शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेरबहादुर सार्की
बाजुरा, वैशाख २८ गते । बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार दिउँसो ३ बजे कवाडी खोलामा नुहाउन गएका हिमाली गाउँपालिका–१, मैर्तना निवासी चङ्खलाल थापाका १४ वर्षीय छोरा नवराज थापाको खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले, मृतक बालक गत आइतबार दिउसो ३ बजे कवाडी खोलामा नुहाउने क्रममा बेपत्ता भएका थिए ।”
उहाँले भन्नुभयो, “हिजोदेखि खोजी कार्य गर्दा पत्ता लागेको थिएन । आज प्रहरी स्थानीयले फेरि त्यसै खोलामा खोजी कार्य गर्दा झण्डै दुई सय मिटर तल फेला परेका हुन् ।” मृतक बालकलाई अहिले उहाँको आफन्तलाई बुझाइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी शाहीले बताउनुभयो ।