अतिक्रमण गरी बनाइएका १२ टहरा भत्काइए
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको दाउन्ने बजार क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू मङ्गलबार हटाइएको छ ।
चार दशकदेखि घुमन्ते व्यापार गर्दै दास
नोकरी जाइसे न अभिएसे न कहिए बलम जी, घरे छुटी लके और कुछदिन रहिए बलम जी । टाउकोमा भारी, काँधमा गम्छा, मुहारमा मिठो मुस्कानसहित गीतमा रमाउँदै व्यापार गर्नुहुन्छ घुरन दास ।
पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आशङ्कामा सासू र नन्द पक्राउ
सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
हुस्सु र कुहिरोले अधिकांश हवाइ उडान अवरुद्ध
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।
बाख्रा गोठ र आकर्षक तिलिचो हिमशृङ्खला
मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँनजिकै समुद्री सतहदेखि करिब ३ हजार ५०० मिटर उचाइमा रहेको बाख्रा गोठ र पृष्ठभूमिमा सेताम्मे हिउँसहितको तिलिचो हिमशृङ्खला । यहाँका स्थानीयले गोठमा भेडा, बाख्रा र च्याङ्ग्राहरु राख्ने गर्दछन् ।
माघ दोस्रो साता टाइगर कप राष्ट्रिय भलिबल प्रतियोगिता
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको टाइगर कप पुरुष तथा महिला भलिबलको छैटौँ संस्करण माघ ९ देखि पोखरामा हुने भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बल्घासलाई खेल मैदानका लागि निःशुल्क जग्गा
सातौँ वार्षिकोत्सवको तयारी गरिरहेको पश्चिम बागलुङको बडिगाड गाउँपालिका-९, बल्घास एकता युवा क्लबले खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा प्राप्त गरेको छ ।
अनलाइन ठगीको घटना बढ्दै
प्रविधिको विकास र बढ्दो सुविधासँगै लमजुङमा अनलाइन माध्यमबाट हुने ठगीको घटना बढेको छ । पछिल्लो समय अनलाइन माध्यममार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘निर्वाचनको विकल्प छैन’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस रौतहटद्वारा गरुडामा कार्यकर्ता भेटघाट कार्यव्रmममा बोल्दै उहाँले देशलाई
निर्वाचनको तयारी तीव्र दलका गतिविधि भने सुस्त
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । जिल्लाका सबै सुरक्षा निकाय र निर्वाचन कार्यालयले आन्तरिक तयारी तीव्र गतिमा अघि बढाएका हुन् ।
पर्यटक लोभ्याउँदै कालाबाङ घडेरी होमस्टे (फोटो फिचर)
नेपालको पर्यटकीय राजधानी पोखरा शहरबाट १२ किलोमिटर दूरीमा रहेको छ कालाबाङ सामुदायिक घडेरी होमस्टे । पोखरा महानगरपालिका २२ मा पर्ने सो होमस्टेमा १५६ घरधुरी छ । सोमध्ये १८ घरमा मात्र होमस्टे सञ्चालनमा छ ।
पत्थर बन्छन् दुग्धनाथमा चढाइएका वस्तु
वरिपरि सबैतिर सुक्खा भिर छ । भिरकै बिचमा एउटा खोँच, खोँचमा सानो ओडार अनि ओडारभित्र गाईका थुन झैँ देखिने पत्थरबाट निरन्तर जल चुहिरहेको हुन्छ । सबैभन्दा अनौठो त सो रसाइरहेको
क्यामरा जडानपछि चोरीसिकारी नियन्त्रण
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जङ्गलमा सिसी क्यामरा राखिएपछि वन्यजन्तुको अवैध चोरीसिकारीमा नियन्त्रण भएको छ । चोरीसिकारी नियन्त्रण तथा वन्यजन्तुको निगरानीका लागि संरक्षण क्षेत्रका संवेदनशील ठाउँमा क्यामरा जडान गरिएको हो ।
‘व्यक्तिको आस्थामाथि प्रहार अस्वीकार्य’
बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले व्यक्तिको आस्थामाथिको प्रहार अस्वीकार्य भएको बताउनुभएको छ ।
सिद्धबाबा सुरुङमार्ग : निर्माणमा बहानाबाजी गर्न नपाइने
