साधारण परिवेशबाट प्रेरणादायी उदाहरण
झापा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा निवर्तमान उपसभामुख इन्दिरा रानामगरको जीवन कथा साधारण परिवेशबाट असाधारण यात्रासम्मको प्रेरणादायी उदाहरण बनेको छ ।
‘केन्द्र र प्रदेशसँग समन्वयकारी भूमिका निर्वाह गर्छु’
वाम आन्दोलन र सशस्त्र सङ्घर्षको लामो यात्राबाट राष्ट्रिय राजनीतिमा फरक पहिचान बनाएका नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादव यस पटक पुनः प्रतिनिधि सभा
सात वर्षपछि सडक स्तरोन्नति
कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडकको सिमकोट गाउँपालिका–५ र ६ को मानसरोवर माध्यमिक विद्यालयदेखि लाग्नासम्मको सडक स्तरोन्नति कार्यले गति लिएको छ । सात वर्षपछि सडकछेउछाउका स्थानीय जग्गाधनीले सहमति दिएपछि हिल्सा–सिमकोट सडक योजनाले सो खण्डको स्तरोन्नतिसहित ग्राभेल गर्ने कार्य थालेको छ ।
अब नझुक्याउन टीकापुरवासीको अनुरोध
सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गर्न लागेको टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयको ऐन छिटो ल्याउन टीकापुरवासीले अनुरोध गरेका छन् । शुक्रबार टीकापुर नगरपालिकामा भएको सर्वदलीय, सर्वपक्षीय बैठकका सहभागीले यस्तो अनुरोध गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय खोल्ने घोषणा गरेको थियो भने सो वर्ष पाँच करोड रुपियाँ र चालु आवमा पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ ।
आवेदक नभेटिँदा विद्यालयमा शिक्षक अभाव
आवेदक नभेटिँदा विद्यालयमा शिक्षक अभाव
हिमपात हुँदा पर्यटक उत्साहित
दुई वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुगुमा यस वर्ष बेमौसमी चैतमा भारी हिउँ परेको छ । गत शुक्रबार बिहानदेखि लगातार हिउँ परिरहेको छ । अक्सर मङ्सिरको अन्त्यतिर पर्नुपर्ने हिउँ चैतमा परेको हो ।
‘मेरो अध्ययनको ज्ञान देश निर्माणमा लगाउने छु’
समकालीन राजनीतिमा उच्च शैक्षिक योग्यता भएका बिरलै व्यक्तिमध्येका एक हुनुहुन्छ डा. कृष्णहरि बुढाथोकी । एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापबाट बुढाथोकीले संसदीय यात्रा तय गर्नुभएको हो ।
‘सुखड–भजनी सडकलाई भारतीय बजारसम्म जोड्न पहल गर्छु’
लामो समयदेखि जनप्रतिनिधि हुने प्रयास गरिरहेका जगतप्रसाद जोशी कैलाली क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य बन्न सफल हुनुभएको छ । विगतमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बन्दै आएका जोशी यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ ।
घटे एसइई परीक्षा दिने विद्यार्थी
माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने नियमित विद्यार्थी बर्सेनि घट्दै जान थालेका छन् । तथ्याङ्क अनुसार चार वर्षअघि नियमित परीक्षा दिने पाँच हजारभन्दा बढी विद्यार्थी हुन्थे भने यो वर्ष नियमित परीक्षा दिने विद्यार्थी सङ्ख्या घटेर तीन हजार ९२१ रहेको छ । बसाइँसराइ र बेरोजगारी जस्ता कारणले नियमित परीक्षा दिने विद्यार्थी घट्दै गएको पाइएको छ ।
निफको प्रिइभेन्ट ‘छोटा चलचित्र उत्सव’
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रिइभेन्ट अन्तर्गत ‘छोटो चलचित्र उत्सव’ आयोजना गरिएको छ । कार्यक्रममा निफका अघिल्ला संस्करणमा पुरस्कृत छोटा चलचित्रहरू ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ देखाइएको थियो ।
भाइचाराको सन्देश : इद उल फित्र
इस्लाम धर्मावलम्बीहरूको एक महिना लामो कठोर आत्मसंयम र उपासनाको पर्व ‘रमजान’ सकिएसँगै शनिबार देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ ‘इद उल फित्र’ मनाएका छन् । देशभरका इदगाहमा सामूहिक प्रार्थना गर्दै, विभिन्न परिकार सेवन तथा एक आपसमा खुसी साट्दै उक्त पर्व मनाइएको छ ।
विद्यालयमा मूर्ति स्थापना
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–१, बालुवाटारस्थित ज्वालादेवी माध्यमिक विद्यालयमा स्थापित सरस्वती र गणेश मूर्तिको प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ । विद्यालयमा शनिबार आयोजित कार्यक्रममा प्राडा विद्यानाथ कोइराला, सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कोइराला, ज्येष्ठ नागरिक अमन्तिनाथ कोइराला, विद्यालयका पूर्वप्रधानाध्यापक रामकृष्ण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष कौशल कोइरालालगायतले विद्यालयमा स्थापित स्वर्गीय ज्वालादेवी श्रेष्ठको प्रतिमाको सामूहिक रूपमा उद्घाटन गर्नुभएको थियो ।
कोशीमा गहुँ खेती खुम्चिँदै
