नेपाललाई ग्रे लिस्टबाट हटाउन अग्रणी भूमिका निर्वाह गर्न राष्ट्र बैङ्कलाई सुझाव
नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट हटाउन थप सक्रिय भूमिका खेल्नुपर्ने सुझाव नेपाल राष्ट्र बैङ्कलाई दिइएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२ को प्रतिवेदनमा सामान्य अवस्थामा प्रत्यक्ष जिम्मेवारी केही हदसम्म सीमित गरे पनि नेपाललाई ग्रे लिस्टबाट हटाउने सन्दर्भमा राष्ट्र बैङ्कले अझै सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सुझाव छ ।
तोलाको तीन लाख पुग्ने अनुमान
सुनको मूल्य एकै दिन तोलामा पाँच हजार पाँच सय रुपियाँले बढेर नयाँ रेकर्ड बनाएको छ । मूल्यको बढ्दो प्रवृत्तिले गर्दा प्रतितोला तीन लाख रुपियाँसम्म पुग्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार बढ्दै गएको सुनको मूल्य आगामी दिनमा पनि थप बढ्ने अनुमान गरिएको हो ।
हरियो तरकारीमा शतप्रतिशतसम्म विषादी
कालीमाटी तरकारी बजारमा मङ्गलबार थोकमा बेच्न ल्याइएको रायोको सागमा झन्डै शतप्रतिशत नै विषादी रहेको पाइयो । यो रिपोर्ट आधाभन्दा बढी विषाक्त साग उपभोक्ताको भान्सामा पुगेपछि आएको हो ।
पूरक निवेदनसहित साठी सांसद सर्वोच्चमा
प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै नेपाली कांग्रेसका आठ निवर्तमान सांसदले दायर गरेको रिटमा सरोकारवालाका रूपमा सामेल हुन माग गर्दै थप ६० सांसदले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेका छन् । नेपाली कांग्रेसका ५७, स्वतन्त्र र अन्य दुई दलका एक÷एक गरी मङ्गलबार ६० सांसदको हस्ताक्षरसहितको पूरक निवेदन दर्ता भएको हो । इजलासले अनुमति दिएमा सरोकारवालाका रूपमा उनीहरूले मुद्दामा प्रतिनिधित्व गर्ने छन् । पूरक निवेदन संवैधानिक इजलासमा बुधबार (आज) पेसी चढ्ने छ ।
ब्रिटिस कलेज–विद्यार्थी द्वन्द्व छानबिन गर्दै मन्त्रालय
विद्यार्थीको पढाइमा थापाथलीस्थित दी ब्रिटिस कलेजले लापर्बाही गरेको भन्ने विषयमा छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
छ राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगले छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको अभिलेखमा अब १३७ राजनीतिक दल मात्रै रहने भएका छन् । आयोगले पटक पटक तोकेको जरिबाना नबुझाउने छ राजनीतिक दलको दर्ता खारेज गरेको हो ।
निर्वाचन सुरक्षा योजना तयार
आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ एक लाख ३६ हजार म्यादी (अस्थायी) प्रहरी भर्ना गरिने भएको छ । ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना’ अनुसार प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षार्थ आवश्यक जनशक्ति पदपूर्तिका लागि म्यादी प्रहरी भर्ना कार्यविधि तयार गरी स्वीकृतिका लागि गृह मन्त्रालयसमक्ष पेस गर्ने तयारी गरेको छ । कार्यविधिको मसौदामा निर्वाचन सुरक्षार्थ ४० दिनका लागि एक लाख ३६ हजार ८११ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।
शीतलहरको कहरले अकालै लिन्छ ज्यान
पुसको पहिलो हप्तासँगै देशव्यापी चिसोले उचाइ लिँदै छ । हिमालमा बाहिर निस्कन नसकिने गरी हिउँ पर्ने र तराईमा तरर शीत पर्न सुरु भइसकेको छ । शीतलहरसँगै हुस्सु, कुहिरोले आकाशको घाम धर्तीमा पर्न नसक्दा तराई र हिमालका झुपडीभित्रै कठ्याङ्ग्रिएर मानिसको ज्यान जाने गर्छ ।
नेता कार्यकर्तालाई कार्यक्षेत्र फर्कन पोखरेलको निर्देशन
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले महाधिवेशनमा भाग लिन काठमाडौं आएका नेता कार्यकर्तालाई आफ्नो कार्यक्षेत्र फर्कन निर्देशन दिनुभएको छ। मगलबार प्रदेश कमिटीको र जिल्ला
