• ६ चैत २०८२, शुक्रबार

पूर्व तयारीसाथ विद्यार्थीको विदाई

blog

तोली देवलडाँडा माविले गरेको विदाई कार्यक्रम । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, चैत ६ गते । बाजुराको तोली देवलडाँडा मावि तोलीले कक्षा १० र १२ का विद्यार्थीलाई पूर्व तयारीसाथ विदाई गरेको छ । त्रिवेणी नगरपालिका –४ तोलीमा रहेको तोलीदेवलडाँडा माविले दश कक्षाका विद्यार्थीको चैत १९ गतेमा एसईई र १२ कक्षाका विद्यार्थीको बैशाखमा परीक्षा हुने भएकाले उनीहरुलाई त्यो परीक्षामा सामेल हुनेगरी पूर्व तयारीका साथ विदाई गरेको हो । 

तोली माविमा कक्षा १ देखि १२ सम्मको पढाई हुनेगरेको छ । आगमी चैत १९ गते हुने एसईई परीक्षा यहाँका विभिन्न ठाउँमा हुने गरेका छन् । ती परीक्षामा सहभागी हुने गरी यतिबेला यहाँका एसईई दिने विद्यार्थीको विदाई गरेको तोली मावि तोली बाजुराले जनाएको छ । 

तोली देवलडाँडा माविका प्राधानाध्यापक विष्णुप्रशाद ओझाले , “तोली माविमा कक्षा १ देखि १२ सम्मको पढाई हुने गर्छ । कक्षा १० का विद्यार्थीको एसईई र १२ को पनि परीक्षा आउनेबेला भएकोले उनीहरुलाई यस विद्यालयबाट विदाई गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतीपय विद्यालयले कक्षा १० का विद्यार्थीलाई पहिला नै विदाई गर्ने गरेका छन् । हामीले उनीहरुको यो परीक्षा सहज सरल हुनेगरी पूर्व तयारीका साथ पठाउने गरेका हौं ।”