भौतिक तथा सेवा विस्तारमा सिन्धुली अस्पताल
सिन्धुली जिल्लाकै सबैभन्दा ठुलो सरकारी स्वास्थ्य संस्था ‘सिन्धुली अस्पताल’ पछिल्लो वर्षमा भौतिक तथा सेवा सुधारतर्फ अघि बढ्दै गएको छ ।
नेपालगन्ज नाकाबाट ३० अर्बभन्दा बढीको आयात
नेपालगन्ज नाका हुँदै चालु आर्थिक बर्षको पाँच महिनामा ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्म ३० अर्ब ६६ करोड ८९ लाख ९० हजार रुपियाँ मूल्य बराबरको वस्तु तथा सामान आयात भएको हो ।
पोखरामा खुला तथा भेट्रान्स टेनिस हुने
२२ औँ माछापुच्छ्रे पोखरा खुला तथा भेट्रान्स टेनिस प्रतियोगिता आगामी पुस ११ गतेदेखि पोखरामा हुने भएको छ ।
मकै खेती जोगाउँदै किसान
नवलपुरको कावासोतीका एक जना किसानले मकै खेती जोगाउन आफ्नैखालको रणनीति लगाउनुभएको छ ।
कपिलबस्तुका चार पालिकामा विद्यालय बन्द
केही दिनदेखि अत्यधिक जाडो बढेपछि कपिलबस्तुको चार पालिकाले विद्यालय बन्द गरेका छ । केही दिनदेखि जाडो बढेपछि जिल्लाको कपिलबस्तु नगरपालिका, शुद्धोधन, यशोधरा र मायादेवी गाउँपालिकाले आफ्नो पालिकाभित्रका विद्यालय बन्द गरेका हुन् ।
बुढ्यौलीमा फर्कियो दृष्टि
क्व्होलासोथार गाउँपालिका –५ सिङ्दीका ९३ बर्षिय केशबीर गुरुङको बाँया आँखाले लामो समयदेखि देख्न छोडेको थियो । आँखा नदेख्दा शौचालय जान लौरोको साहरा लिनुपथ्र्यो । वर्षौंदेखि धमिलो संसारमा बाँचिरहनुभएका केशबीरले गाउँमै आएको शिविरमा आँखाको शल्यक्रिया भएपछि नयाँ जीवन पाउनुभयो ।
कृषि विकास बैंकद्वारा सामग्री वितरण
कृषि विकास बैंक तुलसीपुर शाखाले सामग्री हस्तान्तरण गरेको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गरी अपाङ्ग समाज सुधार केन्द्रलाई सामग्री हस्तान्तरण गरेको हो ।
धमाधम भित्रिँदैछन् विद्युतीय सवारी साधन
बिहान–बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्नेगरेको छ । नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ आसपासमा ब्यवसाय गर्ने स्थानीय जाडो छल्न बेंसी झरिसकेका छन् ।
सेवानिवृत्त श्रेष्ठको बिदाइ
गोरखापत्र संस्थान आम्दानी तथा बिलिङ शाखाको पाँचौँस्तर कार्यालय सहयोगी रामकृष्ण श्रेष्ठको आज बिदाइ गरिएको छ ।
दूतावासको सहयोगमा विद्यालय भवन शिलान्यास
गुल्मीको धुर्कोट गाउँपालिका –३ हाडहाडेस्थित निन्युखर्क माध्यमिक विद्यालयको आठकोठे भवन निर्माण हुने भएको छ । भारतीय राजदुतावासको सहयोगमा निर्माण हुने बिद्यालय भवनको मंगलबार भारतीय राजदुतावासकी काउन्सिलर गीताञ्जली ब्रैडन र धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
सिराहामा जसपा नेपालको एकल नाम सिफारिस
फागुन २१ गते हुने निर्वाचनको लागि जनता समाजवादी पार्टी नेपालले प्रत्यक्ष तर्फको लागि सिराहा क्षेत्र नम्बर १ बाट सत्यनारायण यादव र सिरहा क्षेत्र नम्बर ३ बाट अशेश्वर यादवको एकल नाम सिफारिस गरिएको छ ।
आधा दर्जन पुलको ठेक्का अलपत्र
उदयपुरका आधा दर्जन ठुला पक्की पुलको निर्माण बिचैमा अलपत्र परेको छ । पहाडी क्षेत्रका बासिन्दालाई तराईसँग जोड्न उदयपुरका आन्तरिक खोलामा निर्माण गर्न थालिएका आधा दर्जन पुल निर्माण बजेट अभावका कारण बिचैमा अलपत्र परेको हो ।
निर्माण सामग्री अभावले सडक विस्तार सुस्त
नदीजन्य सामग्रीको अभावले बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम सुस्त हुने अवस्था आएको छ । निर्माण सुरु भएको करिब एक वर्षको बिचमा १७ प्रतिशत काम सम्पन्न भए पनि केही दिनयता भने निर्माणको काम सुस्त हुँदै गएको हो ।
वन्यजन्तु उपहार संरक्षणमा चुनौती
