन्न पुगेको स्थानीय बताउँछन् । फिक्कल गाउँपालिका–१, दमार; सुनकोशी गाउँपालिका–१, रामटार; कमलामाई नगरपालिका–४, दोभानटार र गोलन्जोर गाउँपालिका–६, नाकाझोलीमा निर्माण गरिएका शीतभण्डार बर्सौंदेखि प्रयोगमा आउन सकेका छैनन् ।
दार्चुला–तिङ्कर सडक : पर्याप्त बजेट विनियोजन गर्न माग
सडक सञ्जालको पहुँचबाट टाढा रहेका दार्चुलावासीले त्रिदेशीय नाकाका रूपमा रहेको सामरिक महìवको दार्चुला–तिङ्कर सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन् । खास गरेर सीमावर्ती व्यास गाउँपालिकाका नागरिकले सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर निर्माणलाई पूर्णता दिनुपर्ने माग गरेका हुन् । सडक निर्माण सुरु गरिएको १८ वर्ष बितिसक्दा पनि बजेट अभावकै कारण निर्माण कार्यले गति लिन सकेको छैन ।
छयान्नब्बे परिवारलाई लालपुर्जा
कञ्चनपुरमा ९६ परिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति कञ्चनपुरले चार हजार ९८५ लगत सङ्कलन गरिएकोमा आयोग विगठन हुनुपूर्व ९६ परिवारलाई पुर्जा वितरण गरिएको जनाएको हो । भूमि समस्या समाधान आयोग जिल्ला समितिका अनुसार सबैभन्दा बढी बेदकोट नगरपालिकामा ९१ पुर्जा वितरण गरिएको छ । सो कार्यालयका प्रमुख नेत्रप्रकाश पन्तले
मनाइँदै शताब्दीपुरुष जोशीको जन्मजयन्ती
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६ औँ जन्मजयन्तीका अवसरमा नेपाल भाषा साहित्य दबू, हलिं नेवा : दबू साहित्यिक कव : ले ‘नेपाल भाषामा सत्यमोहन जोशीको साहित्यिक योगदान’ विषयमा चर्चा गरी मनाइँदै छ ।
आर्थिक वृद्धिदर औसत सात प्रतिशत
सुशासन र नीतिगत सुधारमा केन्द्रित रहँदै सरकारले नयाँ चरणको आर्थिक सुधार शृङ्खलालाई प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
‘रोजगार प्रवर्धन दशक’ घोषणा
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मलाई ‘रोजगार प्रवर्धन दशक’ का रूपमा घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गर्नुभएको आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रममा सो घोषणा गर्नुुभएको हो ।
कृषिमा ‘प्याकेजमा आधारित उत्पादन प्रणाली’ अवलम्बन गरिने
सरकारले उत्पादन वृद्धि, लागत न्यूनीकरण, आयात प्रतिस्थापन र खाद्यान्न आत्मनिर्भरतालाई नीतिगत सुधार गर्न ‘प्याकेजमा आधारित उत्पादन प्रणाली’ कार्यक्रम घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सो घोषणा गरिएको हो ।
रेमिट्यान्स उनन्चालिस प्रतिशतले वृद्धि
नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा १६ खर्ब ५९ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको हो ।
राष्ट्रिय सुरक्षामा उच्च प्राथमिकता
सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा राष्ट्रिय सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय हित संरक्षणका लागि राष्ट्रिय सुरक्षासम्बन्धी नीति तथा कानुनलाई समयसापेक्ष परिमार्जन गरिने उल्लेख गरिएको हो ।
एसइई नतिजा ६५.९८ प्रतिशत उत्तीर्ण
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा गत वर्षको भन्दा सुधार आएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार यस पटक नियमिततर्फ ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
बजेट अधिवेशन सुरु
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि प्रारम्भ भएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो । आह्वान अनुसार दुवै सदनको अधिवेशन बैठक प्रारम्भ भएको छ ।
राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना
‘डिजिटल सुशासन ब्लुप्रिन्ट’ अनुरूप सरकारले राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्दै जी–क्लाउड र डाटा नीति कार्यान्वयनका लागि केन्द्रीय समन्वय प्रणाली विकास गर्ने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक संवादका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा सोमबार पेस भएको नीति तथा कार्यक्रममा संविधान संशोधनको बहसपत्र राजनीतिक सहमतिमा तयार पार्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा अहिले बहसपत्र तयारीका लागि दलका प्रतिनिधिसमेत रहेको कार्यदलले निरन्तर गृहकार्य गरिरहेको छ ।
सुशासनकेन्द्रित काम गर्न सुझाव
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सरकारको कामकारबाही सुशासनकेन्द्रित हुनुपर्ने जिकिर गरेका छन् । उनीहरूले जनताको अपार भरोसा पाएको सरकारले जनआकाङ्क्षा पूरा गर्न सचेत भएर अगाडि बढ्नुपर्ने पनि बताएका छन् ।
रोकियो कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय
सर्वोच्च अदालतले निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय तत्काल यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासको बहुमतको रायले सङ्गठन खारेजको निर्णय तत्काल रोकिएको हो ।
कर्मचारी राजनीतिमा लागे बर्खास्त
सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने भन्ने उल्लेख गरिएको छ ।
‘बजेटमा रूपान्तरित हुनु पर्छ’
सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आर्थिक सुधार र वृद्धि, सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रस्ट अवधारणासहितको नीति सार्वजनिक गरेको छ । अर्थतन्त्रका विज्ञ एवं जेनजी अभियन्ताले सरकारको नीति तथा कार्यक्रममा सुधारको महìवपूर्ण कार्यक्रम समेटिएकाले कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर एवं अर्थविद् डा. चिरञ्जीवी नेपाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थविद् डा. गोविन्दराज पोखरेलले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनले यसको मापन हुने प्रस्ट पार्नुभयो । त्यसै गरी जेनजी आन्दोलनका घाइते लीजा अधिकारी र जेनजी अभियन्ता एवं इन्जिनियरिङका विद्यार्थी प्रवीणकुमार यादवले सरकारको नीति तथा कार्यक्रम समयानुकूल आएको बताउनुभयो ।