• १७ चैत २०८२, मङ्गलबार

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

blog

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर ।

काठमाडौँ, चैत १७ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका अध्यक्ष ओली हाल चिकित्सकको निगरानीमा रहनुभएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिनुभयो । 

उहाँका अनुसार पित्तथैलीमा पत्थरी र पिसाबमा सङ्क्रमण देखिएपछि अध्यक्ष ओलीलाई निगरानीमा राखिएको हो । प्रवक्ता डा सेढाईंले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको बताउनुभयो । 

अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार प्रहरीले पक्राउ गरेपछि उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । रासस