मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै
शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।
एम्बुलेन्समाथि आक्रमण गर्ने तीन युवक पक्राउ
बिरामी बोकेर जाँदै गरेको एम्बुलेन्समाथि आक्रमण तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ ।
गर्भवती महिलाको हवाइ उद्धार
दुर्गम हिमाली जिल्ला हुम्लाबाट एक गर्भवती महिलाको ज्यान बचाउन हवाइ उद्धार गरिएको छ । चङ्खेली गाउँपालिका–४ की ३४ वर्षीया बासना शाहीलाई जटिल स्वास्थ्य अवस्थाका कारण शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
जातीय विभेद उन्मूलनमा सहकार्यको माग
६१ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित महिला सशक्तीकरण परियोजनाको आयोजनामा बाँकेको नेपालगञ्जमा सो कार्यक्रम सम्पन्न भएको हो।
रेसुङ्गा गौशाला क्षेत्रमा एक जना मृत फेला
गुल्मीको रेसुङ्गा गौशाला क्षेत्रमा एक जना व्यक्ति मृत फेला परेका छन् । रेसुङ्गा नगरपालिका–३, भाडगाउँका ७५ वर्षीय ज्ञानेश्वर पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
झोलुङ्गे पुल निर्माणले स्थानीयलाई सहज
पानी परेपछि उर्लिएर आउने छल्दी खोला तर्न स्थानीयलाई ठूलो सकस थियो । उब्जनी हुने छल्दीको ठुलो फाँटमा आउन टारीका स्थानीयलाई बर्खामा खोला पस्नुपर्ने बाध्यता थियो ।
संस्कृति र पर्यटन प्रवर्धनको लागि एकीकृत पहल
तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा स्थानीय पहिचान, संस्कृति संरक्षण र पर्यटन प्रवर्धनलाई केन्द्रमा राखेर एकीकृत अभियान सुरु गरिएको छ ।
चिनियाँ राजदूतद्वारा तिलौराकोटको अवलोकन
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्राचीन तिलौराकोट क्षेत्रको भ्रमण तथा अवलोकन गर्नुभएको छ । भगवान् बुद्धले आफ्नो जीवनको २९ वर्ष विताएको ठाउँ प्राचीन तिलौराकोटको भ्रमण तथा अवलोकन गर्नुभएको हो ।
उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज
दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरामी उपचारपछि निको भएर घर फर्किएका हुन् ।
बजेट नआउँदा प्रशासनिक भवन निर्माण रोकिने चिन्ता
स्थानीय पूर्वाधार विकास विभागले समयमा बजेट नपठाइदिँदा मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण रोकिने भएको छ ।
होमस्टे सञ्चालकलाई निःशुल्क कुक तालिम
गुम्बा डाँडा सामुदायिक होमस्टेका सञ्चालकलाई निःशुल्क कुक तालिम दिन सुरु गरिएको छ। होमस्टेमा आबद्ध २४ जना सञ्चालकलाई निःशुल्क एक महिने कुक तालिम दिन सुरु गरिएको हो।
सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ ।
दुर्लभ वन्यजन्तुु रेडपान्डा महोत्सव गरिने
विश्वमै दुर्लभ मानिएको वन्यजन्तु रेडपान्डाको संरक्षणमा जनचेतना जगाउने उद्देश्यले इलामको उत्तरपूर्वी सीमावत्र्ती क्षेत्र कालपोखरीमा रेडपान्डा महोत्सव आयोजना हुने भएको छ ।
हेटौँडाका मुस्लिम समुदायले मनाए इद पर्व
इस्लाम धर्मावलम्बीले शनिबार हेटौँडामा इद–उल–फित्र (इद) पर्व मनाएका छन् । हेटौँडास्थित जामे मस्जिदमा बिहान इदको नमाज पढेपछि एक अर्कामा शुभकामना आदान–प्रदान गर्दै मुसलमानहरूले खुसियाली साटासाट गरेर यो पर्व मनाएका हुन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ ।
नेपालगन्जबाट लक्ष्यको ८० प्रतिशत राजस्व सङ्कलन
