• ७ चैत २०८२, शनिबार

रेसुङ्गा गौशाला क्षेत्रमा एक जना मृत फेला

blog

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), चैत ७ गते। गुल्मीको रेसुङ्गा गौशाला क्षेत्रमा एक जना व्यक्ति मृत फेला परेका छन् । रेसुङ्गा नगरपालिका–३, भाडगाउँका ७५ वर्षीय ज्ञानेश्वर पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

पाण्डे गौशालामा बस्दै आउनुभएको थियो । दिउँसो २ बजे गर्जुराबाट गौशाला जाने क्रममा सडकदेखि १०–१५ मिटर तल लडेको अवस्थामा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो। 

घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदिप नेपालीसहितको प्रहरी टोली घटनास्थल गएको सारुले बताउनुभयो ।