• ९ चैत २०८२, सोमबार

‘कृषिजन्य उत्पादन विश्व बजारमा पुु-याउन नयाँ अध्याय सुुरु गर्नु पर्छ’

blog

कोकिला ढकाल 

इलाम, चैत ९ गते । दोस्रो पटक संसदीय यात्रा तय गरेका इलाम–२ बाट निर्वाचित नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतको उच्च सम्मान गर्दै जिल्लाको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नेम्वाङले भन्नुुभयो, “यस पटक नम्बरमा सानो हुँला तर संसद्मा गएर एमालेको अभिमत र इलामले दिएको एक÷एक मतलाई गर्वसाथ राख्ने छुु । तपाईंहरूले जहाँ गएर पनि मैले सुुहाङलाई भोट हालेँ भन्नुुभयो भने त्यो कुराले तपाईंको शिर उच्च हुने छ । शिर उच्च हुने गरी काम गर्ने छुु ।” २०७९ सालको निर्वाचनमा बुुवा सुुवास नेम्वाङ लड्दै गर्दा निकै कठिन भएको स्मरण गर्दै नेम्वाङले २०८१ सालको उपनिर्वाचनमा विश्वास गरेर इलामले दिएको मतलाई संसद्को १६ महिने यात्रामा उच्च बनाउने प्रयास गरेको उहाँको भनाइ छ । 

अहिले पनि इलामका नागरिकले दिएको विश्वासलाई शिर निहुु¥याउन नदिने बताउनुुभयो । नेम्वाङले इलाम–२ मा चुनाव लड्दै गर्दा हरेक निर्वाचनमा इलामले दिएको मतको उच्च सम्मान गर्दै जिल्लाको हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

देशलाई अप्ठ्यारो पर्दा होस् अथवा सरकारले नराम्रो कदम चाल्दा आफूले त्यस्तो कदम सच्याउन हरेक पटक आग्रह गरिरहेको स्मरण गर्दै नेम्वाङले यो जितपछि पनि देश र जनताका पक्षमा सधैँ दह्रो भएर उभिने अठोट गर्नुभयो । नेम्वाङले विपत्मा परेको इलामका लागि अधुुरा काम पूरा गर्ने र पुुनर्निर्माणका लागि अगाडि बढ्ने दायित्व आफ्नो काँधमा रहेको बताउनुुभयो । 

नेम्वाङले भन्नुुभयो, “यस पटक इलाम गत असोज १८ को विपत्पछि थलिएको छ । त्यो विपत्को घाउलाई निको बनाउन पुुनर्निर्माण पहिलो आवश्यकता छ । बर्खा लाग्नै लाग्दा सडक मर्मत, पुुल निर्माण तत्काल थाल्न आवश्यक छ । इलाममा धेरै सडक र पूूर्वाधारका योजना अधुरा र अलपत्र परिरहेका छन् । ती सबै योजनालाई एकै पटक अगाडि बढाउन सकिएको थिएन । अब ती कामलाई अगाडि बढाउनु पर्छ । शिक्षा, स्वास्थ्य, पर्यटनका विषय र एजेन्डा छन् ।” 

नेम्वाङले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गरेको ‘ग्लोबल ब्रान्डिङ’ को विषयलाई पनि प्रस्ट्याउनुभएको छ । उहाँले भन्नुुभयो, “कृषिमा आधारित हाम्रो मुुलुुक कृषिमै कमजोर देखिएको छ । त्यो कसरी भने किसानको उत्पादनलाई बजारसम्म पुु-याउने माध्यम नै छैन । अब किसानले उत्पादन गरेका बिउदेखि चिया, छुर्पी, अलैँचीलगायतका कृषिजन्य उत्पादनलाई विश्व बजारमा पुु¥याउने नयाँ अध्याय सुुरु गर्नुपर्ने छ । त्यो काम सुरु गर्ने मतदातामाझ प्रतिबद्धता जनाएको छुु । त्यो पूरा गर्ने छु ।”