परम्परागत कोलबाट पेलिदै उखु
म्याग्दीको मंगला गाउँपालिका –२, सिममा परम्परागत प्रविधिबाट उखु पेल्दै किसानहरु । ग्रामीण भेगमा परम्परागत प्रविधिमा आधारित कोल अझै लोकप्रिय छ ।
नेपाल र चीनबिच प्रविधि विकासमा ठुलो सम्भावना छ
नेपाल र चीनबिच व्यापार, लगानी, पुर्वाधार विकास, पर्यटन, शिक्षा, कृषि, स्वास्थ्य र प्रविधिको क्षेत्रमा पर्याप्त सम्भावना रहेको बताउँदै विज्ञहरुले भविष्यमा यि क्षेत्रमा थप सहकार्य गर्न सकिने औल्याएका छन् ।
कोहलपुर महोत्सवको तयारी पूरा
कोहलपुर उद्योग वाणिज्य सङ्घले बुधबारदेखि सञ्चालन गर्न लागेको कोहलपुर महोत्सवको तयारी पूरा भएको जनाएको छ ।
नारायणीमा देखिन थाले डल्फिन
नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएका छन् । संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएको बताउनुभयो ।
जलेको उखु चिनी उद्योगले किन्ने
एक साताअघि सर्लाहीको गोडैता नगरपालिका –४, रोहुवामा आगलागीबाट क्षति भएको उखु चिनी मिलहरुले खरिद गरिदिने भएका छन् ।
चुनावबाट भाग्न खोजेको आरोप
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरले वर्तमान सरकार देशलाई अस्थिरता, अन्योल र दिशाहिनतातर्फ धकेल्न उद्धत रहेको आरोप लगाएको छ ।
चिसोका कारण बाँकेमा विद्यालय बन्द
अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता भएको भन्दै पुस ९ र ११ गते विद्यालय बन्द गरिएको जनाएको छ ।
पुस १७ देखि भादा गाउँ थारू होमस्टे महोत्सव
कैलालीको धनगढी उपमहानगरपालिका–१६, भादा गाउँमा थारू होमस्टे भादा महोत्सव आयोजना हुने भएको छ । पुस १७ गतेदेखि २१ गतेसम्म आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा रहेको थारु होमस्टे भादा महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मीनारायण चौधरीले जानकारी दिनुभयो ।
अतिक्रमण गरी बनाइएका १२ टहरा भत्काइए
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको दाउन्ने बजार क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू मङ्गलबार हटाइएको छ ।
चार दशकदेखि घुमन्ते व्यापार गर्दै दास
नोकरी जाइसे न अभिएसे न कहिए बलम जी, घरे छुटी लके और कुछदिन रहिए बलम जी । टाउकोमा भारी, काँधमा गम्छा, मुहारमा मिठो मुस्कानसहित गीतमा रमाउँदै व्यापार गर्नुहुन्छ घुरन दास ।
पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आशङ्कामा सासू र नन्द पक्राउ
सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
हुस्सु र कुहिरोले अधिकांश हवाइ उडान अवरुद्ध
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।
बाख्रा गोठ र आकर्षक तिलिचो हिमशृङ्खला
मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँनजिकै समुद्री सतहदेखि करिब ३ हजार ५०० मिटर उचाइमा रहेको बाख्रा गोठ र पृष्ठभूमिमा सेताम्मे हिउँसहितको तिलिचो हिमशृङ्खला । यहाँका स्थानीयले गोठमा भेडा, बाख्रा र च्याङ्ग्राहरु राख्ने गर्दछन् ।
माघ दोस्रो साता टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिता
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको टाइगर कप पुरुष तथा महिला भलिबलको छैटौँ संस्करण माघ ९ देखि पोखरामा हुने भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बल्घासलाई खेल मैदानका लागि निःशुल्क जग्गा
सातौँ वार्षिकोत्सवको तयारी गरिरहेको पश्चिम बागलुङको बडिगाड गाउँपालिका-९, बल्घास एकता युवा क्लबले खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा प्राप्त गरेको छ ।