दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने
दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ । मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा यहि चैत २६ र २७ गते दाङको चखौरामा अन्तरप्रदेश सम्मेलन आयोजना गर्न लागिएको हो।
नदीमा बेपत्ता भएका किशोर मृत फेला
पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक जनाको शव फेला परेको छ ।
उपल्लो मुस्ताङमा विदेशी पर्यटकले एकल पदयात्रा गर्न पाउने
मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर्ध–निषेधित क्षेत्र घुम्न जाने गरेकोमा पहिलो पटक नेपाल सरकार अध्यागमन विभागले पथ प्रदर्शक अनिवार्य हुनेगरी एकल पदयात्रीलाई पनि पदयात्राका लागि स्वीकृति दिएको हो ।
न्यू डायमन्डले जित्यो महिला भलिबल उपाधि
राष्ट्रिय महिला भलिबलको उपाधि काठमाडौंको चन्द्रागिरी नगरपालिकाको न्यू डायमन्ड क्लबले जितेको छ । हेटौँडा–१० टिसिएनचौरमा जारी राष्ट्रिय बृहत् खेल, कृषि तथा पर्यटन महोत्सवमा आइतबार भएको फाइनल खेलमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३–० को सोझो सेटले हराउँदै न्यू डायमण्डले उपाधि जित हासिल गरेको हो ।
हावाहुरीले २८ लाख बढीको कृषि बालीमा क्षति
पछिल्लो साता परेको वर्षा र हावाहुरीका कारण ओखलढुङ्गामा कृषि क्षेत्रमा करिब २८ लाख ८८ हजार रुपियाँ बराबरको क्षति भएको छ ।
लमजुङ क्याम्पसका विद्यार्थी रिले अनशनमा
लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा अध्ययनरत विद्यार्थी रिले अनशनमा बसेका छन् ।
मुक्तिनाथ जलकुण्डमा स्नान गर्नेहरू बढे
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा रहेको हिन्दू तथा बौद्धमार्गीहरूको तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्नान गर्नेहरूको घुइँचो लागेको छ ।
भोटखोला छेउमा रमाएका थुदाम
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, ५८ ले सूचीकृत गरेका ५९ आदिवासी जनजाति सूचीमा अति सीमान्तकृत समूहमा राखिएको जाति हो– थुदाम । सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–२, थुदाममा बसोबास गर्ने जातिलाई थुदामका रूपमा चिनिन्छ । थुदाममा अहिले ३० घर जतिको बसोबास रहेको छ । जडीबुटी तथा काठको व्यापार र चौँरीपालनमा रमाउँदै आएका थुदाम जातिको सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध तिब्बततिर छ । चीनको स्वशासित क्षेत्र तिब्बतको रेउ क्षेत्रसँग थुदामवासीको बिहाबारी सम्बन्ध रहँदै आएको
‘कृषिजन्य उत्पादन विश्व बजारमा पुु-याउन नयाँ अध्याय सुुरु गर्नु पर्छ’
दोस्रो पटक संसदीय यात्रा तय गरेका इलाम–२ बाट निर्वाचित नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतको उच्च सम्मान गर्दै जिल्लाको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘स्थानीयलाई महसुस हुने विकासको योजना बनाएको छु’
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट विष्णुबहादुर खड्का निर्वाचित हुनुभयो । नेपाली कांग्रेसका उम्मेदवार रहनुभएका खड्का २६ हजार ८९७ मतका साथ विजयी हुनुभएको हो । पहिलो पटक संसदीय यात्रा तय गर्नुभएका खड्का जिल्लामा व्यवसायी एवं सामाजिक व्यक्तित्वका रूपमा चिनिँदै आउनुभएको छ ।
बिस प्रतिशतभन्दा बढी किशोरी उन्नाइस वर्ष नपुग्दै सुत्केरी
हुम्लामा २० प्रतिशतभन्दा बढी किशोरी १९ वर्षमुनि नै सुत्केरी हुने गरेका छन् । उमेर नपुगी विवाह गर्दा सानै उमेरमा सुत्केरी हुने किशोरीको सङ्ख्यासमेत बढ्दै गएको छ । जिल्लाभर चालु आर्थिक वर्षको साउनदेखि माघसम्म २० प्रतिशत किशोरी १९ वर्षभन्दा कम उमेरमा सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालयका तथ्याङ्क सहायक दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो ।
‘नतिजामा प्रतिस्पर्धा गर्ने संस्कृति विकास गर्नु पर्छ’
तीन दशक लामो इन्जिनियरिङ र प्राज्ञिक क्षेत्रको अनुभव सँगालेका श्रीराम न्यौपाने तनहुँ क्षेत्र नं. २ बाट सङ्घीय संसद्को यात्रा तय गर्न सफल हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार न्यौपानेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर भण्डारीलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो । उहाँले ३२ हजार ६८७ मत प्राप्त गर्दा भण्डारीले १४ हजार १३५ मत प्राप्त गर्नुभएको थियो । न्यौपानेले नीतिनिर्माण तहमा विज्ञताको हस्तक्षेप आवश्यक रहेको बताउँदै राजनीतिमा आएको बताउनुभयो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय ऊर्जा विभाग प्रमुखसमेत हुनुहुन्छ ।
