शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २८ गते । सरकारले खेलकुदलाई राष्ट्रिय एकताको माध्यमको रूपमा अगाडि बढाउने भएको छ ।
सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।
राष्ट्रपति पौडेलले सरकाले विद्यालयस्तरदेखि खेलकुद विकास कार्यक्रम लागु गर्ने, खेल क्षेत्रको व्यवसायिकतामा निजि क्षेत्रको सहभागिता गराइने, खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने पनि बताउनुभयो ।