• १ जेठ २०८३, शुक्रबार

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि लिला पिटर्स याहियाले शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर सौजन्य :राष्ट्रपति कार्यालय

काठमाडौँ, जेठ १ गते ।राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आज भएको भेटका अवसरमा उहाँहरुबीच नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस