सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।
जता रुखको छाया, उतै कक्षाकोठा
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित इन्द्रज्योति आधारभूत विद्यालयमा ७५ जना बालबालिका अध्ययनरत छन् । उनीहरूको कक्षाकोठा भनेको रुखको छहारी हो । घामलाग्दा रुखमुनि पढाइ हुन्छ, पानी पर्दा भने पढाइ हुँदैन । घामका कारण रुखको छाया जताजता सर्छ, उतै उतै विद्यार्थी सारेर पढाइ हुने गरेको छ ।
कर्णाली राजमार्ग चौबिसै घण्टा खुलाउन माग
कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा रात्रिकालीन यातायात सञ्चालन नहुँदा रारा आउने पर्यटकलाई समस्या हुँदै आएको छ । छोटो बिदा लिएर रारा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन यात्रा बन्द हुँदा समस्या भएपछि खुलाउन दबाब बढेको छ । सडकको स्तरोन्नति गर्नुको सट्टा गाडी सञ्चालनमा रोक लगाएर सरकारले आमनागरिकलाई सास्ती दिएको गुनासो गर्दै कालीकोटका नागरिकले राजमार्गमा चौबिसै घण्टा यातायात खुलाउन माग गरेका छन् । एक दशकअघि सडक दुर्घटना धेरै भएको भन्दै सरकारले कर्णाली राजमार्गमा रात्रिकालीन यातायात बन्द गर्ने निर्णय गरेको थियो । कालीकोट र जुम्ला जिल्ला प्रशासनको अनुरोधमा सरकारले कर्णाली राजमार्गमा रात्रिकालीन यातायात रोकेको थियो ।
स्वास्थ्य शिविरका नाममा ठगी,नक्कली चिकित्सक पक्राउ
दिपायल सिलगढी नगरपालिका–४, राजपुरका कृष्णबहादुर कठायत वैशाख ३० गते स्वास्थ्य उपचारका लागि घरनजिकै सञ्चालन भएको स्वास्थ्य शिविरमा पुग्नुभयो । विशेषज्ञ डाक्टरसहितको टोलीले पाँच सय रुपियाँमा नयाँ प्रविधिबाट ‘होलबडी’ चेकजाँच गर्नुका साथै उपचार गरिरहेको जानकारी पाएपछि उहाँ स्वास्थ्य शिविरमा पुग्नुभएको हो ।
क्षयरोगीलाई पोषण
टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । क्षयरोगमुक्त पालिका अभियान सफल पार्न क्षयरोगको औषधी खाइरहेका बिरामीलाई पोषण वितरण गरेको हो । पोषणमा चामल, अन्डा, तेल, खाल, गेडागुडीलगायत तीन हजार रुपियाँ बराबरका सामग्री वितरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो ।
यार्चागुम्बा टिप्न विद्यार्थी लेकतिर
दार्चुला जिल्लाको उच्च हिमाली पाटनमा यार्चागुम्बा सङ्कलन कार्य सुरु भएको छ । अपि हिमाल गाउँपालिकाका अधिकांश विद्यालयका विद्यार्थी अभिभावकसँगै लेकतिर लागेका छन् । विद्यार्थी यार्चागुम्बा टिप्न लेकतिर लागेपछि विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । विद्यालय खुले पनि विद्यार्थी नआउने भएकाले बर्खे र हिउँदे बिदामा मिलान हुने गरेर विद्यालय बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक मदनराज जोशीले बताउनुभयो ।
आजबाट काठमाडौँका यी क्षेत्रमा बिजुली अवरुद्ध हुने
नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौँ उपत्यका भित्रका यी क्षेत्रहरूमा आजबाट विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
पोखराका स्पाबाट छ जना बालिकाको उद्धार
कास्कीको पोखरा महानगरको पर्यटकीय क्षेत्र लेक साइडमा सञ्चालनमा रहेका मसाज सेन्टर(स्पा)हरूबाट बुधवार छ बालिकाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालबाट खटिएको संयुक्त अनुगमन टोलीले स्पामा काममा लगाइएका १८ वर्षमुनिका बालिकहरुलाई उद्धार गरेको हो ।
काठमाडौँको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।