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ । उहाँले निर्माण कम्पनीले समयमै सुरुङमार्ग निर्माणमा काम सक्ने गरी आवश्यक सहजीकरण गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।
कांग्रेसले पठायो उम्मेदवारको सूची
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय समितिमा पठाएको छ ।
बयालिस वटा पक्की पुल निर्माण
लामो समयदेखि विस्तार हुँदै आएको बुटवल–नारायणगढ सडकखण्डमा हालसम्म ४२ वटा पक्की पुल निर्माण भएका छन् । तीमध्ये पूर्वी खण्डमा ३३ वटा र पश्चिम खण्डमा नौ वटा ठुला पुलको काम पूरा भएको आयोजनाले जनाएको छ । पश्चिम खण्डमा निर्माण गर्नुपर्ने सबै पुलको काम सकिएको छ भने पूर्वी खण्डमा एउटा पुल निर्माण हुन बाँकी छ ।
सहमतिसँगै चल्ने भए टिप्पर
दाङको बङ्गलाचुली गाउँपालिकामा सिमेन्ट उद्योगका कारण प्रभावित स्थानीय र उद्योगबिच १९ बुँदे सहमतिसँगै विवाद समाधान भएको छ । यहाँ भएको छलफलसँगै स्थानीय र सिमेन्ट उद्योग (घोराही सिमेन्ट र सम्राट् सिमेन्ट उद्योग) बिच १९ बुँदे सहमतिसँगै मङ्सिर १५ देखि बन्द रहेका टिप्पर सञ्चालन हुने भएका हुन् । सिमेन्ट उद्योग प्रभावित बङ्गलाचुली गाउँपालिका–४, पन्त टोललगायतका स्थानीयले सडक मर्मत गर्नुपर्ने, पानीको मुहान संरक्षणमा ध्यान दिनुपर्ने, सिमेन्ट उद्योगले प्रभावित भएको जग्गा उद्योगले खरिद गर्नुपर्नेलगायतका माग राख्दै टिप्पर सञ्चालनमा रोक लगाएका थिए ।
लागुऔषधको दलदलमा युवा
जिल्ला प्रहरी कार्यालय जुम्लाको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने यहाँका युवा लागुऔषधको दलदलमा फस्दै गएको देखिन्छ ।
जलेको नापीबाट किस्ताबन्दीमा सेवा
जेनजी समूहद्वारा गत भदौ २४ गते आगजनी भएको नापी कार्यालय सुर्खेतले सेवाग्राहीलाई किस्ता किस्तामा सेवा दिन थालेको छ । गत मङ्सिर १ देखि अनलाइनमा भएका कित्ताको नक्सा प्रिन्ट गरी उपलब्ध गराउने (नेलिस प्रणाली) को मात्र सेवा सुरु गरेको कार्यालयले यही पुस १ देखि नेलिस प्रणालीमा रहेका अधिकांश कित्ताको फिल्ड रेखाङ्कन, कित्ताकाट, लगतकट्टा र कित्ता एकीकरणको सेवा सुरु गरेको हो ।
महिला जनप्रतिनिधिको गुनासो
स्थानीय तहमा निर्वाचन महिला जनप्रतिनिधिले आफ्नो भूमिका केवल औपचारिकतामा मात्र सीमित रहेको गुनासो गरेका छन् । स्थानीय तहका वडा तथा कार्यपालिका सदस्यमा निर्वाचित महिला जनप्रतिनिधिले वास्तविक प्रभाव नपाएर कागजमा हस्ताक्षर गर्ने वा निर्णयको वैधानिकताको साक्षी बस्नुमै सीमित भएको अनुभव सुनाएका छन् ।
टावर बन्यो, फोन लाग्दैन
जुम्लाको तातोपानी गाउँपालिका–८, टोप्ला क्षेत्रमा पर्ने इमिल्चा, मछालबाडा र बुढाबाडाका बासिन्दा अहिले पनि मोबाइल नेटवर्कका लागि घन्टौँ पैदल हिँड्न बाध्य छन् । उक्त ठाउँमा टेलिफोनको टावर बने पनि फोन नलाग्दा स्थानीवासी सञ्चार सुविधाबाट वञ्चित रहनु परेको छ ।
सौर्य मिनी ग्रिड सञ्चालन
हिमाली जिल्ला दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुगाउँमा सौर्य ऊर्जामार्फत विद्युत्को आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको जनश्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनी ग्रिड सञ्चालन गरिएको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका सिनियर इन्जिनियर अमानुवलहक अन्सारीले जानकारी दिनुभयो ।
चौतारा रङ्गशालाको काम रोकिने खतरा
चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित सदरमुकाम चौतारा बजारको टुँडिखेलमा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य पुनः रोकिने अवस्थामा पुगेको छ ।