नेपाल सरकारले मित्रराष्ट्र कतारलाई एक जोडी हात्ती उपहार दिएको छ । पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा जन्मिएको छ वर्षको खगेन्द्रप्रसाद र प्रजनन केन्द्रमा जन्मिएकी छ वर्षकै रुद्रकलीलाई बुधबा
एसइईको नतिजा सुधार्न छात्रावास
एसइईको नतिजा सुधारका लागि पाल्पाको तिनाउ गाउँपालिकाले विद्यार्थीलाई विद्यालयमै बासको व्यवस्था गरेको छ । एसइईको नतिजा खस्केपछि गाउँपालिकाले नतिजा सुधारका लागि विद्यार्थीलाई विद्यालयमै बासको व्यवस्था गरेर पठनपाठनको व्यवस्था मिलाएको हो ।
निर्वाचन नलड्ने धवलशमशेरको घोषणा
बाँकेको राजनीतिमा २०५१ सालदेखि नै सक्रिय अनि हरेक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका विघटित प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको छ । डा. राणाले २०५१ सालमा सेफ दी नेसनका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्नुभएको थियो । २०५४ सालमा उहाँ नेकपा (एमाले) का तर्फबाट नेपालगन्ज नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
तीन महिनामा उप्कियो कालोपत्रे
म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुन्डे सडक कालोपत्रे गरेको तीन महिनामै उप्किएको छ । ठेकेदारको लापर्बाहीका कारण सडकका विभिन्न स्थानमा कालोपत्रे उप्किँदा खाल्टाखुल्टी परेका छन् । ठेकेदारले कमसल खालको कालोपत्रे गरेकाले चाँडै नै उप्किएको स्थानीयले बताएका छन् । कालोपत्रे उप्किएपछि स्थानीयले विरोध जनाउँदै फेरि कालोपत्रे गर्नुपर्ने माग गरेका छन् ।
हातहतियार खोज्दै प्रहरी
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाका विभिन्न गाउँमा अवैध हातहतियारको खोजी अभियान तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर बरालले निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत गाउँ गाउँमा हातहतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको जानकारी दिनुभयो ।
प्रदेश सभाको बैठक सूचना प्रविधि कक्षमा
कर्णाली प्रदेश सभाको आगामी हिउँदे अधिवेशनको बैठक सूचना प्रविधि कक्षमा बस्ने भएको छ । जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते कर्णाली प्रदेश सभामा आगजनी भएको थियो । आगामी माघ २१ गतेदेखि हुने हिउँदे सभाको बैठक प्रदेश सभाको परिसरमा रहेको सूचना प्रविधि कक्षमा बस्ने भएको हो ।
आधारभूत शिक्षाको गुणस्तरमा जोड
विद्यार्थीको समग्र सिकाइ उपलब्धि राम्रो बनाउनका लागि आधारभूत तहमा शिक्षाको गुणस्तर अझ राम्रो हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
चिसोले तराईको जनजीवन प्रभावित
चिसोले कैलालीसहित तराईको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको हो ।
प्रादेशिक ललितकला प्रदर्शनी तयारी सुरु
सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूलभावमा रही गण्डकी प्रादेशिक ललितकला प्रदर्शनी २०८२, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान/गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा माघ १५ देखि १९ गतेसम्म गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानको ग्यालरीमा हुने भएको छ । उक्त कुरा मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
दरबारमा चित्र तथा फोटो प्रदर्शनी
पाल्पा दरबार सङ्ग्रहालयपरिसरमा चित्रकला तथा फोटो प्रदर्शनी गरिएको छ । तानसेन गुठीको आयोजनामा दरबारपरिसरमा चित्रकला तथा फोटो प्रदर्शनी गरिएको हो ।
इन्दिराले तिरेन किसानको सात करोड, सञ्चालक सम्पर्कविहीन
पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी मिल (इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालि) ले किसानको सात करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ ।