शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २८ गते । सिबिएम कलेज एसइई फुटसल टुनामेन्टको उपाधि एचडब्ल्युसी र एबिसी ग्रुपले जितेको छ ।
काठमाडौँले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर सिबिएम कलेजले फुटसल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ एचडब्ल्युसी फुटसल ग्रुप र महिलातर्फ एबिसी ग्रुप विजेता भएको छ।
पुरुषतर्फ इन्साइट भिजन स्कुल र महिलातर्फ स्याभेज सिस्टर ग्रुप उपविजेता बन्यो । विजेता टोलीलाई सिबिएम कलेजका अध्यक्ष लेखनाथ कोइरालाले उपाधिसहित नगद पुरस्कार प्रदान गर्नुभयो । विजेता टोलीलाई १०/१० हजार र उपविजेतालाई पाँच पाँच हजार रुपियाँ प्रदान गरिएको हो ।
पुरस्कार वितरण कार्यक्रममा कलेजका अध्यक्ष कोइरालाले एसइई दिएर बसेका विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड्ने उद्देश्यले फुटसल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।