• २८ वैशाख २०८३, सोमबार

ठक्करबाट वृद्धको मृत्यु, एक जना घाइते

blog

जनार्जन खत्री

सर्लाही, बैशाख २८ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका –२, राइटरखोरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । 

दुर्घटनामा साइकलयात्री सोही ठाउँका ६५ वर्षीय किसुनदेव साहको मृत्यु भएको हो । साहलाई साइकलमा हिँडिरहेका बेला मियाँखोरबाट सोकनाहातर्फ गइरहेको बीआर ३० इ ६९०२ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय भक्तिपुरले जनाएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका –१५, सोकनाहाका १४ वर्षीय बिक्कीकुमार राउतको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही अघि बढाएको जनाएको छ ।