मूलपानी क्रिकेट मैदान
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका – ६ स्थित मूलपानीमा रहेको मूलपानी क्रिकेट मैदान।
बच्चा बोकेर काफल बिक्री गर्दै महिला
दाङ घोराहीको न्यूरोड सडक किनारामा दुधे बालक काखमा राखेर काफल, काँक्रा तथा तरकारी बिक्री गर्दै रोल्पा रुन्टिगढी गाउँपालिका(४ स्थित सुर्पालकी बिपना बिक ।
चुरे गाउँमा पुग्यो मोटरबाटो
मोटरबाटोले नछोएको वराहक्षेत्र नगरपालिका–१ को दुईचुरे गाउँमा मोटरबाटो पुगेको छ । छ महिनाअघि वराहक्षेत्र नगरपालिकाले मोटरबाटोका लागि प्राविधिक अध्ययनको काम सुरु गरेको बाक्सिङ्टार र सिलपाखा टोलमा पहिलो पटक मोटरबाटो पुगेको हो ।
मुस्ताङको छुसाङ गाउँ
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङ गाउँको स्याउ बगैँचाको हरियारी र पृष्ठभूमिको सुक्खा कलात्मक पहाड ।
निकुञ्जमा त्रियासी वटा कृत्रिम पोखरी निर्माण
बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिसकिएको निकुञ्जले जनाएको छ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाने तथा त्यसपछि वन्यजन्तुलाई खानेपानीको निकै समस्या हुने गरेकोमा सो समस्या समाधान गर्न हालसम्म निकुञ्जभित्र ८३ वटा कृत्रिम पानीपोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताउनुभयो ।
गोठीकाँडा क्षेत्र
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १४ मा रहेको गोठीकाँडा क्षेत्र । यो सिंजा राज्य हुने बेलाको प्रशासनिक केन्द्रसमेत भनेर चिनिन्छ।
मूल्य नपाएपछि दुग्ध उत्पादन गोदाममा
चितवनको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले उत्पादन गरेको पाउडर दुध र नौनी बिक्री नभएपछि गोदाममा थन्किएको छ । किसानबाट दुध सङ्कलन गरी यसका विभिन्न उत्पादन बिक्री गर्दै आएको सहकारीले उत्पादन गरेको पाउडर दुधले मूल्य नपाएपछि गोदाममा थन्किएको हो । संस्थाले सङ्कलन गरेको दुधबाट पाउडर र नौनी बनाउने गरेको छ । यसरी बनाएको पाउडर दुध र नौनीले मूल्य नपाउँदा गोदाममा राख्न बाध्य भएको सहकारी संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाले जानकारी दिनुभयो । गोदाममा थन्किएको पाउडर दुध र नौनीको मूल्य तीन करोड रुपियाँभन्दा धेरै पर्ने सहकारीले जानकारी दिएको छ ।
माछा मार्दै गरेका महिला
दाङको राप्ती गाउँपालिकास्थित खौराह तालमा माछा मार्दै गरेका महिलाहरु ।
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत लिनका लागि बिहान १०ः१५ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।