पश्चिमका प्रमुख नाकाहरूमध्येको एक नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले आठ महिनाको अवधिमा निर्धारित लक्ष्यको ८० प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको छ ।
निर्वाचनको समीक्षा गर्न ढिलाइ गर्नुहुन्न : पूर्वमन्त्री गुरुङ
नेकपा (एमाले) का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एमालेले निर्वाचनको समीक्षा गर्ने काममा ढिलाइ गर्न नहुने बताउनु भएको छ ।
जनजाति महासङ्घको बन्दसत्र जारी, नेतृत्व आजै चयन हुने
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) को ११ औं महाधिवेशनको बन्दसत्र आज पनि जारी छ । चैत ५ र ६ गते समय निर्धारण गरिएको बन्दसत्र लम्बिदा आज तेस्रो दिन पनि जारी छ ।
पूर्वाधारविज्ञ हुँदै सङ्घीय संसद्सम्म
विकास निर्माण र यातायात पूर्वाधारविज्ञ आशिष गजुरेललाई नेपालमै बसेर केही गरौँ भन्ने हुटहुटी सदैव लाग्थ्यो । अझ विदेशमा अध्ययन गर्दा त्यहाँ देखेको भौतिक पूर्वाधारको विकासले
कालीगण्डकी धार्मिक संस्कृति र सम्पदा
नेपालका तीन वटा नदी प्रणालीमध्ये एक गण्डकी अन्तर्गत नारायणी नदीको सहायक नदी हो– कालीगण्डकी । चितवन र तनहुँको सङ्गमस्थल देवघाटधामनजिक पुगेर नारायणी नदीमा मिसिन्छ– कालीगण्डकी नदी । कालीगण्डकी नदीको सुरुवाती चाहिँ नेपालको मुस्ताङ जिल्लाको न्युबिन हिमाल हिमसञ्चित क्षेत्रबाट भएको हो । यो क्षेत्रको उचाइ २० हजार ५४६ फिट (छ हजार २६८ मिटर) उ
शिक्षा र सामाजिक सेवाबाट प्राप्त अनुभवलाई सदनमा प्रयोग गर्ने
रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गणेश पौडेल यतिबेला चर्चामा रहनुभएको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र
विद्यमान कानुनको हेरफेर संशोधन र परिमार्जन अपरिहार्य
प्रतिनिधि सभा सदस्यमा मोरङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद यज्ञमणि न्यौपानेले सुशासन र विधिको शासनका लागि आफूले प्रतिनिधि सभामा आवाज उठाउने बताउनुभयो ।
‘सहिदको सपनालाई मार्गदर्शन मानेर काम गर्छु’
गोरखाको सामान्य परिवारमा जन्मिएका डा. स्वर्णिम वाग्ले अहिले नेपाली राजनीतिको चर्चित र प्रभावशाली अनुहारका रूपमा स्थापित हुनुभएको छ । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेका वाग्ले तनहुँ–१ बाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
‘मतदाताको विश्वास टुट्न दिन्नँ’
लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा परिचय बनाउँदै आएका दङ्गीशरण गाउँपालिका–४, मौलीगाउँका कमल सुवेदीको परिचय अब फेरिएको छ । यसअघि सामाजिक अभियन्ताका रूपमा चिनिँदै आएका सुवेदी अब देशको नीतिनिर्माण गर्ने स्थानमा पुग्नुभएको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ–३ बाट निर्वाचित भएपछि उहाँको यो नयाँ परिचय थपिएको हो ।
पुरातत्वले स्वीकृति नदिँदा सुविधा थप्न ढिलाइ
हिन्दु तथा बौद्धमार्गीको महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थालुको सुविधालाई लक्ष्य गरी मर्मत तथा सुविधा थप्न ढिलाइ भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ मा अवस्थित मन्दिरमा पूर्वाधार थपका लागि मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार पुरातत्त्व विभागमा प्रस्ताव गरिएको लामो समय बितिसक्दासमेत अनुमति नदिइएकाले काम हुन नसकेको हो ।