एक पर्यटक एक पथप्रदर्शक
सरकारले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गरेको छ । अध्यागमन विभागले हाल समूहमा मात्रै पदयात्रामा जान पाइने व्यवस्था रहेको १३ जिल्लाका १५ वटा निषेधित क्षेत्रमा अब विदेशी पर्यटकले विभागबाट अनुमति लिएर एक जना पथप्रदर्शकसहित पदयात्रामा जान पाउने व्यवस्था गरेको हो ।
इँटा उद्योगमा करिब सात करोड रुपियाँको क्षति
वर्षाले कैलालीका इँटा उद्योगमा करिब सात करोड रुपियाँको क्षति भएको छ । शुक्रबार भएको वर्षाले काँचो इँटा पूर्ण रूपमा नष्ट भई इँटा उद्योगमा ठुलो क्षति भएको हो । सेती महाकाली इँटा उद्योग व्यवसायी सङ्घ जिल्ला समितिका अनुसार यहाँ रहेका प्रत्येक इँटा उद्योगमा पाँच लाखदेखि सात लाखसम्म काँचो इँटा नष्ट भएको छ । जिल्लाभर ५२ वटा इँटा उद्योग छन् ।
इन्धन र कोइलाको मूल्यवृद्धिसँगै महँगियो इँटा
अन्तर्राष्ट्रिय बजारमा इन्धन र कोइलाको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपालमा इँटाको मूल्य ह्वात्तै बढेको छ । निर्माणको मुख्य सामग्री इँटाको भाउ बढेपछि अहिले घर बनाउने तयारीमा रहेका सर्वसाधारण र निर्माण व्यवसायी मारमा परेका छन् । पछिल्लो समय डिजेल र पत्थर कोइलाको मूल्यमा भएको वृद्धिका कारण इँटाको लागत महँगो पर्न गएको व्यवसायीको भनाइ छ ।
संसद् अधिवेशन नयाँ सरकारको सिफारिसमा
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथलगत्तै सङ्घीय संसद्को बैठक बस्ने गरी नयाँ निर्वाचित सरकारले अधिवेशन आह्वान गर्ने भएको छ । वर्तमान सरकारबाट संसद्को अधिवेशन आह्वानसम्बन्धी सिफारिस नहुने धारणा आएपछि नयाँ सरकारले नै सङ्घीय संसद्को अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएको छ ।
सुकौराकोट दरबारको उत्खनन हुँदै
दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित सुकौराकोट दरबार उत्खनन हुने भएको छ । पुरातत्व विभागको काठमाडौँबाट जाने पुरातत्वविज्ञसहितको टोलीले करिब दुई महिनासम्म खोज अनुसन्धान गरेर दरबार अध्ययन गर्ने भएको हो ।
ई–पेन्सन सेवा सुरु
राष्ट्रिय किताबखाना (निजामती) ले ई–पेन्सन सेवा सुरु गरेको छ । किताबखानाले प्रदान गर्ने अधिकांश सेवा अनलाइनमा आधारित बनाउँदै सेवाग्राहीले अनलाइनबाटै सेवा प्राप्त गर्न सक्ने गरी ई–पेन्सन सेवा सुरु गरेको हो । आगामी दिनमा सेवाबाट राजीनामा दिएका वा अनिवार्य अवकाश भएका सबै कर्मचारीले पेन्सन वा उपदानबाट निवृत्त भएपछि पाउने सेवाका लागि किताबखाना धाइरहनु पर्दैन ।
सरसफाइले रोक्छ मुखसम्बन्धी रोग
दाँतको सरसफाइले मात्र मुख तथा दाँतको ९५ प्रतिशत रोग रोक्न सकिने भए पनि दन्त स्वास्थ्यमा मानिसको बेवास्ताले गर्दा रोग बढिरहेको छ । खानपान तथा जीवनशैलीका कारण दाँतका बिरामी दिनप्रतिदिन बढिरहेका छन् । दाँत किराले खाने समस्या नेपालमा मुखसम्बन्धी सबैभन्दा ठुलो समस्या देखिएको छ । त्यसपछि गिजासम्बन्धी समस्या पनि देखिएको छ । पानपराग, गुट्खा, सुर्तीजन्य पदार्थ सेवनले गर्दा पनि दाँतको रोग बढिरहेको छ ।
अस्पतालमा आक्रमण चौँसट्ठी जना मारिए
सुडानको एक अस्पतालमा गरिएको आक्रमणमा ६४ जना मारिएका छन् । सो घटनामा ८९ जना घाइते भएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । युद्धग्रस्त सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको छ । त्यहाँ पश्चिमी डार्फर क्षेत्रको एक अस्पतालमा गरिएको प्रहारमा कम्तीमा ६४ जनाको ज्यान गएको छ । मृतकमध्ये १३ जना बालबालिका हुन् ।
थप ४६ करोडको मागदाबी
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । विमानस्थल निर्माणका लागि परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै आयोगले आइतबार २१ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको हो ।
बदलियो मौसम पूर्वानुमानको भाष्य
नेपालका सन्दर्भमा पहिला पहिला झ्यालबाट हेरेर बादल लागेको भरमा पानी पर्ने वा नपर्ने अनुमान गरिन्छ भन्ने कहावत थियो । तर अहिले विज्ञान र प्रविधिको विकाससँगै पानी पर्ने, हिउँ पर्ने, हुरीबतासलगायत बाढीपहिरोको समेत पूर्वानुमान गर्न लागिएको छ ।
