• ८ चैत २०८२, आइतबार

इँटामा क्षति भएपछि व्यवसायी चिन्तित

blog

वर्षाले क्षति भएको इँटा । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत ८ गते । बेमौसमी वर्षाले काँचो इँटामा ठुलो नोक्सान गरेपछि इँटा व्यवसायी चिन्तित् भएका छन् । इँटाले मूल्य नपाइरहेको अवस्थामा बेमौसमी वर्षाले झन क्षति बेहोर्नु परेको भन्दै उनीहरु चिन्तित् भएका हुन । प्री–मनसुन अवधिमा शुक्रबार भएको वर्षाले काँचो इँटा पूर्ण रुपमा नष्ट भइ इँटा उद्योगमा ठुलो क्षति भएको छ । 

जिल्लाभरी करिब सात करोड रुपियाँ बराबरको क्षति भएको सेती महाकाली इँटा उद्योग व्यवसायी संघ कैलालीले जानकारी दिएको छ । प्रत्येक इँटा उद्योगमा पाँच लाखदेखि सात लाखसम्म काँचो इँटा नष्ट भएको संघका अध्यक्ष विनोदकुमार साहले बताउनुभयो । उहाँका अनुसार जिल्लाभरी ५२ वटा इँटा उद्योग रहेका छन् । 

अध्यक्ष साहले हरेक उद्योगमा १२ लाखदेखि १३ लाख रुपियाँसम्मको क्षति भएको उल्लेख गर्नुभयो । “भट्टीमा हाल्न नपाएका सबै काँचो इँटा नोक्सान भएपछि हामी व्यवसायीले ठुलो नोक्सान बेहोरेका छौं” अध्यक्ष साहले भन्नुभयो, “माटो त काम लाग्न सक्छ । तर, मजदुरमा लागेको खर्च नोक्सान भयो ।” इँटा बनाउन प्रतिइँटा तीन रुपियाँ मजदुर खर्च लाग्ने गरेको जनाइएको छ ।