• ६ चैत २०८२, शुक्रबार

गुल्मीमा महिला मृत फेला

blog

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), चैत ६ गते। गुल्मीको छापहिलेमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको मालिका गाउँपालिका –५ छापहिलेकी ४४ वर्षीया बिमला सुनार मृत फेला पर्नुभएको हो । 

छापहिलेको राङ्लास्थित राङ्लाबाट पैंयाखर्क जाने भित्री कच्ची सडक खण्डमा चोट लागेको अवस्थामा सुनार मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी इस्माबाट दुई जनाको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुदिप नेपालीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । पोष्टमार्टमका लागि शव गुल्मी अस्पताल ल्याइएको छ।

थप अनुसन्धानको क्रममा ट्याक्टरको ठक्करबाट मृत्यु भएको आशंकामा शंकास्पद लु ४ त ७५५५ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।