बागमती प्रदेश सरकारको खर्च ९.८५ प्रतिशत मात्रै
बागमती प्रदेश सरकारको बजेट खर्चको अवस्था कमजोर देखिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ विनियोजन गरिएको छ ।
वैदेशिक रोजगारीमा ठगी रोक्न नयाँ कार्यक्रम
सरकारले वैदेशिक रोजगारीमा हुने ठगीलाई नियन्त्रण गर्न ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफूमातहतका विभाग, देशभरका ७५३ पालिकामा रहेका रोजगार केन्द्रमार्फत ‘हेल्प अस टु हेल्प यु’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । ‘हेल्प अस टु हेल्प यु’ ‘१० प्रश्न’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले खोजेका प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।
पूर्वप्रशासकद्वय कार्कीलाई धरौटी सुविधा
नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आर्थिक हिनामिनाको अभियोग लागेका नेपाल सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई जिल्ला अदालत काठमाडौँले धरौटी सुविधा दिएको छ ।
सहकार्यमा बनेका नमुना वाटिका
सभ्यता, विकास, धार्मिक एवं सांस्कृतिक पक्षसँग अन्योन्याश्रित सम्बन्ध रहेको बागमती नदीका किनारको सौन्दर्यीकरणमार्फत आकर्षक र हराभरा बनाइएको छ । समुदायसँग सहकार्य गरेर बागमती किनारका खाली जमिन सदुपयोग गरेर उपयोगमा ल्याउँदा काठमाडौँ र ललितपुरका कैयौँ नागरिक लाभान्वित भएका छन् ।
निर्वाचन निर्देशिका तथा कार्यविधिको तयारी तीव्र
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यविधि तथा निर्देशिका तयार गर्ने कार्यलाई तीव्रता दिएको छ । प्रतिनिधि सभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि नआउँदा रोकिएका तीन वटा निर्देशिकाको मसौदा तयार भइरहेको आयोगले जनाएको छ ।
सम्पदा संरक्षण गर्ने नीतिगत प्रयास
सर्वोच्च शिखर सगरमाथाको देश नेपाल तर सरकारसँग यसको दीर्घकालीन संरक्षण गर्न सघाउने कुनै छुट्टै नीतिगत व्यवस्था हालसम्म छैन । पछिल्लो समय हिमाल र पर्वतको संरक्षण अवधारणामा नेपालले नेतृत्व गर्दै गर्दा त्यसलाई अघि बढाउने हिमालसम्बन्धी नीतिगत दस्ताबेज आफैँसँग नहुँदा अप्ठ्यारो भोग्नु परेको अनुभव सरकारसँग छ । त्यही अभाव पूर्ति गर्न वन तथा वातावरण मन्त्रालयले विभिन्न मन्त्रालयसँगको सहकार्यमा नेपालको हिमाल रणनीति बनाउन लागेको छ ।
कर्मचारी सेवक बने सुशासन
सरकारको नीति, योजना र बजेट कार्यान्वयन गर्ने कर्मचारीले शासक नभई सेवकको भावनाले काम गरे मात्र सुशासन कायम हुन्छ । अहिले कतिपय कार्यालयमा सेवा लिन जाने क्रममा कर्मचारीले शासकको व्यवहार प्रस्तुत गर्दा प्रभावकारी सेवा पाउनबाट सेवाग्राही वञ्चित भएको र त्यसको असर सरकारमा पर्दै आएको छ ।
बुढीगण्डकीमा दुई जलबिद्युत आयोजना निर्माण हुँदै
गोरखाको बुढीगण्डकी नदीमा थप दुई ठुला जलबिद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले बुढीगण्डकी ‘क’ र बुढी गण्डकी ‘ख’ नामक दुई आयोजना बिकास गर्न लागेको हो ।
घोडाघोडी क्याम्पस अध्यक्षमा न्यूरे
कैलालीको घोडाघोडी नगरपालिका –१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षमा लक्ष्मण न्यूरे बिजयी हुनुभएको छ ।
जाडो छल्न दाउरा वितरण गर्दै वन कार्यालय
शीतलहरको कारण विगत केही दिनदेखि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले निःशुल्क दाउरा वितरण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
तीन जिल्लाका सुरक्षा प्रमुख रिडीमा
जिल्लामा शान्ति सुरक्षा र अपराधका घटनालाई न्यूनीकरण गर्नका लागि अन्तर जिल्लास्तरीय सुरक्षा समन्वय बैठक रिडीमा भएको छ ।
