• ७ चैत २०८२, शनिबार

‘वंशवृक्ष’ को परिचर्चा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ७ गते । साहित्यिक पत्रकार सङ्घ तथा मिलाप म्यागेजिनको संयुक्त आयोजनामा कविद्वय प्रा. पुरुषोत्तम दाहाल र अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’ को परिचर्चा गरियो । सो अवसरमा कविद्वयले आआफ्ना कवितासमेत वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्राडा कुलप्रसाद कोइरालाले परिवारमा यस किसिमको साहित्यिक जागरण रहँदा नेपाली साहित्यको श्रीवृद्धिमा मलजल पुग्ने बताउनुभयो । उहाँले वंशवृक्षका बारेमा बोल्दै पिताको जीवाणु अंश छोराछोरीमा जानु स्वाभाविक भएको बताउँदै बाबुछोराको कुरा नभई सिर्जनशीलता निकै महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा कवि प्रा. पुरुषोत्तम दाहालले वंशवृक्ष कृतिबारे सङ्क्षेपमा प्रकाश पार्दै पुत्र अनिमेषलाई साहित्यकारहरूसँग साक्षात्कार परिचय गराउन परिचर्चा कार्यक्रम गरिएको बताउनुभयो । वंशवृक्षको रचना अमेरिकामा रहँदा गरिएको उल्लेख गर्नुभयो । कार्यक्रममा समालोचक युवराज मैनाली, डा. ज्ञानु अधिकारी, उपप्राध्यापक घनेन्द्र ओझालगायतले वंशवृक्ष कविता कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।