आर्थिक अभावले कक्षा छाड्नुभएका विद्यार्थीलाई सहयोग
सुनसरीको इनरुवा नगरपालिका –७ बर्छवाकी १० वर्षीया राजकुमारी ऋषिदेवले आर्थिक अभावका कारण कक्षा ४ मा बिचैमा कक्षा छाड्नुभएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि बालिकालाई विद्यालय नियमित जान दाताहरुले सहयोग गर्नुभएको छ ।
ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने
ताप्लेजुङमा चैत १२ गतेदेखि सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने भएको छ । सातौँ बज्रगुरु मन्त्रजप मुल आयोजक समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै तीन दिने मन्त्रजप कार्यक्रम हुनेबारे जानकारी गराएको हो ।
हिमपात र असिनाको चिसोले १२ भेडा मरे
शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका–२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् ।
बालबालिकालाई तीन महिने प्रशिक्षण
यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन, बाजा, खेल र वाचनकला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
इँटामा क्षति भएपछि व्यवसायी चिन्तित
बेमौसमी वर्षाले काँचो इँटामा ठुलो नोक्सान गरेपछि इँटा व्यवसायी चिन्तित् भएका छन् । इँटाले मूल्य नपाइरहेको अवस्थामा बेमौसमी वर्षाले झन क्षति बेहोर्नु परेको भन्दै उनीहरु चिन्तित् भएका हुन । प्री–मनसुन अवधिमा शुक्रबार भएको वर्षाले काँचो इँटा पूर्ण रुपमा नष्ट भइ इँटा उद्योगमा ठुलो क्षति भएको छ ।
बागलुङमा ‘मिडिया मेला’ आयोजना हुने
बागलुङलाई राष्ट्रिय रूपमा चिनाउन मिडिया मेला गर्न लागिएको छ । पत्रकारको मेलाको रूपमा लिइएको मेलामा देशभरका पत्रकार बागलुङमा जम्मा हुनेछन् । नेपालमा नमूना कार्यक्रमको रुपमा रहेको मिडिया मेलाको तयारीलाई महासंघले तिब्रता दिएको छ ।
मानवअधिकार संस्थाद्वारा नौ बस्ता कारागारको अनुगमन
मानव अधिकारवादी संस्था इन्सेक र एडभोकेसी फोरम नेपालका पदाधिकारीहरूले बाँकेस्थित नौ बस्ता कारागार र जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत व्यवस्थापनको संयुक्त अनुगमन गरेका छन् ।
लमजुङमा किन घट्दै छ चैते धान खेती ?
विगतको तुलनामा लमजुङमा चैते धान खेती घट्दै गएको छ । विगतमा ६ सय हेक्टर जमिनमा चैते धान खेती गरिने गरिएकोमा आजभोलि मुस्किलले सय हेक्टरमा मात्र खेती हुँदैआएको हो ।
राइनासकोटको लालीगुराँसप्रति पर्यटक आकर्षित
राता जस्ताले छाएको गुजुमुज्ज गाउँ । बनभरी फुलेका ढकमक्क लालीगुराँस र दन्तेलहर देखिने सेता हिमालले राइनासकोटको सुन्दरता बढाएको छ ।
पहिरोले अवरुद्ध सडक पुनः सुचारु
शनिबार साँझबाट अबरुद्ध रवि–राँके–भेडेटार सडकखण्ड पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका –६ थुम्कीमा शनिवार साँझ पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।
प्रसूति अस्पतालको लगानीमा फोहोर व्यवस्थापन
काठमाडौँ महानगरपालिका अन्तर्गत सहरी स्वास्थ्य प्रवर्र्धन केन्द्रको फोहोर व्यवस्थापन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले हानिकारक अस्पतालजन्य फोहोर व्यवस्थापन प्लान्ट स्थापना गर्न दुई करोड रुपियाँ अनुदान प्रदान गरेपछि महानगरको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको फोहोर व्यवस्थापन हुने छ ।
उत्तराखण्डको चक्रपथमा पुल निर्माण सुरु
पूर्वी चितवनको उत्तराखण्ड चक्रपथ अन्तर्गत भालुखोलामा पुल निर्माण सुरु भएको छ । पूर्वपश्चिम राजमार्गभन्दा उत्तरतर्फ भरतपुरबाट कालिका नगरपालिका, खैरहनी नगरपालिका हुँदै पूर्वी चितवनको लोथरखोलासम्म पुग्ने वैकल्पिक सडक उत्तराखण्डमा पुल निर्माण सुरु भएको हो ।
‘भोजमा नबोलाउनु, दुःखमा आफैँ आइपुग्छु’
सुशासन र सदाचार कमजोर हुँदा ‘अटेरी अभियान’ चलाउनुभएका पोखरा महानगरपालिका–१४, मझेरीपाटनका बासिन्दा खड्कराज (गनेस) पौडेल जनप्रतिनिधि बन्नुभएको छ । यो अभियान चलाउँदाचलाउँदै अहिले देशको नीति निर्माण र सुशासन कायम गराउने ठाउँमा पुग्नुभएको छ ।
जनजाति महासंघको अध्यक्षमा ह्योल्मो निर्वाचित, महासचिवमा सारु मगर
आदिबासी समुदायको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित हुनुभएको छ ।