पालिकामै पहिलो पटक पानी परीक्षण हुँदै
दिगो विकासको लक्ष्य समेत रहेको स्वच्छ पानीको लागि सल्यानका पालिकाले निःशुल्क खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन गर्ने भएका छन् ।
दुर्घटनामा चालकको मृत्यु
सर्लाहीको बलरा नगरपालिका –१०, सुदामा ब्यारेजमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मुस्ताङ भन्सारबाट उठ्यो ५ अर्ब राजस्व
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ब्यावसायिक रुपमा सञ्चालनमा आएको पाँच महिना नपुग्दै ५ अर्बभन्दा बढी राजस्व संंकलन गरेको छ ।
सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द हटाइँदै
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका अस्वाभाविक शब्दहरु हटाउने र मेटाउने अभियान सञ्चालन गरेको छ ।
जेनजी सहिद परिवारलाई रोजगारी दिइने
जेनजी पुस्ताको आन्दोलनमा सहिद हुनुभएका बैतडीका दीपकसिंह साउदको घरमा प्रमुख जिल्ला अधिकारीसहितको सरकारी टोली पुगेको छ ।
फिदिममा चासोक मेला
पाँचथरको फिदिममा चासोक मेला सुरु भएको छ । मौलिक संस्कार र सस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रत्येक वर्ष उधौली पर्वको सन्दर्भ पारेर लगाइने यो मेला विहीबारदेखि फिदिम ४ गडी क्षेत्रमा शुरु भएको हो ।
नवलपरासीमा धान उत्पादनमा वृद्धि
पश्चिम नवलपरासीमा यस वर्ष धान उत्पादन सामान्य मात्र वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र परासीले दिएको जानकारी अनुसार यस वर्ष जिल्लामा ०.४ प्रतिशतले मात्र धान उत्पादन वृद्धि भएको छ । गत वर्ष ९५ हजार ५९ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ९५ हजार ४३६ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उमाशङ्कर पौडेलले जानकारी दिनुभयो ।
सत्यनारायणबहादुर श्रेष्ठ सम्मान कर्माचार्य र अधिकारीलाई
पत्रकारिता क्षेत्रमा योगदान गरेका पत्रकारद्वय प्रकृति अधिकारी र रामकृष्ण कर्माचार्य सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार र सम्मानबाट सम्मानित हुनुहुने भएको छ ।
घरको रेलिङबाट खसेर बालकको मृत्यु
झापाको बिर्तामोडमा घरको रेलिङबाट खसेर एक बालकको मृत्यु भएको छ । एक साताअघि रेलिङबाट लडेर घाइते भएका बिर्तामोड वडा ४ आगमन टोल बस्ने रामकुमार कार्कीका छोरा ६ वर्षीय रियान्स कार्कीको उपचारका क्रममा हिजो साँझ (बुधवार राति) मृत्यु भएको हो ।
जङ्गली जनावरको आक्रमणबाट एकको मृत्यु
जिल्लाको विजयनगर गाउँपालिकाको डेडुवा जोतस्थित भारततर्फको जङ्गलमा जङ्गली जनावरको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
छोराछोरी बिद्यालय पठाएर आमाहरु सिलाइकटाइमा
मदाने गाउँपालिका –३ सिर्सेनीकी मिना अर्यालले छोराछोरी बिद्यालय पठाएपछि ११ बजे गुल्मी उद्योग बाणिज्य संघको हलमा सिलाइकटाइ सिक्न आउनुहुन्छ ।
दुई दिनदेखि आवत–जावत ठप्प
हुम्लाको सदरमुकाम सिमकोट नजिकैको सडकमा ट्रक फसेपछि आवत–जावतमा समस्या भएको छ । जिल्लाको सदरमुकाम सिमकोटको मानसरोबर विद्यालय नजिकै लु.प्रं.०१.००१ ख ०६४७ नम्बरको ट्रक फसेपछि आवत–जावतमा समस्या भएको हो ।
महत्व बढ्दै शालिग्राम सङ्ग्रहालयको
भारतको उत्तरप्रदेश पर्यटन विभागका सहनिर्देशक दीपक कुमारले बागलुङ नगरपालिका–४, कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालय घुमेपछि आफ्नो क्षेत्रका पर्यटकलाई पठाउने बताउनुभयो । घरमा एक/दुई शालिग्राम पुज्ने गर्नुभएका कुमार एक लाख १५ हजारभन्दा बढी शालिग्राम देखेपछि दङ्ग पर्नुभयो ।