शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कविराज घिमिरे
हिले, चैत ८ गते । शनिबार साँझबाट अबरुद्ध रवि–राँके–भेडेटार सडकखण्ड पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका –६ थुम्कीमा शनिवार साँझ पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।
इलाका प्रहरी कार्यालय भेडेटार तथा निर्माणाधीन सडकको ठेकेदार कम्पनीले अबरोध हटाएर सडक सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सडक कटिङ गरिएको स्थान भिरालो भएकाले माथिबाट निरन्तर पहिरो झरी रहँदा सडक पटक–पटक अबरुद्ध हुनेगरेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो ।
यो सडक धनकुटाको साँगुरीगढी, चौबिसे तथा पाँचथर पश्चिम दक्षिणी क्षेत्रका बासिन्दाको धरानसहित तराई क्षेत्र आबत–जावत गर्ने मुख्य मार्ग हो ।