• १ जेठ २०८३, शुक्रबार

पुटिनको चीन भ्रमणको तयारी अन्तिम चरणमा

blog

मस्को (रूस) जेठ १ गते । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको र आधिकारिक मिति चाँडै घोषणा हुने अपेक्षा गरिएको रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै जनाएको छ । पत्रकारसँगको साक्षातकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताउनुभएको हो । 

भ्रमणकोे मिति चाँडै घोषणा गर्ने बताउँदै उहाँले भ्रमणको तयारी भइरहेको यसलाई अन्तिम रूप दिने काम भई रहेको पेस्कोभले उल्लेख गर्नुभएको छ । रूसी समाचार एजेन्सि तासका अनुसार पुटिनको आगामी चीन भ्रमणबारे गहन छलफल गरिएको छ । यद्दपी क्रेमलिनले पुटिनको भ्रमणको योजना र एजेन्डाको बारेमा थप विवरण खुलासा गरेको छैन । 

यस अघि, मे-९ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत, चीन र अमेरिकालाई युक्रेन द्वन्द्वमा परिस्थिति जन्य सूचना प्रस्तुत गर्नुभएको थियो । जसमा दोस्रो विश्वयुद्धको सम्झनामा किएभसँग तीन दिने युद्धविरामको लागि मार्ग प्रशस्त गर्नु भएको थियो । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीन स्ट्रेट अफ होर्मुज खुला भएको हेर्न चाहेको बताउनुभएको छ । 

फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले राष्ट्रपति सी सम्झौता भएको हेर्न र आवाश्यक कुनै पनि मद्दत गर्न चाहेको बताउनुभएको छ । ट्रम्पले राष्ट्रपति सीलाई सेप्टेम्बर-२४ मा ह्वाइट हाउस भ्रमण गर्न निमन्त्रणा पनि दिएको जनाइएको छ । ट्रम्पले अमेरिकी र चिनियाँ जनताबिचको सवृद्धी र स्थायी सम्बन्धका लागि हालैको अवसर तथा सम्झौता निकै विशेष रहेको उजागर गर्नुभएको छ । 

बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्मान गर्दै सीले राजकीय भोजको आयोजना गरेको र मेलमिलापको माध्यामबाट समन्वयात्मकरुपमा सँगै अगाडि बढ्न सक्ने प्रस्ताव गरेको जनाइएको छ । बेइजिङमा रात्रि भोजको समयमा विश्वको दुई ठूला अर्थतन्त्रबिचको सम्बन्धलाई आधुनिक युगको सबै भन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धको रूपमा वर्णन गर्दै सीले दुवै राष्ट्रले यसलाई कहिल्यै गडबडी गर्न नहुने चेतावनी जारी गरेको जनाइएको छ । 

चीन र संयुक्त राज्य अमेरिकाका जनतालाई सम्झदै सीले दुवै देशले एक-अर्कालाई सफल हुन र सम्पूर्ण विश्वको कल्याणलाई अगाडि बढाउन मद्दत गर्न सक्ने बताउनु भएको छ । रासस/एएनआई