शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
धीरेन्द्रप्रसाद साह
राजविराज, चैत ६ गते । जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो ।
फैसला कार्यान्वयन गर्ने क्रममा खोजतलास गर्दै पक्राउ परेका अभियुक्तलाई बिहीबार सप्तरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका वार्ड २ निवासी हुन् ।
पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ । उनलाई जबरजस्ती करणी मुद्दामा अदालतले एक वर्ष ६ महिना कैद र १५ हजार रुपियाँ जरिवाना तोकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।