कार्यान्वयनमा गयो बुढीगण्डकी जलविद्युत् आयोजना
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको ‘लगानीको मोडालिटी’ स्वीकृति प्रमाणीकरण गरेसँगै आयोजना निर्माणका थप कार्य अगाडि बढाइएको छ ।
लुम्बिनीको बजेट खर्च निराशाजनक
लुम्बिनी प्रदेश सरकारको बजेट खर्च कछुवा गतिमा भइरहेको छ । आर्थिक वर्ष २०८२/८३ सुरु भएको फागुनसम्मको आठ महिनाको अवधिमा प्रदेश सरकारले २७.६३ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारलाई अब चार महिनामा करिब ७२ प्रतिशतभन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ ।
युद्धको प्रभाव रासायनिक मलमा, आपूर्ति असहज हुन सक्ने
बजारमा रासायनिक मलको आपूर्तिमा असहज हुने देखिएको छ । पश्चिम एसियामा भएको युद्धको प्रभावले रासायनिक मलको उत्पादनमा असर पर्दा आपूर्तिमा समस्या देखिने भएको हो । कच्चा तेलको मूल्य बढ्दा रासायनिक मल उत्पादनमा ह्रास आएको छ । कच्चा तेलको मूल्य बढ्दा रासायनिक मलको समेत मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ९८ अमेरिकी डलर पुगेको छ ।
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐतिहासिक रूपमा सफल रहेको उल्लेख गर्दै यसले नयाँ मानक स्थापित गरेको बताउनुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले यस पटकको निर्वाचन शान्तिपूर्ण र पुनः मतदानको आवश्यकता नपर्ने गरी सम्पन्न भएको जनाउनुभयो । सामूहिक नेतृत्व प्रणाली र सरोकारवालाबिचको सशक्त समन्वयले सकारात्मक परिणाम ल्याएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यही अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
अठार जनाले मातृभाषामा शपथ लिने
प्रतिनिधि सभाका नवनिर्वाचित २७५ मध्ये १८ जना सदस्यले मातृभाषामा शपथ लिने सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएका छन् । सोमबार बेलुकी ५ बजेसम्म १८ जना सदस्यले मातृभाषामा शपथ लिने जानकारी गराउँदै शपथको बेहोरा अनुवाद गरी सचिवालयमा बुझाएका छन् ।
१५ औँ महाधिवेशनबारे छलफल गर्दै कांग्रेस
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने भएको छ । उपसभापति पुष्पा भुसालका अनुसार कांग्रेसको १५ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हो । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने छ ।
कार्यान्वयनमा सरोकारवाला आश्वस्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मार्फत करिब दुई तिहाइ सिट जितेपछि शक्तिशाली सरकार गठनको अन्तिम तयारीमा छ । सरकार गठनको तयारीमा लाग्दै गर्दा उक्त पार्टीले निर्वाचनको पूर्वसन्ध्यामा व्यक्त गरेको वाचापत्रको कार्यान्वयन कसरी हुन्छ भन्ने विषयमा पनि चासो बढ्न थालेको छ । विशेष गरी सरकारी बजेटको सबैभन्दा धेरै हिस्सा ओगट्ने शिक्षा क्षेत्रको सुधारका लागि वाचापत्रमा व्यक्त गरिएका प्रतिबद्धता र ती प्रतिबद्धता कार्यान्वयनको पक्षमा चासो बढ्न थालेको छ ।
गाडीमा जोरबिजोर प्रणाली लागु गर्ने तयारी
सरकारले सवारीसाधनको प्रयोगमा जोरबिजोर प्रणाली लागु गर्ने विषयमा छलफल अगाडि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन खपत कम गर्न सार्वजनिक सवारीसाधन जोरबिजोर नम्बरका आधारमा सञ्चालन गर्ने गरी छलफल गरेको हो । यातायात व्यवस्था विभागले पनि यस विषयमा यातायात व्यवसायीसँग छलफल गरेको छ ।
समन्वय, सहकार्य र सहअस्तित्व अनिवार्य
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी संसद्मा स्पष्ट बहुमतका साथ पहिलो दलको रूपमा उदाएको छ । केही दिनभित्र सो पार्टीको संसदीय दलका नेता प्रधानमन्त्री बन्ने निश्चित छ । सङ्घमा राष्ट्रिय स्वतन्त्र पार्टीको सुविधाजनक बहुमतको सरकार बनिरहँदा प्रदेश र स्थानीय तहमा भने नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत पुराना दलको सरकार छ ।
लगानीमैत्री नीतिको अपेक्षा
