जङ्गली जनावरको आक्रमणबाट एकको मृत्यु
जिल्लाको विजयनगर गाउँपालिकाको डेडुवा जोतस्थित भारततर्फको जङ्गलमा जङ्गली जनावरको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
छोराछोरी बिद्यालय पठाएर आमाहरु सिलाइकटाइमा
मदाने गाउँपालिका –३ सिर्सेनीकी मिना अर्यालले छोराछोरी बिद्यालय पठाएपछि ११ बजे गुल्मी उद्योग बाणिज्य संघको हलमा सिलाइकटाइ सिक्न आउनुहुन्छ ।
दुई दिनदेखि आवत–जावत ठप्प
हुम्लाको सदरमुकाम सिमकोट नजिकैको सडकमा ट्रक फसेपछि आवत–जावतमा समस्या भएको छ । जिल्लाको सदरमुकाम सिमकोटको मानसरोबर विद्यालय नजिकै लु.प्रं.०१.००१ ख ०६४७ नम्बरको ट्रक फसेपछि आवत–जावतमा समस्या भएको हो ।
महत्व बढ्दै शालिग्राम सङ्ग्रहालयको
भारतको उत्तरप्रदेश पर्यटन विभागका सहनिर्देशक दीपक कुमारले बागलुङ नगरपालिका–४, कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालय घुमेपछि आफ्नो क्षेत्रका पर्यटकलाई पठाउने बताउनुभयो । घरमा एक/दुई शालिग्राम पुज्ने गर्नुभएका कुमार एक लाख १५ हजारभन्दा बढी शालिग्राम देखेपछि दङ्ग पर्नुभयो ।
बाघ गणना सुरु
बाघ संरक्षणका लागि उर्वर भूमि मानिने बर्दियासहित बाँके र दाङमा बुधबारदेखि बाघ गणना सुरु गरिएको छ । पाँच वर्षअघि गरिएको गणनापछि पुनः बाघको यकिन सङ्ख्या पत्ता लगाउन राष्ट्रियस्तरको बाघ गणना अभियान थालिएको हो ।
दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी
जाजरकोटका कल्पना नेपालीलाई छालामा देखिएको रोगले लामो समयदेखि पीडा भइरहेको थियो । उपचारका लागि परिवारले उहाँलाई एक दिन पैदल हिँडेर जिल्ला अस्पताल पु¥याए ।
अनुसन्धानका लागि अख्तियारलाई पत्र
सार्वजनिक लेखा समितिले सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत औषधी आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको मेडिकल तथा फोहोर व्यवस्थापनसम्बन्धी उपकरणमा अनियमितता भएको ठहर गरेको छ ।
भारतमा नेपाली बालबालिका असुरक्षित
धन कमाउने सपना बोकेर सुदूरपश्चिम प्रदेशबाट भारतको पिथौरागढ पुगेका महिला र बालबालिका मानव तस्करी र बलात्कारको सिकार हुने गरेको घटना बाहिर आएको छ । घटनामा परेका ७५ महिला र बालिकाको उद्धार गरिएको छ । पछिल्लो समय महिला र बालबच्चासहित ज्यालामजदुरी गर्न जानेको सङ्ख्या बढेको छ । विद्यालय पढ्ने उमेरका बालबालिकासमेत धन कमाउने सपना बोकेर पिथौरागढ पुग्ने गरेका छन् ।
प्रदेश सभा र लेखा समितिको निर्देशन उल्लङ्घन
बागमती प्रदेश सरकारले बागमती प्रदेश सभा र प्रदेशको सार्वजनिक लेखा समितिको निर्देशनलाई उल्लङ्घन गर्दै प्रदेशको मन्त्रालयका संरचना र कार्यालय थप गर्दै गएको पाइएको छ । प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले खर्च कटौती गर्न र आर्थिक मितव्ययिता कायम गर्नका लागि यसअघि पटक पटक दिएको निर्देशनलाई प्रदेश सरकारले अवज्ञा गरेको ठहर गरेको हो ।
शीतलहरबाट जोगाउन तयारी अवस्थामा बस्न निर्देशन
विपत् व्यवस्थापन समिति महोत्तरीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको छ ।
‘हामीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता कहिले ?’
सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहनेको सङ्ख्या बढ्दो छ तर सबैले चाहे अनुसार कोषमा आबद्धता हुन सकेको छैन । त्यस्तै समस्याको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले रोचक तरिकाले सुनाउनुभयो ।
टेलिकमले ल्यायो वाइफाई सिक्स
नेपाल टेलिकमले वाइफाई सिक्स राउटर उपलब्ध गराउने भएको छ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दी होम (एफटिटिएच) प्रविधिको इन्टरनेटलाई अझ गुणस्तरीय बनाउन यस किसिमको वाइफाई र एपी उपलब्ध गराउने जनाएको छ । यस अन्तर्गत न्यूनतम एक सय एमबिपिएस क्षमताको एफटिटिएच वितरण हुने कम्पनीले जानकारी दिएको छ ।
केराबारी गाउँपालिका बन्यो करदाता सेवा दिने पहिलो स्थानीय तह
मोरङको केराबारी गाउँपालिका साबिकको करदाता सेवा कार्यालयले सेवा दिने पहिलो स्थानीय तह बनेको छ । अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सेवा शुभारम्भ गर्नुभयो ।
ग्लोबल आइएमईले साना उद्यमीलाई सघाउने
ग्लोबल आइएमई बैङ्क र डिएआई उदय परियोजनाबिच कोशी प्रदेशका साना तथा लघु उद्यमीलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने भएको छ । बुधबार सम्पन्न यससम्बन्धी सम्झौता अनुसार डिएआई उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायले ग्लोबल आइएमई बैङ्कको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहज रूपमा कर्जा पाउने छन् ।
मुद्दामा थप साठी सांसद सरिक हुने
प्रतिनिधि सभा पुनस्र्थापना माग गर्दै नेपाली कांग्रेसका सांसदले दायर गरेको रिटमा सरोकारवालाका रूपमा थप ६० सांसदलाई सरिक हुने अनुमति सर्वोच्च अदालतले दिएको छ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले उहाँहरूलाई मुद्दाको कामकारबाहीमा सरिक हुन दिने आदेश गरेको हो । नेपाली कांग्रेसका ५७ तथा अन्य दुई दल र एक स्वतन्त्र गरी विघटित प्रतिनिधि सभाका ६० सांसदले मुद्दामा सहभागी हुनका लागि मङ्गलबार पूरक निवेदन दिएका थिए ।
नेपाली कांग्रेस बैठक : समानुपातिक सूची र अधिवेशनबारे परामर्श
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबारदेखि आरम्भ भएको छ । कांग्रेसको १५ औँ महाधिवेशनको तयारी, प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची बुझाउनेसहित समसामयिक सन्दर्भमा निर्णय गर्न बैठक बसेको हो ।
त्रिविको ५१ औँ दीक्षान्त समारोह आज
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार हुँदै छ । विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिने छ ।
‘मुलुक निर्वाचनको महोत्सवमा’
उच्चस्तरीय राजनीतिक संवाद समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी कार्यालयमा शीर्ष नेतृत्वलाई भेटेर चुनावी तयारी अवस्थाबारे छलफल गरेको छ ।
स्वदेशमै सम्भावनाका प्रेरक
त्रिभुवन विश्वविद्यालयबाट बिए एलएलबीमा उत्कृष्ट (स्वर्ण पदक विजेता) भावना अधिकारी न्याय प्रशासन सेवाको राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत) मा कार्यरत हुनुहुन्छ । पशु सेवा विभागमा कानुन अधिकृतका रूपमा कार्यरत अधिकारीले एलएलबीमा त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदक (गोल्ड मेडल) मात्रै पाउनुभएन, सरकारी सेवामा प्रवेश गर्दा पनि दोस्रो नम्बरमै नाम निकाल्नुभयो ।
ट्रकको ठक्करबाट युवकको मृत्यु
जिल्लाको तौलिहवा–भैरहवा सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
आगलागी हुँदा जलेर घर नष्ट
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर लखन्देही पुलमा बुधबार मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ ।
बागलुङ महोत्सवको अन्तिम तयारी
बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सव अन्तिम तयारी भएको छ । शुक्रबारदेखि महोत्सव सुरु हुनेछ ।
प्रमुख प्रशासकीय अधिकृत मुस्तफाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबिरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।