• ६ चैत २०८२, शुक्रबार

पत्रकारिताको आधारभूत सीपका लागि कार्यशाला

blog

कार्यशालामा समाचार स्टोरी लेखनबारेमा अनुशिक्षण दिइँदै ।

लक्ष्मी तिमिल्सेना

जमुनाह, चैत ६ गते। नेपालगञ्जमा पत्रकारिताका आधारभूत सीपहरूबारे एक दिने कार्यशाला आयोजना गरिएको छ। समाचार स्टोरीको आइडिया कसरी बनाउने र स्रोतसम्म कसरी पुग्ने विषयमा केन्द्रित भएर कार्यशालामा जानकारी दिइएको छ । 

कार्यशालामा अन्तर्राष्ट्रिय मिडियाहरूमा सक्रिय रूपमा काम गरिरहनुभएकी पत्रकार यामकुमारी कँडेलले सहजीकरण गर्नुभएको थियो। सहभागीहरूले स्टोरी आइडिया पहिचान र प्रभावकारी पिच तयार गर्ने सीपबारे व्यावहारिक अभ्यास गराइएको छ । 

कार्यशालाको क्रममा सहभागीहरूलाई दुई समूहमा विभाजन गरी समसामयिक विषयहरूमा आधारित स्टोरी आइडिया र पिच विकास अभ्यास गराइएको थियो। कार्यक्रममा क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष सावित्री गिरी, संस्थापक अध्यक्ष अछरी पोख्रेल, नेपाल पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष करुणा शाह लगायतले कार्यक्रमलाई निरन्तरता दिँदै महिलाको सीप विकासमा थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा प्रशिक्षक कँडेललाई क्रियाशील पत्रकार महिला बाँकेले यसै वर्ष प्रकाशन गरेको “हाम्रो आवाज” नामक पुस्तक तथा मायाको चिनो प्रदान गरेको थियो।