रमेश विश्वकर्मा
गुल्मी, चैत १५ गते। गुल्मीमा जिपको ठक्करबाट घाइते हुनुभएकी एक महिलाको मृत्यु भएको छ। यस जिल्लाको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट घाइते हुनुभएकी ५५ वर्षीय महिलाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुका अनुसार चन्द्रकोट गाउँपालिका वडानम्बर –४ निवासी ५५ वर्षीय तुलसी थापाको मृत्यु भएको हो। चन्द्रकोटबाट सान्तिपुरतर्फ आईरहेको लु १ ज १८३४ नम्बरको सफारी जिपले बाटो क्रस गर्दै गरेको अबस्थामा भित्री सडकखण्डअन्तर्गत रिपाहा भन्ने स्थानमा महिलालाई सनिबार बेलुका ठक्कर दिएको थियो।
जिपको ठक्करबाट घाइते थापालाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा पठाइएको थियो। थापाको उपचारको क्रममा गए राती मृत्यु भएको प्रहरीले जनाएको छ। थापालाई ठक्कर दिने जिपका चालक जिवन फौदार सहित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।