जलवायुको सर्वाधिक जोखिममा मधेश
जलवायु परिवर्तन र मौसमी घटनाक्रमको गम्भीर असर झेल्दै आएको नेपालमा जलवायु अनुकूल योजनामा ध्यान नदिए मुलुकले अनेकन प्रकोप र विपत्को जोखिम झेल्नुपर्ने वातावरण विज्ञहरूले बताउनुभएको छ । ८० प्रति
यातायात ठप्प हुँदा यात्रु मर्कामा
पाथीभरा केबुलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको यातायात बन्दका कारण यात्रु मारमा परेका छन् । सो समूहले आह्वान गरेको बन्दका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा स्थानीय यातायात सेवा ठप्प हुँदा यात्रु मारमा परेका हुन् ।
‘मृत्युभोजका लागि दबाब छैन’
तराई मधेशमा परापूर्वकालदेखि चल्दै आइरहेको मृत्युभोज नियन्त्रण हुन लागेको यादव जातिका सभापति माइनजनहरूले बताएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सङ्घीय सांसद गङ्गाप्रसा
शुक्लाफाँटामा कृष्णसार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा संरक्षित कृष्णसार । निकुञ्जमा स्थानान्तरण गरेर डेढ दशक अघि ल्याइएका ४२ वटा कृष्णसारको सङख्या बढेर हाल तीन सय बढी पुगेको छ ।
बिजुलीको सास्ती हट्यो
रुपन्देहीको सैनामैना नगरपालिका–९, पिपलडाँडामा ३३ केभिएको विद्युत् सबस्टेसन सञ्चालन भएपछि सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाका स्थानीय हजारौँ घरपरिवारले ‘लो भोल्टेज’ बाट मुक्ति पाएका छन् । विद्युत् सबस्टेसन नबन्दासम्म विद्युत् भोल्टेज नहुँदा निकै सास्ती पाएका स्थानीयले अहिले गर्मीयाममा भोल्टेजमा सुधार भएकोमा ठुलो सुविधा पुगेको बताएका छन् । सैनामैना नगरपालिका वडा नं. ९ का पूर्ववडाध्यक्ष डोलराज भण्डारीले सब–स्टेसन निर्माण भएपछि सैनामैना र कञ्चन गाउँपालिकामा लो भोल्टेज समस्या हल हुँदा गर्मीको समयमा जनतालाई राहत मिलेको बताउनुभयो ।
सडक किनारामा फूल
मोरङको उर्लाबारीबाट मिक्लाजुङ जाने सडक किनारमा रहेका रुखमा फुलेका फूल ।
हिउँदे मकै भित्र्याउन भ्याइनभ्याइ
लमही नगरपालिका–४ निवासी सुन्दरलाल चौधरीले ११ कट्ठा जग्गामा गरेको हिउँदे मकै खेती भित्र्याउन अहिले व्यस्त हुनुहुन्छ । खेतबारीमा लगाइएको मकै तयार भएपछि चौधरीको परिवार मकै व्यवस्थापनमा जुट्नुभएको हो । वर्षमा दुई बाली मकै खेती गर्दै आउनुभएका चौधरीले राम्रो आम्दानीसमेत गर्दै आउनुभएको छ । यो वर्ष मकैको राम्रो घोगा लागेकाले आम्दानी बढ्ने आशामा रहनुभएका चौधरी मकै बिक्री गरेर घरायसी आवश्यकता पूर्तिसँगै बर्खे धान खेतीका लागि मल र बिउ किन्ने तयारीमा रहेको बताउनुहुन्छ ।
दैलेखको ऐतिहासिक कोतगढी
दैलेखको नारायण नगरपालिका–१ मा रहेको ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम । यो गढी करिब चौधौँ शताब्दीतिर बनेका पूर्वका ‘सिन्धुलीगढी’ र ‘अमरगढी’ भन्दा निर्माणका हिसाबले पुरानो गढी मानिन्छ ।
मूलपानी क्रिकेट मैदान
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका – ६ स्थित मूलपानीमा रहेको मूलपानी क्रिकेट मैदान।