रारा घुम्न आएकी महिलाको मृत्यु
पर्यटकीय क्षेत्र रारा घुम्न आएकी एक महिला पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका निवासी ३० वर्षीया सदीक्षा घिमिरे रहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाले जानकारी दिनुभयो।
जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ
जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो ।
पूर्व तयारीसाथ विद्यार्थीको विदाई
बाजुराको तोली देवलडाँडा मावि तोलीले कक्षा १० र १२ का विद्यार्थीलाई पूर्व तयारीसाथ विदाई गरेको छ । त्रिवेणी नगरपालिका –४ तोलीमा रहेको तोलीदेवलडाँडा माविले दश कक्षाका विद्यार्थीको चैत १९ गतेमा एसईई र १२ कक्षाका विद्यार्थीको बैशाखमा परीक्षा हुने भएकाले उनीहरुलाई त्यो परीक्षामा सामेल हुनेगरी पूर्व तयारीका साथ विदाई गरेको हो ।
बालसुधार गृहका बालकलाई खेलकुद सामग्री
बाँकेको नौवस्ता बालसुधार गृहमा रहेका कानुनी विवादमा परेका बालकहरूका लागि एडभोकेसी फोरम नेपालले खेलकुद सामग्री सहयोग उपलब्ध गराएको छ ।
गुल्मीमा महिला मृत फेला
गुल्मीको छापहिलेमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको मालिका गाउँपालिका –५ छापहिलेकी ४४ वर्षीया बिमला सुनार मृत फेला पर्नुभएको हो ।
जनजाति महासंघको नयाँ नेतृत्व रातिसम्म चयन गर्ने तयारी
नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र हुँदैछ । विहान ९ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र दिनको २ बजेसम्म पनि सुरु हुन सकेको छैन ।
विद्या मन्दिरलाई नमुना बनाउने अभियान
राजनीतिक हस्तक्षेप, आर्थिक पारदर्शिताको अभावजस्ता समस्याले गिजोलिएको जिल्लाकै पुरानो विद्या मन्दिरलाई नमुना बनाउन अभियान थालिएको छ ।
पर्यटकीय गन्तव्य बन्दै भर्जन कालिका मन्दिर
तनहुँको देवघाट गाउँपालिका –५ पिपलटारस्थित भर्जन कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । पानीको मुहान संरक्षणसँग जोडिएको यस मन्दिरलाई थप आकर्षक बनाउने उद्देश्यले बृहत्तर गुरुयोजना अघि बढाइएको छ ।
पोखरा लेकसाइडमा महोत्सव २०८३ को तयारी
हरेक वर्ष उत्सवको रुपमा मनाइने नयाँ वर्षलाई यस वर्ष पनि पर्यटन राजधानी पोखरामा नेपाली नयाँ वर्ष २०८३ मा महोत्वसको रुपमा मनाइने तयारी गरिएको छ । होटल संघ पोखरा नेपालले २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव लेकसाइडमा २९ चैतदेखि बैशाख १ गतेसम्म आयोजना गर्ने भएको हो ।
स्वीकृतिमा ढिलाइ गर्दा मुक्तिनाथ मन्दिरमा सुविधा थप्न अबेला
हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थालुको सुविधालाई लक्षित गरी मर्मत तथा सुविधा थपमा ढिलाइ भएको छ ।
‘मुस्ताङको विकासका लागि दिनरात खट्छु’
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा हिमालपारिको जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसका युवा उम्मेदवार योगेश गौचन थकालीले विजय प्राप्त गरी संसद्को यात्रा सुरु गर्नुभयो ।
सहरको झल्को दिने चौडा सडक
सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रमा निर्माण भएका सडकले सहरको झल्को दिन थालेको छ । ग्रामीण क्षेत्रमा सहरको झल्को दिने चौडा र डिभाइडरसहितको सडक निर्माण भएपछि स्थनीयमा खुसी भएका छन् ।
रोकियो रिङरोडको निर्माण कार्य
जिल्ला सदरमुकाम सिमकोट बजारका लागि सुरु भएको रिङरोडको निर्माण कार्य रोकिएको छ । सिमकोट गाउँपालिका–५ र ६ का स्थानीय जग्गाधनीको विरोधका कारण सुरु भएको रिङरोड निर्माण रोकिएको हो ।
‘भ्रष्टाचार न्यूनीकरणमा कुनै सम्झौता हुँदैन’
जुम्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट शाहीले १४ हजार १८६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । शाहीको राजनीतिक यात्रा राप्रपाबाटै सुरु भएको हो । हाल उहाँ पार्टीका प्रवक्तासमेत हुनुहुन्छ ।