प्रतिनिधि सभामा रुपन्देहीबाट तेह्र जनाको प्रतिनिधित्व
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै सांसद प्रतिनिधि सभामा पठाउने जिल्ला रुपन्देही बनेको छ । प्रतिनिधि सभामा रुपन्देहीबाट १३ सांसदको प्रतिनिधित्व भएको छ । प्रत्यक्षतर्फ पाँच र समानुपातिकबाट सात गरी १३ सांसदको प्रतिनिधित्व भएको हो ।
प्राथमिकतामा विकास सुशासन र सामाजिक न्याय
प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि रामाकान्त चौरसिया चर्चामा आउनुभएको छ । उहाँले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।
गाँस, बाससहित निःशुल्क शिक्ष
तेह्रथुमको लालीगुराँस नगरपालिकाले वसन्त माध्यमिक विद्यालयमार्फत निःशुल्क शिक्षाको नयाँ अभ्यास सुरु गरेको छ । विद्यालयले कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई
‘मानव विकास सूचकाङ्कका आधारमा बजेट निर्धारण गर्नु पर्छ’
कम्युनिस्ट पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका बदनकुमार भण्डारी त्यही कम्युनिस्ट पार्टीका आधार क्षेत्रलाई भत्काएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय हासिल गर्नुभएको छ ।
विपत्बाट साढे सोह्र हजार परिवार प्रभावित
प्राकृतिक तथा गैरप्राकृतिक विपत्का कारण बागमती प्रदेशमा एक दशकको अवधिमा साढे १६ हजार परिवार प्रभावित भएका छन् । २०७२ देखि २०८२ सालसम्मको अवधिमा
हिन्दु मुस्लिम समाजबाट उदाएका इस्तियाक राई
२०३६ सालमा नेपालगन्जमा जन्मिएका राईको राजनीतिक यात्रा एउटा कठोर सङ्घर्ष, चतुर रणनीति र व्यक्तिगत लोकप्रियताको समिश्रणबाट अगाडि बढेको देखिन्छ । बाँके क्षेत्र नम्बर २ को चुनावी नतिजालाई नियाल्दा राई लुम्बिनी प्रदेशमा नेकपा (एमाले) को बिउ जोगाउने एक्लो सारथीसमेत बन्नुभयो ।
‘अक्षरको यात्री’ लोकार्पण
समालोचनात्मक कृति ‘अक्षरको यात्री’ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो । सङ्ग्रहभित्र १६ जना मूर्धन्य साहित्यकारका कृतिमाथि गरिएका समालोचना समेटिएका छन् । कृतिमा युगपुरुष विश्वेश्वरप्रसाद कोइरालादेखि वर्तमान पुस्ताका स्रष्टासम्मका सिर्जनामाथि आलोचनात्मक दृष्टि प्रस्तुत गरिएको छ ।
भावुक, शाक्य र गिरीलाई ‘वानीरा पुरस्कार’
वानीरा फाउन्डेसनले यस वर्षको ‘वानीरा प्रज्ञा पुरस्कार’ वरिष्ठ कवि तथा गीतकार माधव खनाल ‘भावुक’ लाई प्रदान गर्ने निर्णय गरेको छ । फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले नेपाली भाषा–साहित्यमा साढे सात दशकदेखि साधनारत भावुकलाई सो पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो ।
बालबालिकालाई कलासम्बन्धी प्रशिक्षण
यल अध्ययन केन्द्रले स्थानीय बालबालिकालाई सिकाउँदै आएको तीनमहिने नेपाल भाषा, नेवार नृत्य, गायन, बाजा, खेल र वाचनकला प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । नेपाल भाषा, साहित्य, संस्कृति प्रवर्धनका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको ललितपुर महानगरपालिका–१२ का अध्यक्ष नारायण अवालेले बताउनुभयो । कार्यक्रममा नेपाल भाषा मङ्का खलः यलका अध्यक्ष महेन्द्र महर्जनले नेपाल भाषाको विभिन्न खेलबारे जानकारी मात्र नभई खेल खेल्ने र खेलाउने तरिका पनि सिकाउन आवश्यक भएको बताउनुभयो । यल मङ्काः खलः ले आगामी दिनमा नेपाल भाषा खेलसम्बन्धी पुस्तक तयार गर्ने उहाँको भनाइ छ ।
बसाइँसराई र युवा पलायन रोक्न जनतालाई उद्यमसंग जोड्नुपर्छ
विसं २०४८ देखि २०७९ सम्मका सातैवटा चुनाव जितेको नेपाली कांग्रेसको ३४ वर्षदेखिको पुरानो डडेल्धुरा जिल्लाको किल्ला यसपटकको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तोडिन पुगेको छ ।
अर्जेन्टिनाको भटमासले बढायो नेपालको निर्यात
मुस्किलले एक खर्ब पुग्ने नेपालको निर्यात पछिल्ला केही वर्षयता दुई खर्ब नाघ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा मात्रै मुलुकले एक खर्ब ९१ अर्ब रुपियाँको वस्तु निर्यात गरेको तथ्याङ्क भन्सार विभागले आइतबार सार्वजनिक गरेको छ । यही प्रवृत्ति कायम रहे चालु आवका बाँकी चार महिनामा नेपालबाट सहजै दुई खर्बभन्दा बढीको निर्यात हुने देखिन्छ ।
एक पर्यटक एक पथप्रदर्शक
सरकारले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गरेको छ । अध्यागमन विभागले हाल समूहमा मात्रै पदयात्रामा जान पाइने व्यवस्था रहेको १३ जिल्लाका १५ वटा निषेधित क्षेत्रमा अब विदेशी पर्यटकले विभागबाट अनुमति लिएर एक जना पथप्रदर्शकसहित पदयात्रामा जान पाउने व्यवस्था गरेको हो ।