प्रमुख खाद्य बाली मानिने गहुँ खेतीको उत्पादन कोशी प्रदेशमा खुम्चिँदै गएको छ । तराईमा मकै र चैते धान तथा पहाडमा किवी, तरकारी र सुन्तलाजन्य बालीले गहुँबालीलाई प्रतिस्थापन गर्दा कोशी प्रदेशमा गहुँ खेती खुम्चिँदै गएको हो ।
भ्याटमा बहुदर प्रणाली माग
व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट) बहुदर प्रणाली हुनुपर्ने माग राखेका छन् । नेपाल व्यापार सङ्घको ३३ औँ वार्षिक साधारण सभा तथा १७ औँ अधिवेशनमा करका दर घटाउनुपर्ने माग पनि व्यवसायीले गरेका हुन् ।
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौँको क्षति
शुक्रबार र शनिबार परेको वर्षा र हावाहुरीका कारण देशभरका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ । उत्पादनको अन्तिम चरणमा रहेका करोडौँ इँटा काम नलाग्ने बनेका छन् । उद्योगमा क्षति पुगेपछि यतिबेला उद्योगी समस्यामा परेका छन् । इँटा उद्योगको बिमा गर्ने नीति नभएर क्षति भएको अवस्थामा पनि भुक्तानी पाउने कुनै आधार नरहेको उनीहरूको गुनासो छ । बेमौसमी वर्षाले लुम्बिनी र मधेश प्रदेशका इँटा उद्योगमा ठुलो आर्थिक क्षति पु¥याएको छ । रुपन्देही, बाँके, कपिलवस्तु र दाङ जिल्लामा पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा गलेर नष्ट हुँदा उद्योगीले करोडौँ रुपियाँ बराबरको घाटा बेहोर्नु परेको छ ।
संसद् अधिवेशनका लागि तयारी पूरा
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको शपथ तथा संसद् अधिवेशन सञ्चालनका लागि सभाकक्षलगायतको सबै तयारी पूरा भएको छ । अन्ततः निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदको शपथग्रहण तथा संसद् अधिवेशन सञ्चालनका लागि तयारी गरिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
इरानसँगको युद्ध चाँडै अन्त्य हुने सम्भावना
अमेरिका र इजरायलले इरानसँगको जारी युद्ध चाँडै अन्त्य हुने सम्भावना रहेको बताएका छन् । युद्ध अन्त्य गर्न चौतर्फी दबाब परेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले इरानविरुद्धको सैन्य कारबाही क्रमश ः कम गर्दै जाने सङ्केत गर्नुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको हो ।
युद्धको सन्त्रासमा महँगीको भार
पश्चिम एसियामा युद्धको असरले महँगी बढेपछि त्यहाँका श्रम गन्तव्य मुलुकमा कार्यरत नेपाली मर्कामा पर्न थालेका छन् । अमेरिका/इजरायल–इरान युद्धका कारण पश्चिम एसियाका श्रम गन्तव्य मुलुकमा आकाश छुने गरी महँगी बढ्दै गएको छ । दैनिक उपभोग्य सामग्रीमा समेत १० देखि २० प्रतिशत मूल्यवृद्धि भएको पश्चिम एसियाका १० मुलुकस्थित नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन् ।
जातीय भेदभावविरुद्धको प्रतिबद्धता माग
जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि स्पष्ट नीति र कार्यक्रमको माग गरिएको छ । संविधान, नारा, भाषण र घोषणामा छुवाछुत अन्त्य भए पनि व्यवहारमा हुन नसकेको भन्दै ठोस नीति र कार्यक्रमसहितको प्रतिबद्धताको माग गरिएको हो ।
सरकार गठनको तयारीमा रास्वपा
प्रतिनिधि सभामा झन्डै दुई तिहाइ (१८२ स्थानमा) जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको आन्तरिक तयारीमा जुटेको छ । प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेको रास्वपाको नेतृत्वमा एकल सरकार गठन हुने भएसँगै पार्टीका शीर्ष नेता आन्तरिक छलफल र तयारीमा जुटेका छन् ।
‘सहमति, सहकार्य र एकता’ का प्रवर्धक
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको नायकत्वमा नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश ग¥यो । उहाँले नै देशलाई क्रान्तिकारी रूपान्तरणमार्फत नवीन गन्तव्यतर्फ अघि बढाउने नेतृत्व गर्नुभएको थियो । उहाँको सूत्र थियो, ‘सहमति, सहकार्य र एकता ।’
‘जातीय भेदभाव अन्त्य गर्न स्पष्ट नीति चाहिन्छ’
जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि स्पष्ट नीति र कार्यक्रमको माग गरिएको छ । संविधान, नारा, भाषण र घोषणाहरुमा छुवाछूत अन्त्य भए पनि व्यवहारमा हुन नसकेको भन्दै ठोस नीति र कार्यक्रमसहितको प्रतिबद्धताको माग गरिएको हो ।
सहिदभूमिमा पिकअप दुर्घटना हुँदा चारजना घाइते
धनकुटाको सहिदभुमि गाउँपालिकामा पिकअप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। आज दिउँसो २ बजेतिर सहिदभुमि गाउँपालिका वडा ३ ढोडेस्थित भित्रि सडक खण्डमा गुर्धुमबाट पञ्चकन्यातर्फ जाँदै गरेको को १ ज २२९५ नम्बरको पिकअप अनियत्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
चिनियाँ चुरोट ओसार–पसार गर्ने चारजना पक्राउ
एम्बुलेन्स प्रयोग गरी अवैध रूपमा चिनियाँ चुरोट ओसार–पसार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको छ।