जनमुक्ति सेना हुँदै सङ्घीय संसद्को यात्रा
कुनै समय बन्दुक बोकेर देश परिवर्तनको अभियानमा होमिनुभएका सिन्धुपाल्चोकका युवराज दुलाल यतिबेला देशकै कानुन निर्माण गर्ने सङ्घीय संसद्मा पुग्नुभएको छ । त्यसो त
ठुला आयोजना बनाउन वन बाधक
ठुला आयोजना निर्माण गर्दा वन बाधक बन्ने गरेको छ । निर्माण गरिएका नीति सङ्घमा निर्भर हुँदा स्थानीय तथा प्रदेश सरकारले निर्माण गर्ने अधिकांश विकासनिर्माणका काम रोकिने गरेका छन् ।
पन्चानब्बे प्रतिशत परिवारलाई पुग्दैन वर्षभरि खान
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका खाद्य सुरक्षामा अति कमजोर रहेको पाइएको छ । सडक, यातायात र आर्थिक अवस्थाको कमीले गर्दा सो पालिका खाद्य सुरक्षामा अति कमजोर रहेको पाइएको हो । खाद्य अधिकारका क्षेत्रमा काम गरेको जनहित संरक्षण मञ्च (प्रो पब्लिक) ले हालै सो पालिकाका सबै वडामा गरेको अध्ययनले कृषिभन्दा श्रममा आधारित बासिन्दा धेरै भएकाले खाद्य सुरक्षामा कमजोर रहेको पाइएको अवस्था सार्वजनिक गरेको छ ।
‘विकासको गतिलाई अघि बढाउने छु’
पारिवारिक राजनीतिक पृष्ठभूमिका ४० वर्षीय प्रमोदकुमार महतोले महोत्तरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेर इतिहास रच्नुभएको छ । अनुभवी नेताहरूलाई वि
गेटाको विश्वविद्यालय सञ्चालन प्रमुख एजेन्डा
लामो समय शिक्षण, कृषि उद्यम र सामाजिक सेवामा संलग्न खेमराज कोइराला अब सङ्घीय संसद्मा जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुग्नुभएको छ । कोइराला राजनीतिमा नयाँ मानिनुहुन्छ । राजनीतिमा आउनुअघि उहाँ कुनै पनि दलको सक्रिय भूमिकामा हुनुहुन्थेन । कोइरालाको जन्म गौरीगङ्गा नगरपालिका–१, मङ्गलपुरमा २०३३ मा निम्नमध्यम वर्गीय परिवारमा भएको हो ।
पेट्रोलियम पदार्थमा कालोबजारी गरे कारबाही
पेट्रोलियम पदार्थलगायतका अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने निर्णय गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो । बैठकले बजार आपूर्ति व्यवस्थापन एवं ग्यासलगायतका वस्तुको नियमन गर्दा कालोबजारी गरेको, लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सम्बन्धित निकायले प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरिएको हो ।
महाकालीमा बेपत्ता बालकलाई खोज्दै गोताखोर
सोमबार महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालक खोज्न सशस्त्र प्रहरी बलले गोताखोर परिचालन गरेको छ । महाकालीमा पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६, पन्तोलीका १६ वर्षीय धीरजसिंह धामी बिहीबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिनुभयो ।
‘नागरिकको सेवक भएर सदन छिर्दै छु’
पाँचथरबाट निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङको राजनीतिक यात्रा लामो समयदेखि सङ्गठन निर्माण, शिक्षा र सामाजिक क्षेत्रको सक्रियतासँग जोडिएको छ
ससर्त अनुदानमा आयोजना नतोक्न सुझाव
ससर्त अनुदान अन्तर्गत सञ्चालन हुने आयोजना अथवा कार्यक्रमको छनोटको अधिकार स्थानीय तहलाई नै दिनुपर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सुझाव दिएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारले प्रदान गर्ने ससर्त अनुदानका आधार सिफारिस गर्दै आयोगले यस्तो सुझाव दिएको हो ।
बिदामा घर आएकाको पुनः श्रम स्वीकृति सुरु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्व (पश्चिम एसियाली) का सात वटा देशमा कार्यरत रहेर बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयले साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिकको श्रम नवीकरण गर्ने निर्णय गरेको हो ।