बैङ्किङ प्रणालीमा तरलता चुलिएको र ब्याजदर निरन्तर घट्दै गए पनि अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन । सस्तो कर्जाको पहुँच बढ्दासमेत लगानीमा हिच्किचाइरहेको र बजारमा माग कमजोर रहँदा आर्थिक गतिविधि अझै सुस्त देखिएको छ । न्यून ब्याजदरमा पर्याप्त लगानीयोग्य पुँजीले नयाँ सरकारको लगानीमैत्री नीति अर्थतन्त्रले अपेक्षा गरिरहेको विज्ञको भनाइ छ ।
बेवारिसे बन्यो द्रुत बस सेवा
सरकारी निकायको दैनिक निगरानीमा उत्साहकासाथ सुरु भएको द्रुत बस सेवा हाल सरकारी निकायकै बेवास्तामा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको अगुवाइमा अढाई वर्षअघि रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सुरु भएको थियो । केही महिना विभागले निगरानी गरे पनि हाल विभाग यो सेवाप्रति आफैँ बेखबर छ ।
दलित ऐन चाँडो ल्याउन माग
कोशी प्रदेशमा दलित समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था अझै कमजोर रहेको भन्दै सरोकारवालाहरूले प्रदेश सरकारलाई दलित ऐन तत्काल ल्याउन दबाब दिएका छन् ।
काउन्सिलका विज्ञ चिकित्सकबाट अदालतले माग्यो राय
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा भएको भनिएको लापरवाहीसम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतले नेपाल मेडिकल काउन्सिलबाट प्राविधिक राय माग गर्ने आदेश दिएको छ ।
विश्व जल दिवसको अवसरमा विमर्श
विश्व जल दिवसको अवसरमा नेपालगञ्जमा विचार–विमर्श भएको छ । जलवायु परिवर्तन र पानीको समस्या देखिँदै गएको अवस्थामा यसको कारण, परिणाम र समाधानबारे विचार–विमर्श भएको हो ।
रास्कोटले बढायो पशुपन्छी उपचार शुल्क
जिल्लाको रास्कोट नगरपालिकाले कृषि र पशुपालनमा सेवा शुल्क बृद्धि गरेको छ । कृषि र पशुपालनमा राम्रो हावापानी भएको रास्कोट नगरपालिकाले पशुपन्छी सेवा शुल्क थप गर्ने निर्णय गरेको हो ।
पर्वतमा ट्राफिक राजस्व सङ्कलनमा कमी
चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पर्वतमा ट्राफिक कारबाहीबाट झण्डै आधा करोड राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार उक्त अवधिमा ५ हजार १५ वटा सवारी साधनलाई कारबाही गर्दा ४७ लाख ८८ हजार ५ सय रुपियाँ राजस्व संकलन भएको हो ।
गुल्मीको दुई गोठमा आगलागी
गुल्मीमा दुई गोठमा आगलागी भएको छ। यस जिल्लाको रुरु गाउँपालिका वडा ४ रानीबासका कपिल श्रेष्ठको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कच्चि काठले बारेको टिनले छाएको एक तले गोठमा दाना पकाउने क्रममा अचानक आगलागी हुँदा सोमबार गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो।
गुजरगानो सङ्कलन र ओसारपसार रोक्न अनुरोध
डिभिजन वन कार्यालय, गुल्मीले गुजरगानो सङ्कलन तथा ओसारपसार नगर्न आग्रह गरेको छ। पछिल्लो समय डिभिजन वन कार्यालय गुल्मीको कार्यक्षेत्र भित्र पर्ने राष्ट्रिय वन (सामुदायिक वन समेत), सार्वजनिक क्षेत्र निजी आवादी समेतबाट गुजरगानो प्रजातिको जडीबुटीबिना इजाजत संकलन तथा ओसारपसार गर्ने कार्य बढ्दै गएको छ।
पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सुरु
२१ औं फेवा नव वर्ष महोत्सवलाई लक्षित गरी पोखराको पर्यटन व्यवसायीहरूको टोली यस पटक ‘जाउँ है पोखरा’ अभियानका लागि पूर्वी नेपाल प्रस्थान गरेका छन् ।
मादल बजाउन सिक्दै महिला
नवलपुरको कावासोती नगरपालिका –३ का महिला मादल बजाउने तालिम लिन थालेका छन् । वडा कार्यालयले आफ्नो वडाभित्र रहेको ३८ जना महिलालाई दैनिक दुई घण्टाका दरले १५ दिने निःशुल्क तालिमको आयोजना गरेको हो ।
गाउँ पुगेर मतदाता भेट गर्दै सांसद थेबे
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेबे यतिबेला मतदाता भेट गर्नमा व्यस्त रहनुभएको छ ।
मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ
भारतबाट मलद्वारमा लुकाएर लागु औषध नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने
दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ । मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा यहि चैत २६ र २७ गते दाङको चखौरामा अन्तरप्रदेश सम्मेलन आयोजना गर्न लागिएको हो।
नदीमा बेपत्ता भएका किशोर मृत फेला
पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक जनाको शव फेला परेको छ ।