• १५ चैत २०८२, आइतबार

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

blog

काठमाडौं,  चैत १५ गते ।  इजरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई परराष्ट्रमन्त्री पदमा नियुक्त हुनुभएकोमा  हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । 

मन्त्री खनाललाई आज एक सन्देश पठाउँदै उहाँले इजरायल र नेपालबीचको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउन उहाँसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको छ । 

यहाँस्थित इजरायली दूतावासका अनुसार मन्त्री सारले प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिँदै पारस्परिक हितका लागि नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन इजरायल प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । रासस