शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशवराज भट्ट
बैतडी, जेठ १ गते ।गत भाद्रमा जेनजी आन्दोलन का क्रममा नख्खु कारागार बाट फरार भएका एक अभियुक्तलाई बैतडी प्रहरीले पुनः नियन्त्रणमा लिन सफल भएको छ ।
जबरजस्ती करणी र डाँकाचोरी मुद्दामा दोषी ठहर भई १७ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेका पुर्चौडी नगरपालिका–७ का नरेन्द्रसिंह रतोकी फरार सूचीमा रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनलाई शुक्रबार बिहान इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक इन्द्रराज भट्ट नेतृत्वको टोलीले बिहान साढे चार बजे पक्राउ गरेको जनाएको छ ।प्रहरीका अनुसार आन्दोलनका बेला कारागार सुरक्षा कमजोर बनेको अवसर पारेर उनी फरार भएका थिए ।
पक्राउपछि रतोकीलाई थप प्रक्रिया अगाडि बढाउन डडेल्धुरा पठाइएको छ ।