• ६ चैत २०८२, शुक्रबार

‘नागरिकको सेवक भएर सदन छिर्दै छु’

blog

राधा लुइटेल

फिदिम, चैत ६ गते  । पाँचथरबाट निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङको राजनीतिक यात्रा लामो समयदेखि सङ्गठन निर्माण, शिक्षा र सामाजिक क्षेत्रको सक्रियतासँग जोडिएको छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य केरुङको पहिचान जिल्लामा राजनीतिक नेतृत्वसँगै शैक्षिक र सामाजिक अभियन्ताका रूपमा पनि स्थापित छ । एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरबाट उहा“ नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

साबिक सिदिन गाविस–७ (हाल फालेलुङ गाउ“पालिका–७) मा २०२९ मङ्सिर २१ गते पिता देवमान केरुङ र माता देवकुमारी जवेगू केरुङको जेठो छोराका रूपमा जन्मिनुभएको हो ।  उहाँ विद्यालयमा अध्ययन गर्दाकै समय २०४७ सालदेखि निरन्तर राजनीतिमा सक्रिय हुनुुहुन्छ । 

 उहाँको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक नै रहेको छ ।  उहाँका पिता देवमान केरुङ २०३९ सालदेखि सो गाविसका प्रधानपञ्च रहनुभएको थियो । प्रजातन्त्र पुनस्र्थापनापछि २०४९ र २०५४ सालमा भएको स्थानीय निर्वाचनमा उहा“ दुई पटक गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । घरको राजनीतिक वातावरणकै कारण आफूमा बाल्यकालदेखि नै राजनीतिक चेत विकसित भएको केरुङ बताउनुहुन्छ । 

केरुङले विद्यार्थी जीवनदेखि नै राजनीतिक तथा सङ्गठनात्मक गतिविधिमा सव्रिmयता देखाउनुभएको थियो ।  उहाँ २०४८ सालमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सचिव हुनुभएको थियो । २०५१ सालमा नेपाल शिक्षक सङ्घको जिल्ला सहसचिव बन्नुभएको केरुङ २०५७ देखि २०६७ सालसम्म नेपाल ट्रेड युनियन कांग्रेसको सभापति भएर लगातार एक दशक नेतृत्व गर्नुभयो । 

व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएका केरुङले शिक्षा क्षेत्रमा पनि लामो समय योगदान दिनुभएको छ ।  उहाँले सिद्धदेवी माध्यमिक विद्यालय सिदिन, नया“ नमुना माध्यमिक विद्यालय फिदिम तथा पाँचथर बहुमुखी क्याम्पसमा अध्यापन तथा प्राध्यापन गर्नुभएको छ । उहा“ २०५५ देखि २०६७ सालसम्म पाँचथर बहुमुखी क्याम्पसमा प्राध्यापनमा संलग्न रहनुभयो । सोही व्रmममा २०६७ सालमा उहाँ प्रजातन्त्रवादी प्राध्यापक सङ्घको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । 

सामाजिक क्षेत्रमा पनि सव्रिmय केरुङ किराँत लिम्बूको सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङका संस्थापक सचिव पनि हुनुहुन्थ्यो । जिल्लामा सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिमा उहा“को सक्रिय सहभागिता रह“दै आएको छ । पेसाले लेखा परीक्षक उहा“ साहित्यमा लेखनमा पनि सक्रिय हुनुहुन्छ । २०५७ देखि २०५८ सालसम्म उहा“ पाँचथरबाट प्रकाशित रवि साप्ताहिकको सम्पादकसमेत हुनुहुन्थ्यो ।

पार्टी सङ्गठनमा पनि  उहाँले विभिन्न जिम्मेवारी समाल्नुभएको छ । २०७८ सालअघि उहा“ नेपाली कांग्रेस पाँचथरको जिल्ला सहसचिव रहनुभएको थियो । त्यसपछि २०६८ सालमा सम्पन्न पार्टीको ११ औ“ महाधिवेशनबाट उहाँ जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो ।

जिल्ला सभापति रह“दाका बेला २०७० सालको संविधान सभा निर्वाचन तथा २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारस“ग पराजित हुनुभएको थियो । पार्टीको १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पनि उहा“ पराजित हुनुभयो । करिब ३५ वर्ष लामो राजनीतिक यात्राका क्रममा पा“चथरका आठ वटै स्थानीय तह र ६० वडाका अधिकांश नागरिकका घरसम्म पुगिसकेको अनुभव सुनाउनुहुन्छ । नागरिकको सुखदुःखमा साथ दिने स्वभावका कारण  उहाँले जिल्लावासीबाट सद्भाव पनि बटुल्नुभएको छ । त्यसपछि पा“चथरबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका केरुङले श्रम संस्कृति पार्टीका हस्तराज सेर्मालाई दुई हजार ४२४ मतान्तरले पराजित गर्दै संसदीय यात्रा तय गर्नुभएको हो । 

सङ्घीय संसद्मा निर्वाचित भएपछि केरुङले जिल्लाको विकासनिर्माणलाई गति दिने, नागरिकमैत्री कानुन निर्माणमा भूमिका खेल्ने र जनताको आवाज संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आफूलाई नेता वा माननीयका रूपमा भन्दा जनताकै कार्यकर्ताका रूपमा काम गर्न चाहेको  उहाँ बताउनुहुन्छ । उहा“ले भन्नुभयो, “मलाई शासक होइन सेवक बन्नु छ, जिल्लाका नागरिकको झोला र फाइल बोकेर समस्या समाधानमा जुधिरहन्छु । पहिले जिम्मेवारीमा नहु“दा पनि नागरिकको काम गरेको थिए“, अहिले त झन् जिम्मेवारीको झोला थपिएको छ, भाग्ने कुरै आउँदैन, नागरिकले दिएको दायित्व पूरा गरेरै छाड्छु ।”