• २८ वैशाख २०८३, सोमबार

पारसद्वारा कोशी प्राइड लिगको तयारी बारे जानकारी

blog

क्यान सचिव पारस खड्का निरीक्षणपछि बालबालिकासँग । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, वैशाख २८ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले सुनसरीको भोक्राहा नरसिंह–४ मा हुन लागेको कोशी प्राइड लिगका लागि तयार भइरहेको खेल मैदान जानकारीसँगै निरीक्षण गर्नुभएको छ । 

निरीक्षणपछि उहाँले स्थानीय खेलप्रेमी युवा तथा बालबालिकासँग भेटघाटसहित अन्तरक्रिया गर्नुभएको थियो । 

खड्काले भोक्राहा नरसिंह गाउँपालिकामा जेठ ९ गतेदेखि सुरु हुन गइरहेको केपिएज सिजन–३ (कोशी प्राइड लिग)का लागि खेल मैदानको निरीक्षण गर्नुहुँदै क्रिकेटलाई मोफसलमा फस्टाउनमा युवाको भुमिका रहेको बताउनुभयो । 

उहाँले अझै क्रिकेटको विकास र विस्तारका लागि स्थानीय क्रिकेट प्रेमीहरूसँग र खेलाडीहरूसँग अन्तरक्रिया समेत गर्नुभयो ।