प्रविधिमैत्री सेवा विस्तार गर्न सुझाव
ललितपुर महानगरपालिकाका स्थानीयले महानगरपालिकाको विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका छन् । अहिले महानगरपालिकाले गरेको काम अझै पर्याप्त नभएको भन्दै स्थानीयले महानगरको सेवालाई थप गुणस्तर र प्रविधिमैत्री बनाउन सुझाव प्रदान गरेका हुन् । ललितपुर महानगरपालिकाले शुक्रबार गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा महानगरवासीले महानगरपालिकाको कामलाई सेवाग्राहीमैत्री बनाउन विभिन्न प्रश्नसहित सुझाव प्रदान गरेका हुन् ।
आगलागीपीडितलाई राहत दिने सरकारको तयारी
सरकारले आगलागीपीडितलाई राहत दिने तयारी गरेको छ । सरकारले तत्काल उपलब्ध गराउनुपर्ने राहत र अस्थायी आवासका लागि गरेर दुईथरीको राहत वितरण गर्ने तयारी गरेको हो। राष्ट्रिय सभाको सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले पीडितलाई तत्काल १५ हजारदेखि २० हजार रुपियाँ र पूर्ण रूपमा आवासमा क्षति भएकालाई अस्थायी आवास बनाउन ५० हजार रुपियाँ दिने प्रस्ताव मन्त्रीपरिषद्मा पुगेको जानकारी दिनुभयो । उहाँले अस्थायी आवास बनाउन कार्यविधि र नियमावली संशोधन आवश्यक हुने बताउनुभयो ।
‘रोनाल्डो’ ३३ सन्तानको बाबु !
चितवनको खोरसोर सौराहामा जोखिम मोलेरै हात्ती प्रजनन गराउने गरिएको छ । यो नेपालको एक मात्र हात्ती प्रजनन केन्द्र हो । घरपालुवा मत्ता (भाले हात्ती) नहुँदा जङ्गली मत्ताको भर पर्दा जोखिम भएको हो । केन्द्रका प्रमुख मनिपुरन चौधरी जङ्गली हात्ती त्यसै पनि जोखिम हुने भन्दै झन् सहवासका बेला मत्ता मात्तिने भएका कारण अझ बढी जोखिम हुने बताउनुभयो । “जङ्गली हात्तीसँग त जोगिनै प¥यो नि । सामान्य त्रुटि भयो भने ज्यानै जान सक्छ,” उहाँले भन्नुभयो ।
बिहेका लागि भारतीय युवा नेपालमा
पछिल्लो समय भारतको पिथौरागढ जिल्लाका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन् । पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे पनि नोकरी नभएकाले कसैले छोरी दिन नमानेको बताउँदै भन्नुभयो, “बैतडीबाट छोराको विवाह गर्नुप¥यो ।” पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई भारतमा कसैले दुलही दिन नमानेका कारण बैतडी र दार्चुला पुगेको सुनाउनुभयो ।
जिल्ला जनप्रतिनिधि अन्नपूर्ण शिविरमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा पर्ने उत्तरी अन्नपूर्ण हिमालको प्रवर्धनका लागि म्याग्दीका जनप्रतिनिधि तथा सुरक्षा निकायको टोली पुगेर फर्केको छ ।
एमाले मकवानपुरको अधिवेशन जेठ १८ मा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन जेठमा हुने भएको छ । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले आगामी जेठ १८ र १९ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
बाराउद्योरण गाउँका आगलागी पीडित समस्यामा
आगलागीबाट घरसहित सामग्री जलेर नष्ट भएपछि सर्लाहीको सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका –१, बाराउद्योरण गाउँका स्थानीय समस्यामा परेका छन् ।
व्यावसायिक पशुपालनबाट कृषक लाभान्वित
राम्रो कमाउन बिदेशिएका युवाहरु अहिले स्वदेश फर्केर कृषि पेशामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट बैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु जोश र जाँगर बोकेर व्यावसायिक गाईपालन, भैसीपालन, कुखुरापालनमा रमाउन थालेका हुन् ।
‘द्वन्द्वपीडितको माग सुनुवाइ भएन’
संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन नहुँदा द्वन्द्वको घाउ निको हुन नसकेको इलामका द्वन्द्वपीडितहरुले गुनासो गरेका छन् । करिब २८ वर्ष बित्न लाग्दा पनि सरकार गम्भीर नहुँदा घाउ ताजै रहेको पीडितको गुनासो छ ।