• ८ चैत २०८२, आइतबार

चैत १० गते देखि रामनवमी कप भलिबल प्रतियोगिता आयोजना हुने

blog

अघिल्लो पटक धनकुटाको हिलेमा आयोजना गरिएको भलिबल प्रतियोगिता ।

कविराज घिमिरे

हिले, चैत ८ गते । १८ औ संस्करणको रामनवमीका कप भलिबल प्रतियोगिता आगामी फागुन १० गतेदेखि धनकुटाको हिलेमा सञ्चालन हुने भएको छ । 

हिले भलिबल क्लबले रामनवमीको अवसर पारेर कोशी प्रदेश पालिका स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो ।प्रतियोगितामा विजेता टोलीले नगद दुई लाख दुई हजार २२२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद एक लाख एक हजार १११ रुपियाँसहित ट्रफी, मेडल पाउने क्लबका अध्यक्ष संजिव तामाङले जानकारी दिनुभयो ।

त्यस्तै, प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई १० हजार रुपियाँ प्रदान गरिने छ । सेमिफाइनलमा पुग्ने टिमलाई प्रति टिम १५ हजार रुपियाँको व्यवस्था गरिएको जनाइएको छ । 

साथै विभिन्न विधागत पुरस्कारतर्फ पनि नगद र मेडलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुने छ।

धनकुटा नगरपालिका, वडा कार्यालय तथा विभिन्न सङ्घ सस्था तथा व्यक्तिगत सहयोग सङ्कलन गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

हिलेमा रामनवमीमा २०५५ सालबाट भलिबल प्रतियोगिता सञ्चालन हुने आएको छ ।आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा भलिबल खेलको प्रवर्धन गर्नुका साथै खेलाडीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।